२०८३ असोज २२ गते बिहिबार

रसुवागढी जलविद्युत पुननिर्माण गर्न २ बैंकबाट २.८८ अर्ब ऋण, आयोजनाको लागत बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
rasuwagadi_loss

काठमाडौँ: गत वर्ष असार २४ गते ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युत आयोजनाको पुनर्निर्माणका लागि विकासकर्ता रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले दुई बैंकबाट पौने तीन अर्ब रुपैयाँ ऋण लिएको छ।

रसुवागढी हाइड्रोपावरले अल्पकालिन नगद व्यवस्थापनका साथै बाढीका कारण क्षतिग्रस्त जलविद्युत केन्द्रको पुनर्स्थापना र पुनर्निर्माणका लागि कुमारी बैंक, नबिल बैंक र माउ कम्पनी चिलिमे हाइड्रोपावर लिमिटेडबाट गरी कुल २ अर्ब ८८ करोड ३० लाख रपैयाँ अल्पकालिन पनि ऋण लिएको जनाएको छ।

कुमारीबाट २ अर्ब, नबिलबाट ४९ करोड ८० लाख र चिलिमेबाट ३८ करोड १६ लाख रुपैयाँ ऋण लिएको सार्वजनिक गरिएको गत आर्थिक वर्षको वित्तीय विवरणमा उल्लेख छ। कुमारीले ५.९९, नबिलको ५.२३ र चिलिमेको छ प्रतिशत ब्याजदर रहेको छ।

आयोजना निर्माणका बखत पनि विविध काबुबाहिरको परिस्थिति श्रृजना भई तोकिएको समयमा निर्माण सम्पन्न हुन नसक्दा सुरु अनुमानको तुलनामा निर्माण लागत वृद्धि भएको थियो।

व्यापारिक विद्युत उत्पादन हुनु अघि २०८१ पुस १५ सम्मको लागतका आधारमा आयोजनाको कुल निर्माण लागत निर्माण अवधिको ब्याजसमेत गरी २४ अर्ब ९९ करोड रुपैयाँ पुगेको थियो। यसबाट आयोजना निर्माण लागत बढेपछि कम्पनीको कर्जा–स्वपुँजी अनुपात सुरुको ५०ः५० प्रतिशतबाट परिवर्तन भई ७१ः२९ प्रतिशत कायम भएको छ।

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

आयोजनाबाट २०८१ पुस १६ देखि व्यापारिक विद्युत उत्पादन सुरु भएको हो। कर्मचारी सञ्चय कोषबाट साँवा १० अर्ब १६ करोड २१ लाख र उक्त अवधिसम्म ऋण रकममा पुँजीकृत भएको ब्याज छ अर्ब २७ करोड ५२ लाख ७९ हजार ७३५ गरी कुल ऋण १६ अर्ब ४३ करोड ७३ लाख रुपैयाँ कायम भएको थियो।

आयोजनाबाट व्यापारिक विद्युत उत्पादनपछि कम्पनीले उक्त ऋण तिर्न सुरु गरी पहिलो किस्ता २०८१ चैतमा सञ्चय कोषलाई ६५ करोड १४ लाख ६० हजार रुपैयाँ भुक्तानी गरेको थियो।

गत असारसम्म रसुवागढीले कर्मचारी सञ्चय कोषलाई १४ अर्ब ९३ करोड ७० लाख रुपैयाँ रहेको छ। सञ्चय कोषले ब्याजदर घटाएर गत साउनदेखि ६.३५ प्रतिशत कायम भएको छ। ब्याजदर घटेकाले कम्पनीको दायित्वमा कमी आउनेछ।

आयोजना सुरुमा पर्ने भएकाले सबै फिल्टर गर्नुपर्ने अवस्था रहेको छ। दिनहुँ जस्तो लेदो बगेर आउने र डिसेन्डि बेसिन सफा गर्नुपरेको आयोजनाले जनाएको छ। दिनहुँ आयोजना बन्द गरेर डिसेन्डिङ बेसिन सफा गर्नुपर्दा आयोजनाको आम्दानीमा असर परेको छ। हाल वर्खाले गर्दा कुनै दिन पानी पर्दा दिनमा दुई पटकसम्म सफा गर्नुपरेको छ।

रसुवागढी आयोजनाको ७५ प्रतिशत पुनःनिर्माण सम्पन्न, साढे तीन अर्ब क्षति
तिब्बत क्षेत्रको हिमताल फुट्नाले ल्हेन्दे खोलामा अचानक लेदो, गेग्रान तथा ठूलाठूला मुडासहित आएको बाढी नेपाल–चीन सिमाना स्थित रसुवागढी हुँदै आयोजनाको स्रोत नदी भोटेकोसी आइपुग्दा रसुवागढीको बाँधस्थल र जलविद्युत केन्द्र क्षेत्रमा रहेका अधिकांश सिभिल संरचनाहरूमा व्यापक क्षति पुर्याएको थियो। हाल आयोजना पुननिर्माणको काम अन्तिम चरणमा पुगेको छ।

हाइड्रोमेकानिकल र इलेक्ट्रोमेकानिकल उपकरणहरूमा समेत ठूलो क्षति भएको थियो। कर्मचारी आवास भवनहरू पूर्ण रुपमा क्षति भई जलविद्युत केन्द्रबाट विद्युत उत्पादन समेत बन्द भएको थियो। पुस १० बाट दोस्रो युनिट र गत जेठबाट तेस्रो युनिटबाट १११ मेगावटसम्म बिजुली उत्पादन भइरहेको छ।

आयोजनाबाट वार्षिक ६१ करोड ३८ लाख ७५ हजार युनिट विद्युत उत्पादन भई यस कम्पनीलाई वार्षिक रुपमा तीन अर्ब २५ करोड रुपैयाँ आम्दानी प्राप्त हुने अनुमान रहेको छ। कम्पनीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ।

एक अर्ब ४४ करोड नोक्सानमा

रसुवागढी हाइड्रोपावर गत आर्थिक वर्षमा एक अर्ब ४४ करोड ५८ लाख रुपैयाँ नोक्सानमा रहेको छ। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणमा बिजुली बेचेर कम्पनीले १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ। रसुवागढीको चुक्ता पुँजी ६ अर्ब ८४ करोड २१ लाख रूपैयाँ छ।

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार ०७:०१
प्रतिक्रिया

थप समाचार

भोटेकोशी बाढीले क्षतिग्रस्त रसुवागढी जलविद्युतको ऋण १७.७० अर्ब, आयोजनाको भविष्य अनिश्चित

आयोजना पुनर्निमाण अनिश्चित बनेको छ। बिजुली उत्पादन बन्द हुँदा आयोजनाको आम्दानी प्रभावित भएको छ भने कम्पनीको नगद प्रवाह र ऋण सेवा क्षमतामा समेत दबाब पर्न सक्ने देखिएको छ।

हुम्लाको मिमीमा ७० मेगावाट अर्धजलाशय आयोजना बनाउँदै स्टिभा हाइड्रो

मिमीबान खोलामा १९ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरिएको छ। आयोजनाको जलाशयमा २ घण्टासम्म पानी जम्मा हुने गरी डिजाइन तयार पारिएको विकासकर्ता कम्पनी स्टिभा हाइड्रोले जनाएको छ।

मुखैमा आयो दशैँ, बाढीपहिरोले अवरुद्ध सडक कहिले सञ्चालनमा आउँछन्?

काठमाडौँ: हालैकाे बाढीपहिरोले मुख्य राजमार्गसहित विभिन्न सडकहरू अवरुद्ध छन्। चाडपर्व नजिकिँदै गर्दा सरकारले बाढी तथा पहिरोका कारण अवरुद्ध मुख्य सडक मर्मत गरी दशैँअघि नै सञ्चालनमा ल्याउने...

ऊर्जामा आधारित अर्थतन्त्र बनाउन निजी क्षेत्रलाई नयाँ लगानीको ढोका खोल्दै सरकार

खुला पहुँच प्रणाली प्रभावकारी रूपमा कार्यान्वयन भएमा विद्युत् उत्पादक, व्यापारिक कम्पनी र ठूला औद्योगिक उपभोक्ताबीच प्रत्यक्ष विद्युत् कारोबारको वातावरण बन्न सक्छ।

मातातीर्थ–चोभार लाइन शुक्रबारदेखि चार्ज, उपत्यकाको बिजुली आपूर्ति थप सहज हुने

काठमाडौं। काठमाडौं उपत्यकाको बिजुली आपूर्ति प्रणालीलाई थप सुदृढ, भरपर्दो र गुणस्तरीय बनाउन महत्वपूर्ण मानिएको थानकोट–चापागाउँ–भक्तपुर १३२ केभी प्रसारण लाइन आयोजनाअन्तर्गतको मातातीर्थ–चोभार...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना