२०८३ कार्तिक १५ गते शनिवार

दोस्रो स्टक एक्सचेन्ज लाइसेन्स नदिने सेबोनको संकेत, नयाँ एक्सचेन्ज आए फरक काम गर्नुपर्ने

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, भदौ ७
sebon adakshya

काठमाडौँः मुलुकमा दोस्रो स्टक एक्सचेन्ज ल्याउने विषय लामो समयदेखि बहसमा छ। तीनवटा समूहले नयाँ स्टक एक्सचेन्ज सञ्चालनका लागि प्रस्तावसमेत पेश गरेका थिए। तर, पछिल्लो समय नियामकको धारणा भने नयाँ एक्सचेन्ज थप्नुभन्दा भएकै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई बलियो बनाउनेतर्फ केन्द्रित हुन थालेको छ।

नेपाल धितोपत्र बोर्ड (सेबोन) का अध्यक्ष डा. गोपालप्रसाद भट्टले नयाँ स्टक एक्सचेन्ज ल्याउने विषयमा स्पष्ट संकेत दिँदै नेप्सेले गरिरहेको कामकै अर्को संस्करणका रूपमा नयाँ संस्था ल्याउनु आवश्यक नरहेको बताएका छन्।

उनका अनुसार राज्यको ठूलो लगानी भइसकेको र आवश्यक पूर्वाधारसमेत रहेको नेप्सेलाई सुधार गरेर अघि बढाउनु अहिलेको प्राथमिकता हुनुपर्छ।

अध्यक्ष भट्टले भने, ‘सरकारी संस्थान नेप्सेमा राज्यको यत्रो लगानी भइसकेको छ, पूर्वाधार तयार छ। त्यही काम गर्न फेरि अर्को संस्था किन चाहियो? अहिले नेप्सेलाई नै कसरी बलियो बनाउने भन्नेमा सरकार र हामी स्पष्ट हुनुपर्छ।’

अध्यक्ष भट्टको यो भनाइले अहिलेको अवस्थामा दोस्रो स्टक एक्सचेन्जलाई नियमित सेयर कारोबारका लागि लाइसेन्स दिने सम्भावना कमजोर रहेको संकेत गरेको छ।

ल्याउनै परे नेप्सेकै काम दोहोर्‍याउन नहुने

यद्यपि नयाँ स्टक एक्सचेन्जको सम्भावनालाई पूर्ण रूपमा अस्वीकार नगरेका भट्टले नयाँ संस्था आवश्यक ठहरिएमा त्यसले नेप्सेले गर्दै आएको कामको प्रतिलिपि गर्न नहुने बताएका छन्।

नयाँ एक्सचेन्जले बजारमा नयाँ उत्पादन र नयाँ अवसर ल्याउनुपर्ने उनको धारणा छ। विशेषगरी साना तथा मझौला उद्यम (एसएमई), स्टार्टअप र नयाँ वित्तीय उपकरणका लागि छुट्टै प्लेटफर्म विकास गर्न सक्ने गरी नयाँ संस्था आउनुपर्ने उनको तर्क छ।

अर्थात् नयाँ एक्सचेन्ज आए पनि ‘अर्को नेप्से’ बन्ने होइन, नेप्सेभन्दा फरक काम गर्ने संस्था बन्नुपर्ने नियामकको सोच देखिन्छ।

यो अवधारणाले दोस्रो स्टक एक्सचेन्जसम्बन्धी अहिलेसम्मको बहसलाई नै नयाँ दिशातर्फ मोडेको छ। अहिलेसम्मको बहस मुख्यतः ‘दुईवटा एक्सचेन्जबाट प्रतिस्पर्धा बढ्छ कि बढ्दैन?’ भन्नेमा केन्द्रित थियो। अब भने ‘नयाँ संस्था आए त्यसले बजारमा नयाँ के दिन्छ?’ भन्ने प्रश्न अगाडि आएको छ।

दुई एक्सचेन्ज हुँदा मूल्यमा खेलबाडको जोखिम

नयाँ एक्सचेन्ज ल्याउँदा एउटै कम्पनीको सेयर दुईवटा बजारमा कारोबार हुने अवस्था आए त्यसबाट समस्या निम्तिन सक्ने अध्यक्ष भट्टको तर्क छ।

एउटै कम्पनीको सेयर एक एक्सचेन्जमा १० रुपैयाँ र अर्कोमा १२ रुपैयाँमा कारोबार भयो भने लगानीकर्ताले सस्तो बजारबाट किनेर महँगो बजारमा बेच्न सक्छन्। यस्तो अवस्थामा मूल्यमा अस्वाभाविक अन्तर आउन सक्ने र बजारमा ‘आर्बिट्रेज’को जोखिम बढ्न सक्ने उनको भनाइ छ।

‘एउटै समयमा एउटा एक्सचेञ्जमा शेयरको मूल्य १० रुपैयाँ र अर्कोमा १२ रुपैयाँ भयो भने सस्तोमा किनेर महँगोमा बेच्ने प्रवृत्ति बढ्छ। यसले वास्तविक बजार मूल्यलाई विथोलिदिन्छ र बजारमा अस्वस्थ चलखेल सुरु हुन सक्छ।’

त्यसैले नयाँ संस्था थप्नुभन्दा भएकै संरचनालाई आधुनिक र प्रविधिमैत्री बनाउनु उचित हुने उनको धारणा छ।

दोस्रो एक्सचेन्जको बाटो किन खोलिएको थियो?

नेपालमा दोस्रो स्टक एक्सचेन्जको आवश्यकता महसुस हुनुको मुख्य कारण नेप्सेको पुरानो संरचना, सीमित प्रविधि, सरकारी स्वामित्व र बजार विस्तारसँगै देखिएका चुनौती हुन्।

यसअघि गठित विभिन्न अध्ययन समितिले पनि नेप्सेको पुनर्संरचना वा दोस्रो स्टक एक्सचेन्जमध्ये कुनै एक विकल्प अघि सारेका थिए। चिन्तामणि शिवाकोटी नेतृत्वको समितिले २०८१ वैशाखमा तत्कालीन प्रधानमन्त्रीलाई बुझाएको प्रतिवेदनमा पनि नेप्सेको पुनर्संरचना नगरे दीर्घकालमा समस्या आउन सक्ने उल्लेख गर्दै दुई विकल्प प्रस्तुत गरेको थियो।

त्यसपछि नयाँ स्टक एक्सचेन्जको लाइसेन्स प्रक्रिया अघि बढाइएको थियो।

नयाँ एक्सचेन्जका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्ज प्रतिस्पर्धामा थिए। ठूला व्यवसायिक घरनाबीच कर्पोरेट वारले पनि नयाँ स्टक एक्सचेन्जको विषयलाई बढी विवादित बनाएको छ।
अब नेप्से सुधार प्राथमिकतामा

यसबीच सरकारले नेप्सेको पुनर्संरचनाका लागि अध्ययन समिति गठन गरेर प्रतिवेदनसमेत तयार गरिसकेको छ। प्रतिवेदनमा नेप्सेको पुँजी वृद्धि, सरकारी स्वामित्व घटाउने, सर्वसाधारण तथा संस्थागत लगानी बढाउने, रणनीतिक साझेदार भित्र्याउने र प्रविधि सुधार गर्नेलगायतका सुझाव दिइएको छ।

सरकारले नेप्से पुनर्संरचनाको बाटो अघि बढाउने हो भने नयाँ स्टक एक्सचेन्जको आवश्यकता फेरि प्रश्नमा पर्न सक्छ।

यसरी हेर्दा नेपालको दोस्रो स्टक एक्सचेन्जसम्बन्धी बहस अब ‘कसलाई लाइसेन्स दिने?’ बाट ‘नयाँ संस्था आए त्यसले बजारमा नयाँ के थप्छ?’ भन्ने दिशातर्फ मोडिएको छ।

नियामकको पछिल्लो संकेतअनुसार अहिलेको प्राथमिकता नेप्सेलाई नै पुनर्संरचना र प्रविधिको हिसाबले बलियो बनाउने देखिन्छ। नयाँ स्टक एक्सचेन्ज आवश्यक परे पनि नेप्सेकै काम दोहोर्‍याउने गरी होइन, बजारमा अहिलेसम्म नभएको नयाँ प्रोडक्ट र सेवा ल्याउने गरी मात्र स्थान दिनुपर्ने सोच अघि आएको छ।

यसले दोस्रो स्टक एक्सचेन्जको करिब तीन वर्षदेखिको बहसलाई तत्कालका लागि ‘नयाँ एक्सचेन्ज चाहिन्छ कि चाहिँदैन’ भन्दा ‘नयाँ बजार र नयाँ प्रोडक्ट चाहिन्छ कि चाहिँदैन’ भन्ने बहसमा रूपान्तरण गरिदिएको छ।

प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०१:१२
प्रतिक्रिया

थप समाचार

हिमाली हाइड्रो फण्डले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा सानिमा क्यापिटल नियुक्त

काठमाडौं। निर्माणाधीन सोना खोला जलविद्युत् आयोजनाको प्रबर्द्धक हिमाली हाइड्रो फण्ड लिमिटेडको साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। फण्डले आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा...

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना