२०८३ कार्तिक १२ गते बुधबार

भारतबाट आयातमा कडाइपछि नेपाली केराले पायो बजार, किसानले पाए चार गुणा ज्यादा मूल्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
kera

भैरहवा: भारतीय केराको अवैध आयातमा सीमा क्षेत्रमा कडाइ भएपछि रुपन्देहीको सीमावर्ती मर्चवारी गाउँपालिकाका व्यावसायिक केरा किसानले उत्पादनको उचित मूल्य पाउन थालेका छन्।

विगतका वर्षमा भारतीय केराको निर्बाध आयातका कारण बजारमा प्रतिस्पर्धा गर्न नसकेर घाटा व्यहोर्दै आएका किसान यस वर्ष नेपाली केराको मूल्य बढेपछि उत्साहित भएका हुन्।

मर्चवारी गाउँपालिका–१ का किसान बिभाण्ड यादव पाँच वर्षदेखि व्यावसायिक केरा खेती गर्दै आएका छन्। करिब ११ बिघा क्षेत्रफलमा जैविक विधिबाट केरा खेती गरिरहेका यादवका अनुसार अघिल्ला दुई–तीन वर्षमा उत्पादनको उचित मूल्य नपाउँदा किसानले ठूलो घाटा व्यहोर्नुपरेको थियो। कतिपय अवस्थामा केराको मूल्य घटेर प्रतिदर्जन १५ देखि २० रुपैयाँ सम्ममा बिक्री गर्नुपर्ने अवस्था आएको उनले बताए।

‘केरा बोटमै पाकेर कुहिने अवस्था आउँथ्यो। व्यापारीले भनेको मूल्यमा बिक्री गर्नुपर्ने बाध्यता थियो,’ यादवले भने, ‘यस वर्ष सीमा क्षेत्रमा भारतीय केराको आयातमा कडाइ भएपछि नेपाली केराले बजार पाउन थालेको छ।’

हाल स्थानीय बजारमा केराको मूल्य प्रतिदर्जन ७० देखि ८० रुपैयाँसम्म पुगेको उनले बताए। मूल्यमा आएको सुधारले व्यावसायिक खेतीमा लागेका किसानलाई केही राहत मिलेको यादवको भनाइ छ।

तर, बजारमा सुधार आए पनि किसानका आधारभूत समस्या भने समाधान हुन सकेका छैनन्। विशेषगरी सिँचाइका लागि विद्युत् सुविधा नहुँदा किसानले निजी लगानीमै वैकल्पिक व्यवस्था गर्नुपरेको छ। यादवले आफ्नो केरा बारीमा सिँचाइका लागि करिब नौंसय मिटर टाढाबाट निजी खर्चमा विद्युत् तार तानेर व्यवस्था मिलाएको बताए।

उनका अनुसार गाउँपालिकाले गत वर्ष सिँचाइका लागि मोटर र पाइप खरिद गर्न करिब ३ लाख ५० हजार रुपैयाँ सहयोग गरेको थियो। तर चालु वर्षमा त्यस्तो सहयोग निरन्तर हुने–नहुने निश्चित नरहेको उनले बताए।

किसानका लागि अर्को ठूलो समस्या कृषि बीमा बनेको छ। बीमा प्रक्रियामा रहेको कागजी झन्झट, दाबी भुक्तानीमा हुने ढिलाइ र प्रक्रियागत जटिलताका कारण अधिकांश किसान बीमाप्रति आकर्षित हुन नसकेको यादवको भनाइ छ। मर्चवारदेखि त्रिवेणी क्षेत्रसम्मका धेरैजसो केरा किसानले बीमा नगरेको उनले बताए।

हालै आएको हुरीबतासले आफ्नो करिब चार हजार केराका बोट नष्ट गरेको भए पनि बीमाको दाबी भुक्तानी लिन नसकेको यादवले बताए। ‘बीमा गरेपछि क्षति हुँदा पनि रकम पाउन निकै झन्झट छ। किसानका लागि प्रक्रिया सरल नहुँदा बीमा गर्नै डर लाग्छ,’ उनले भने।

यसैबीच प्रतिनिधिसभा सदस्य कन्हैया बाँनियाले मर्चवारमा पुगेर यादवले सञ्चालन गरेको केरा खेतीको अनुगमन गर्दै स्वदेशी कृषि उत्पादनको प्रवद्र्धन र किसानका समस्या समाधानका लागि राज्यले प्राथमिकता दिनुपर्ने बताएका छन्।

आफ्नो निर्वाचन क्षेत्र रुपन्देही–४ अन्तर्गतको सीमावर्ती क्षेत्रमा गरिएको व्यावसायिक केरा खेतीको अनुगमनका क्रममा सांसद बानियाले वैदेशिक रोजगारीबाट फर्किएर कृषि क्षेत्रमा लागेका यादवको प्रयासको प्रशंसा गरे। जैविक तथा विषादीमुक्त उत्पादनले नागरिकको स्वास्थ्य संरक्षणसँगै मुलुकको अर्थतन्त्रमा समेत योगदान पुर्‍याउने उनले बताए।

अनुगमनका क्रममा किसानले उठाएका सिँचाइ, विद्युत् र कृषि बीमासम्बन्धी समस्या समाधानका लागि पहल गर्ने बानियाले प्रतिबद्धता जनाए। प्रदेशसभा सदस्य रहँदा आफूले सिँचाइका लागि विद्युतका पोल तथा लाइन विस्तारमा सहयोग गरेको स्मरण गर्दै उनले बाँकी क्षेत्रको विद्युतीकरणका लागि सम्बन्धित निकायसँग समन्वय गर्ने बताए।

कृषि बीमाको प्रक्रिया अत्यन्तै कागजी र जटिल भएकाले किसान सेवाबाट वञ्चित भइरहेको उल्लेख गर्दै सांसद बानियाले यसलाई किसानमैत्री बनाउन संसद् तथा सरकारका सम्बन्धित निकायमा आवाज उठाउने बताए।

‘कृषि बीमाको प्रक्रिया सहज, सरल र किसानमैत्री हुनुपर्छ। किसानले क्षति व्यहोरेपछि समयमै क्षतिपूर्ति पाउने व्यवस्था हुनुपर्छ,’ उनले भने।

सीमावर्ती क्षेत्रमा स्वदेशी उत्पादनलाई भारतीय उत्पादनसँग प्रतिस्पर्धा गर्न सहज वातावरण निर्माण गर्न सीमा व्यवस्थापनसँगै कृषि उत्पादनको लागत घटाउने र बजार सुनिश्चित गर्ने नीति आवश्यक रहेको स्थानिय किसानहरुको भनाइ छ।

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार ०५:३४
प्रतिक्रिया

थप समाचार

बगर बन्यो धानखेत

रसुवा: उत्तरगया गाउँपालिका वडा नं ४ र ५ को मुख्य धानखेत बगरमा परिणत भएको छ। गत भदौ १० गते भोटेकोशी नदीमा आएको विनासकारी बाढीका कारण उक्त वडाको सम्पूर्ण खेतीयोग्य जमिन बगरमा रुपान्तरण भएको हो। त्रिशूली...

संघीयताले बदलेको अर्थतन्त्र: गाउँगाउँमा व्यापारिक केन्द्र, बदलिँदो कर्नाली

संघीयतापछि स्थानीय सरकारले सडक, विद्यालय र व्यवस्थापन, कृषि, साना उद्यम दर्ता, खानेपानी आयोजना लगायतका काम आफैँ सञ्चालन गर्न थाले। विकास योजना वडा तहसम्म छलफल गरेर स्थानीय आवश्यकता अनुसार बनाउन...

कस्तो छ आजको मौसम?

काठमाडौँ: हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लागेको छ । तराई भूभागमा मौसम मुख्यतया सफा...

धानमा ‘किरा’ले क्षति पुर्‍याएपछि भोजपुरका किसान चिन्तित

भोजपुर। धान भित्राउने समय नजिकिँदै गर्दा धानबालीमा ‘लाई किरा’को समस्या देखिएपछि भोजपुरका किसान चिन्तित बनेका छन्। किराको प्रकोपका कारण धानको फेदमा क्षति पुग्दा बोट ढल्ने, बाला सुक्ने तथा...

किसानलाई दूधको उचित मूल्य खोइ?

दाङ: यहाँका दुग्ध उत्पादक किसानले मेहनत र लगानी अनुसारको मूल्य पाउन नसक्दा मारमा परेका छन्। पशुपालन व्यावसायमा दुःख मेहनत धेरै गर्नुपर्ने भए पनि त्यसअनुसार मूल्य नपाउँदा मारमा परेका हुन्। दूध...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना