२०८३ कार्तिक ११ गते मङ्गलबार

तिला-२ आयोजनालाई जुट्यो लगानी, एभरेष्टको अगुवाइमा ११ बैंकको साढे ५२ अर्ब ऋण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
tila_fc

काठमाडौं। निजी क्षेत्रबाट ठूला जलविद्युत आयोजना निर्माण हुन थालेका छन्। यस्तै बैंक तथा वित्तीय संस्थाहरुले पनि ठूला जलविद्युत आयोजनामा ऋण लगानी गर्न थालेका छन्।

यसबाट निजी क्षेत्र र बैंकको लगानी क्षमता बढेको पुष्टि हुन्छ। गत वर्ष ३४१ मेगावाटको बूढीगण्डकी आयोजना बनाउन बैंकहरुले ऋण लगानी सम्झौता गरेका थिए। त्यो नै निजी क्षेत्रबाट निर्माण हुन लागेको सबैभन्दा ठूलो जलविद्युत आयोजना थियो।

बूढीगण्डकीलाई पछि पार्दै निजी क्षेत्रबाट ४२० मेगावाटको तिला–२ जलविद्युत् आयोजनाले लगानी जुटेको छ। आयोजना प्रवर्द्धक तिला पावर कम्पनीले बैंक तथा वित्तीय संस्थासँग वित्तीय व्यवस्थापन सम्झौता गरेसँगै आयोजना निर्माणका लागि आवश्यक ठूलो हिस्सा लगानी सुनिश्चित भएको विकासकर्ता कम्पनीले जनाएको छ।

आयोजनाका मुख्य प्रवर्द्धकमा स्ट्रिम इन्भेस्टमेन्ट, ऊर्जा इम्प्याक्ट फन्ड, रविन्स यूएसएसहित संस्थागत तथा व्यक्तिगत लगानीकर्ता रहेका छन्।

कालीकोटमा निर्माण हुने आयोजनाको कुल लागत ७० अर्ब सात करोड रुपैयाँ अनुमान गरिएको छ। त्यसमध्ये ७५ प्रतिशत अर्थात् ५२ अर्ब ५५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट ऋण र बाँकी २५ प्रतिशत अर्थात् १७ अर्ब ५२ करोड रुपैयाँ स्वपुँजीबाट जुटाइने भएको छ। लगानी जुटेसँगै अब आयोजनाको ध्यान निर्माणतर्फ केन्द्रित हुने भएको छ।

आयोजनामा एभरेष्ट बैंकको अगुवाइमा ऋण लगानी हुने भएको छ। आयोजनामा सानिमा बैंक, तथा प्राइम कमर्सियल बैंक, एनआईसी एसिया बैंक र ग्लोबल आईएमई बैंक को लिड (सह–अगुवा) बैंकका रूपमा सहभागी भएका छन्।

सिद्धार्थ बैंक, नबिल बैंक, नेपाल इन्फ्रास्ट्रक्चर बैंक, कृषि विकास बैंक, मुक्तिनाथ विकास बैंक र कामना सेवा विकास बैंक पनि लगानीकर्ता बैंक पनि परियोजनामा लगानी गर्ने सम्झौता गरेका छन्।

कालीकोटको तिलागुफा नगरपालिकामा आयोजनाको बाँध र खाँडाचक्र नगरपालिकामा विद्युतगृह निर्माण हुनेछ। अर्धजलाशययुक्त (पीआरओआर) प्रकृतिको आयोजनाले सुक्खायाममा दैनिक ६ घण्टासम्म उच्च मागको समयमा विद्युत् उत्पादन गर्न सक्नेछ।

आयोजना सञ्चालनमा आएपछि वार्षिक २ अर्ब ३१ करोड ८७ लाख ९० हजार युनिट बिजुली उत्पादन गर्ने कम्पनीले गरेको अध्यनले देखाएको छ।

यसमध्ये सुक्खायामको उच्च मागको समयमा ४५ करोड १० लाख ५० हजार र सोही मौसमको कम मागको समयमा २० करोड ५४ लाख ५० हजार र वर्षायाममा १ अर्ब ६६ करोड २२ लाख ९० हजार युनिट विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा जोडिनेछ।

आयोजनाले निर्माण सुरु भएको चार वर्षभित्र काम सम्पन्न गर्ने लक्ष्य राखेको छ।

तिला–२ ले विद्युत् विकास विभागबाट २०७५ भदौ मै विद्युत् उत्पादन अनुमति (लाइसेन्स) पाइसकेको छ। त्यस्तै, नेपाल विद्युत् प्राधिकरणसँग २०८१ कात्तिकमा विद्युत खरिद सम्झौता (पीपीए) भएको हो। २९६ मेगावाट क्षमताका पीपीए भएको छ। बाँकी क्षमताको पीपीए गर्नुपर्ने छ।

आयोजनाले प्रभावित क्षेत्रका बासिन्दा तथा सर्वसाधारणका लागि २० प्रतिशत सेयर छुट्याउने भएको छ।

 

 

प्रकाशित: २०८३ भदौ २ गते मङ्गलबार ०७:३७
प्रतिक्रिया

थप समाचार

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।

नीतिगत दरले बैंकको ब्याजदेखि बजारसम्म कसरी असर गर्छ?

नीतिगत ब्याजदर भनेको केन्द्रीय बैंकले अर्थतन्त्रमा कर्जा र पैसाको प्रवाहलाई प्रभावित गर्न निर्धारण गर्ने प्रमुख ब्याजदर हो। नेपालमा यस्तो दर नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत प्रयोग...

बैंकको ब्याजदर कसरी निर्धारण हुन्छ?

निक्षेपको लागत, बजारको अवस्था, तरलता, आधार दर, कर्जाको जोखिम तथा नियामकीय व्यवस्थालगायत विभिन्न पक्षले ब्याजदर निर्धारणमा भूमिका खेल्छन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
ncell
सूचना प्रविधि

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।
lAXMIL
साहित्य

महाकवि देवकोटाको कथा: ‘उनको मने’

खुकुरीले रेट्न थालेको मात्र थियो जुनुले उसको पाखुरा अकस्मात् समातेर रुँदै भनिन्, 'नकाट नि ! नकाट ! ! मेरो मनेलाई ।'
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना