२०८३ भदौ ५ गते शुक्रबार

पर्यटन र पूर्वाधार विकासले स्थानीय स्तरमै रोजगारी सिर्जना गर्छः ढकाल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २
chandra

बागलुङ। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धन र स्थानीय स्तरमा पूर्वाधारको विकास गर्न सके वैदेशिक रोजगारीको बाध्यता अन्त्य भई गाउँठाउँमै रोजगारीका अवसरहरू सिर्जना हुने बताएका छन्।

बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा आयोजित ‘ऐतिहासिक हरेलो मेला २०८३’ लाई प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै ढकालले उक्त धारणा व्यक्त गरेका हुन्।

बाइसे–चौबिसे राज्यकालदेखिको ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको भैरवस्थान क्षेत्रमा पर्यटन, कृषि उपज र रोजगारीको प्रचुर सम्भावना रहेको औँल्याउँदै उनले यसलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमै प्रवर्द्धन गर्नुपर्ने आवश्यकता औँल्याए।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको मुक्तिनाथ भ्रमणपछि मुक्तिनाथ दर्शनका लागि आउने भारतीय तथा बाह्य पर्यटकहरूको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भएको चर्चा गर्नुहुँदै उनले भने, “मुक्तिनाथ पुग्ने पर्यटकमध्ये केही प्रतिशतलाई मात्र पनि बागलुङका भैरवस्थान लगायतका पर्यटकीय स्थलहरूमा आकर्षित गर्न सकिए यस क्षेत्रको आर्थिक विकासले ठूलो फड्को मार्नेछ।”

पर्यटकलाई कम्तीमा एक रात यस क्षेत्रमा अड्याउनका लागि गुणस्तरीय होटल, रिसोर्ट तथा होमस्टे जस्ता पूर्वाधार विस्तारमा जोड दिनुपर्ने उनले बताए। साथै केबलकार तथा अन्य पर्यटकीय पूर्वाधार निर्माणमा स्थानीय स्तरबाट सहयोग प्राप्त भए छोटो समयमै सकारात्मक नतिजा निकाल्न सकिने धारणा उहाँले राखे।

नेपालभित्रै स्वदेशी पुँजी परिचालन गरी ठूला आयोजना तथा उत्पादनमूलक क्षेत्रमा लगानी गर्ने उद्देश्यले महासङ्घको ढोरपाटन बैठकको निर्णयबमोजिम १० अर्ब रुपैयाँको ‘नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड’ नामक लगानी कम्पनी सञ्चालनमा ल्याइएको जानकारी दिँदै उनले पर्यटन, जलविद्युत्, उत्पादन र प्रविधिको क्षेत्रमा लगानी भित्र्याउन कम्पनीले काम सुरु गरिसकेको बताए।

कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख वसन्त श्रेष्ठ, भैरवस्थान मन्दिर व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र ढकाल, जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुख तथा स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता थियो।

प्रकाशित: २०८३ भदौ २ गते मङ्गलबार ०६:३१
प्रतिक्रिया

थप समाचार

लगानीमैत्री वातावरण बनाउन मन्त्रीसँग भेटेर उद्योग–वाणिज्यका प्रतिनिधिको आग्रह

काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अन्जन श्रेष्ठको नेतृत्वमा महासंघको प्रतिनिधिमण्डलले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग भेट गरी श्रम कानूनको समसामयिक संशोधन, आन्तरिक...

मोतीबहादुर सारूको कृषि कर्म, अकबरे खुर्सानी खेतीबाट लाखौँ कमाउँदै

रामेछाप। कुनै बेला गोलभेँडा खेतीबाट रामेछाप जिल्लामा स्थापित भएका मन्थली नगरपालिका–८ चिसापानीका कृषक मोतीबहादुर सारू मगर अहिले अकबरे खुर्सानीको खेतीमा लागेका छन्। तरकारी र गोलभेँडा भन्दा...

एफएनसीसीआईको शहरी विकास समिति सदस्यमा हिमालयजंग क्षेत्री

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को शहरी विकास समितिको सदस्यमा युवा व्यवसायी हिमालयजंग क्षेत्री मनोनीत भएका छन्। उनलाई महांघका अध्यक्ष अन्जन श्रेष्ठले मनोनयपत्र हस्तान्तरण...

वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनको सम्भाव्यता अध्ययन गर्न कार्यदल गठन

काठमाडौँ: वर्षौंदेखि बन्द रहेको वीरगञ्ज चिनी कारखाना पुनः सञ्चालनमा ल्याउने प्रक्रिया अघि बढाउन सरकारले सम्भाव्यता अध्ययन गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवको...

गोरखकाली रबर उद्योग सञ्चालन गर्न अनुगमन

गोरखा: लामो समयदेखि बन्द रहेको गोरखकाली रबर उद्योग सञ्चालनमा ल्याउन विज्ञहरुले अनुगमन तथा अध्ययन गरेका छन्। गोरखा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य कविन्द्र बुर्लाकोटी नेतृत्वको विज्ञहरुसहितको...
commodity market
उद्योग

‘कमोडिटी मार्केट’ सञ्चालन हुँदै, पूर्वाधारसहित आउनेलाई सेबोनले लाइसेन्स दिने

यसअघि पनि कमोडिटी कारोबारका नाममा विभिन्न आधा दर्जन कम्पनीहरूले बजार सञ्चालन गरेका थिए। तर, व्यवस्थित र दीर्घकालीन रूपमा सञ्चालन हुन नसकेपछि अहिले नयाँ ढंगले कमोडिटी मार्केट स्थापना गर्ने...
Bijuli_export
आर्थिक नीति

गत वर्षको विद्युत व्यापारः १२०० मेगावाट निर्यात, ७५० मेगावाट आयात

विद्युत निर्यात ६६.६० प्रतिशत वृद्धि भई ३ अर्ब ९६ करोड ५० लाख युनिट पुगेसँगै खुद विद्युत निर्यात २ अर्ब ७९ करोड ४० लाख युनिट पुगेको प्राधिकरणले जनाएको छ।
arun_subedi
विचार

आर्थिक लोकतन्त्र स्थापना गर्न अबको लडाइँ समाजवाद र वातावरणवादविरुद्ध

चन्द्रशेखर उपाध्याय प्रधानमन्त्री भएका बेला भारतले सुन बेचेर डलर किन्नु पर्ने अवस्था आयो। पछि चुनाव भयो र पीभी नरसिंह राव प्रधानमन्त्री बन्नु भयो। त्यसबेला आइपुग्दा भारतको अर्थतन्त्र अस्थिरपञ्जर...
govinda
अर्थतन्त्र

सरकारैपिच्छे अबण्डा कोषको अखडा: बेथिति र अपारदर्शी खर्चमा रमाउँदै तीन तहकै सरकार

केन्द्र सरकारबाट प्रदेश र स्थानीय सरकारमा यो रोग सरेको छ। हरेक वर्ष ल्याउने तीन तहका सरकारका आफ्ना बजेट कार्यक्रममा अबण्डा बजेटले स्थान पाइरहेकै छ।
New Project – 2026-08-19T172415.164
कर्पोरेट

रसुवागढी हाइड्रोपावरको १.३३ अर्ब बीमा भुक्तानीमा हिमालयन एभरेष्टको ढिलाइ, पुनर्निर्माणमा सास्ती

हालसम्म हिमालयन एभरेष्टबाट २० करोड रुपैयाँ मात्र पेश्की प्राप्त भएको छ। संशोधित बीमा दाबी १ अर्ब ३२ करोड ७६ लाख रुपैयाँ बाँकी रहेको भनाइ रसुवागढी हाइड्रोपावर कम्पनीको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना