२०८३ भदौ ५ गते शुक्रबार

लगानीमैत्री वातावरण बनाउन मन्त्रीसँग भेटेर उद्योग–वाणिज्यका प्रतिनिधिको आग्रह

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ५
774593288_1630673111747134_6036999002071689944_n

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग भेट गरी श्रम कानूनको समसामयिक संशोधन, आन्तरिक रोजगारी प्रवर्द्धन, श्रम बजारको माग–आपूर्ति व्यवस्थापन तथा औद्योगिक सम्बन्धका विविध विषयमा छलफल गरेको छ।

महासंघले श्रम कानून संशोधनलाई बदलिँदो श्रम बजार, औद्योगिक आवश्यकता र मुलुकको आर्थिक रूपान्तरणसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिएको छ। यस्तै महासंघले श्रम कानून लगानी तथा रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने, उद्योगको प्रतिस्पर्धात्मक क्षमता बढाउने र श्रमिकको अधिकार तथा सामाजिक सुरक्षालाई सुनिश्चित गर्ने गरी सन्तुलित र व्यावहारिक हुनुपर्ने धारणा राखेको छ।

भेटमा अध्यक्ष श्रेष्ठले सरकारले अहिले परिवर्तन, रूपान्तरण र हस्तान्तरणको अभियान अघि बढाइरहेको तथा विभिन्न कानून संशोधनको प्रक्रियामा रहेको सन्दर्भमा श्रम कानूनलाई पनि देशको दीर्घकालीन आर्थिक तथा रोजगारी आवश्यकतासँग जोडेर सुधार गर्नुपर्नेमा जोड दिए।

‘नेपालले प्राप्त गरेको वर्तमान जनसांख्यिक लाभलाई अधिकतम उपयोग गर्दै आगामी १० वर्षमा देशको रोजगारीको अवस्था कस्तो बनाउने भन्ने विषयलाई श्रम कानून संशोधनसँगै हेर्नुपर्छ,’ अध्यक्ष श्रेष्ठले भने, ‘सरकारले आगामी दशकमा १०० बिलियन अमेरिकी डलर बराबरको अर्थतन्त्र निर्माण गर्ने लक्ष्य लिएको अवस्थामा त्यसका लागि आवश्यक औद्योगिक लगानी, उत्पादन विस्तार र रोजगारी सिर्जनालाई प्रोत्साहन गर्ने गरी श्रम कानूनलाई लगानी तथा रोजगारीमैत्री बनाउनुपर्छ।’

मन्त्री यादवले मन्त्रालय श्रम ऐन संशोधनको पहिलो चरणको काममा रहेको जानकारी दिँदै मन्त्रालयको प्रारम्भिक काम सम्पन्न भएपछि सम्बन्धित सरोकारवालासँग छलफल अघि बढाउने बताए। उनले महासंघलाई पनि समानान्तर रूपमा आवश्यक अध्ययन तथा तयारी अघि बढाउन आग्रह गर्दै यस विषयमा छिट्टै महासंघलगायत सरोकारवालालाई छलफलमा बोलाउने जानकारी दिनुभयो।

अध्यक्ष श्रेष्ठले श्रम ऐन, २०७४ लगायत श्रमसम्बन्धी कानून संशोधन गर्दा निजी क्षेत्रको व्यावहारिक अनुभव र संस्थागत सुझावलाई समेट्नुपर्ने बताउनुभयो। ‘श्रम कानून संशोधनलाई केवल कानूनी सुधारका रूपमा होइन, औद्योगिक लगानी, उत्पादन, उत्पादकत्व, रोजगारी सिर्जना र श्रम बजारको दीर्घकालीन रूपान्तरणसँग जोडिएको आर्थिक सुधारका रूपमा अघि बढाउनुपर्छ,’ उहाँले भने।

महासंघले संसदमा विचाराधीन बालश्रम (निषेध तथा नियमित गर्ने) विधेयक, २०८३ का सम्बन्धमा बालश्रम उन्मूलनको उद्देश्यप्रति प्रतिबद्धता जनाउँदै यसको कार्यान्वयन, उद्योग व्यवसायको अनुपालन तथा अनुसन्धान र दण्ड–सजायका प्रावधानलाई व्यावहारिक तथा कार्यान्वयनयोग्य बनाउनुपर्ने धारणा राखेको छ।

साथै, एक प्रतिष्ठान, एक आधिकारिक ट्रेड युनियनको अवधारणालाई प्रभावकारी रूपमा कार्यान्वयन गरी औद्योगिक सम्बन्धमा स्थायित्व, संवाद र उत्पादकत्व अभिवृद्धि गर्नुपर्नेमा जोड दिएको छ।

मन्त्री यादवले श्रम ऐन संशोधनका क्रममा प्लेटफर्म अर्थतन्त्रसम्बन्धी विषयमा समेत गम्भीर छलफल आवश्यक रहेको बताउनुभयो। उहाँले ११४औँ अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा सहभागी रोजगारदाता तथा ट्रेड युनियनका प्रतिनिधिलाई बोलाएर सुझाव लिन समितिलाई निर्देशन दिइसकेको जानकारी दिए।

आन्तरिक रोजगारी प्रवर्द्धनका विषयमा अध्यक्ष श्रेष्ठले निजी क्षेत्रले देशभित्र रोजगारी सिर्जना गर्न गरिरहेको प्रयासलाई सरकारको रोजगारी नीतिसँग जोड्दै सरकार–निजी क्षेत्र सहकार्यको स्पष्ट फ्रेमवर्क आवश्यक रहेको बताए। उद्योगहरूले आवश्यक श्रमिक नपाउने र रोजगारी खोज्नेहरूले अवसर नपाउने अवस्थाबीच श्रम बजारलाई मागमा आधारित बनाउँदै उद्योगको वास्तविक आवश्यकताअनुसार सीप विकास, तालिम तथा रोजगार मिलान प्रणाली विकास गर्नुपर्ने उनको भनाइ थियो।

महासंघ रोजगारदाता परिषद्का सभापति प्रबलजंग पाण्डेले वैदेशिक रोजगारीबाट फर्किएका नेपालीहरूको सीप परीक्षण तथा प्रमाणीकरणका लागि प्रभावकारी संयन्त्र आवश्यक रहेको बताए। आन्तरिक श्रम बजारमा कार्यरत श्रमिकहरूको समेत सीप परीक्षण गरी उद्योगसँगको सहकार्यमा पुनःसीप तथा क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाउनुपर्ने उहाँले बताउनुभयो। यसका लागि महासंघ मन्त्रालयसँग सहकार्य गर्न सधैं तयार रहेको उनको भनाइ थियो।

रोजगारदाता परिषद्का उपसभापति बाबुकाजी कार्कीले पछिल्लो न्यूनतम पारिश्रमिक निर्धारण प्रक्रिया वैज्ञानिक रहेको बताउँदै हरेक पटक दोस्रो वर्षको अन्त्यतिर पारिश्रमिक निर्धारणको दबाब र तनाव सिर्जना हुने अवस्थाको अन्त्य गर्न नियमित संवाद र पूर्वतयारीसहितको पारिश्रमिक निर्धारण प्रणाली विकास गर्नुपर्नेमा जोड दिए।

महासंघका केन्द्रीय सदस्य जूना माथेमाले नेपालमा ठूलो संख्यामा मानिसहरू प्लेटफर्म अर्थतन्त्रमा आबद्ध रहेको उल्लेख गर्दै यस क्षेत्रका श्रमिकको अधिकार, सामाजिक सुरक्षा तथा जिम्मेवारी स्पष्ट हुने गरी आवश्यक कानूनी व्यवस्था गर्नुपर्ने बताए। भेटमा महासंघले औद्योगिक विवाद समाधान, श्रम प्रशासनको डिजिटलाइजेशन, सामाजिक सुरक्षा प्रणालीको व्यावहारिक सुधार तथा सरकार–रोजगारदाता–श्रमिकबीचको संस्थागत त्रिपक्षीय संवादलाई थप प्रभावकारी बनाउनुपर्ने विषय पनि उठाएको छ।

प्रकाशित: २०८३ भदौ ५ गते शुक्रबार ०६:२६
प्रतिक्रिया

थप समाचार

मोतीबहादुर सारूको कृषि कर्म, अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै

रामेछाप। कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन्। तरकारी र गोलभेँडा भन्दा...

एफएनसीसीआईको शहरी विकास समिति सदस्यमा हिमालयजंग क्षेत्री

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को शहरी विकास समितिको सदस्यमा युवा व्यवसायी हिमालयजंग क्षेत्री मनोनीत भएका छन्। उनलाई महांघका अध्यक्ष अन्जन श्रेष्ठले मनोनयपत्र हस्तान्तरण...

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

बागलुङ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ: वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको...

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन

गोरखा: लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन्। गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी नेतृत्वको विज्ञहरुसहितको...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना