२०८३ भदौ ५ गते शुक्रबार

नोटबन्दीबारे सरकारले सोचेको छैनः अर्थमन्त्री डा. स्वर्णिम वाग्ले

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
wagle (1)

काठमाडौँः अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले नोटबन्दी गर्नेबारे नसोचेको स्पष्ट पारेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी कार्यालय, वनस्थलीमा आयोजना गरेको ‘नागरिक, नीति र नेतृत्व’ संवाद कार्यक्रममा बोल्दै अर्थमन्त्री वाग्लेले यस्तो बताएका हुन्।

कार्यक्रममा सहभागी नागरिकहरूले ‘नोटबन्दी किन नगर्ने?’ भनी प्रश्न गरेपछि उहाँले सरकारको धारणा स्पष्ट पारेका थिए ।

“नोटबन्दीका बारेमा यहाँहरूका रोचक प्रश्नहरू सुनेँ। तर, अहिले हामीलाई यो उपयुक्त हुन्छ जस्तो लाग्दैन। नोटबन्दीबारे हामीले सोचेका छैनौँ,” उनले भने।

नोटबन्दीको अभ्यास गरेका अन्य मुलुकहरूमा पनि यसको सफलता उत्साहजनक नदेखिएको उनको भनाइ थियो। त्यसैले नेपालमा अहिले नोटबन्दी गर्नु उपयुक्त नहुने उनले स्पष्ट पारे।

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार ०१:१३
प्रतिक्रिया

थप समाचार

आर्थिक वर्ष सुरु भएयता एक खर्ब राजस्व संकलन

काठमाडौँ । चालू आर्थिक वर्ष सुरु भएको ३४ दिनमा सरकारले एक खर्ब रुपैयाँ भन्दा बढी राजस्व संकलन गरेको छ। बुधबारसम्म सरकारको ढुकुटीमा एक खर्ब रुपैयाँ राजस्व जम्मा भएको महालेखा नियन्त्रक कार्यालयले...

क्रिप्टोकरेन्सी कारोबारलाई मान्यता नदिने, माइनिङको अध्ययन गर्ने सरकारको तयारी

काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले क्रिप्टोकरेन्सी कारोबारलाई कानूनी मान्यता दिन नसकिने स्पष्ट पारेका छन्। उनले मुद्राको आधारभूत विशेषता (युनिट अफ अकाउन्ट, स्टोर अफ भ्यालु र मिडियम...

वैदेशिक ऋणबारे आलोचना बढेपछि अर्थमन्त्री: सहायता र अनुदान एकै डालोमा राख्दा भ्रम भयो

काठमाडौँ: अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान र सहुलियतपूर्ण ऋणलाई एउटै दृष्टिकोणबाट हेर्दा भ्रम सिर्जना भएको बताएका छन्। प्रतिनिधिसभाअन्तर्गत सार्वजनिक...

ऋणको पासोमा शक्तिशाली मुलुक अमेरिका, दायित्व बढेर ४०० खर्ब डलर पुग्यो

डोनाल्ड ट्रम्पले सन् २०१६ मा राष्ट्रपतिको रुपमा पहिलो पटक पदभार सम्हालेयता सार्वजनिक ऋण २०० खर्ब (२० ट्रिलियन) डलर वृद्धि भएको हो। हाल अमेरिकाको कूल ग्राहर्स्थ उत्पादन (जीडीपी) ३ सय २४ खर्ब ८०...

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना