२०८३ कार्तिक १४ गते शुक्रबार

पुँजी बजार पुनरुत्थान कार्ययोजनाले सुस्ताएको अर्थतन्त्र चलायमान बनाउनेछ

 |  मनोज ज्ञवाली
Sanket

मनोज ज्ञवाली

काठमाडौँ, भदौ ३०
manoj_gyawali

अर्थ मन्त्रालयबाट मंगलबार पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना २०८३, जारी भएको छ। दीर्घकालीन पुँजी बजार विकास र विस्तारको लागि नीतिगत व्यवस्था त राखिएकै छन।

तत्कालै पुँजी बजार र लगानीकर्तालाई निम्न बुँदाले प्रोत्साहित गर्नेछन्। सरकारको यो कार्यले अर्थतन्त्रमा गज्जबको ऊर्जा थप्नेछ।

१. संस्थागत लगानीकर्ताको लगानीसम्बन्धी व्यवस्थाः

संस्थागत लगानीकर्तालाई पुँजी बजारमा प्रवेश र लगानी गर्न सहज बनाउने गरी नीति, कानुनी तथा पूर्वाधारगत व्यवस्था गर्ने।

संस्थागत लगानीकर्ताका लागि आवश्यक लगानी नीति र कारोबार संरचना विकास गर्ने।

प्राथमिक बजारमा संस्थागत लगानीकर्ताको सहभागिता बढाउने।

यसले बजारमा पार्ने प्रभाव

पुँजी बजारमा ठूला र दीर्घकालीन लगानीकर्ता बढ्ने।

बजारमा तरलता गहिराइ बढ्ने।

बजारमा अत्यधिक साना र अल्पकालीन लगानीकर्ताको प्रभाव केही कम हुन सक्छ।

बजार थप व्यावसायिक र स्थिर बन्न सहयोग पुग्ने।

२.संस्थागत लगानीकर्ताको पुनः सन्तुलित बैंकको नेतृत्वमा रहेका संस्थागत लगानीकर्ताको पोर्टफोलियोलाई पुनः सन्तुलित गर्ने व्यवस्था।

कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, सामाजिक सुरक्षा कोष, बीमा कम्पनी तथा सामूहिक लगानी कोष (म्युचअल फन्ड) जस्ता संस्थागत लगानीकर्तालाई पुँजी बजारमा लगानी गर्न प्रोत्साहन गर्ने।

बजारमा पर्ने प्रभाव

ठूलो संस्थागत बचत पुँजी बजारमा परिचालन हुन्छ।

लगानी विविधीकरण बढ्छ।

बजारमा दीर्घकालीन पूँजीको आपूर्ति बढ्छ।

बजार देखिने अस्थिरता कम गर्न सहयोग पुग्न सक्छ।

बजारमा माग बढ्न गई माथि जाने सम्भावना बढ्छ।

३. सीडीएस एन्ड क्लियरिङको संस्थागत क्षमता अभिवृद्धिः

धितोपत्र कारोबारको बढ्दो आकारलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सीडीएस एन्ड क्लियरिङको संस्थागत क्षमता बढाउने।
यसको संरचनात्मक सुधारसम्बन्धी अध्ययन पूरा गर्ने।

बजारमा पार्ने प्रभाव

कारोबारको सेटलमेन्ट क्षमता र दक्षता बढ्ने।

ठूलो कारोबार हुँदा पनि प्रणालीगत बोटलनेक घट्ने।

लगानीकर्ताको विश्वास र बजार पूर्वाधार बलियो हुने।

भविष्यमा पुँजी बजार विस्तारका लागि आवश्यक डिजिटल पूर्वाधार तयार हुन्छ।

४. पीईभीसी र स्टार्टअप फाइनान्सिङ:

प्रारम्भिक चरणका उद्योग तथा व्यवसायलाई पूँजी उपलब्ध गराउने।

उच्च वृद्धि सम्भावना भएका नवप्रवर्तन तथा परियोजनालाई प्राइभेट इक्विटी र भेन्चर क्यापिटलमार्फत लगानी गर्ने।

पीईभीसीलाइ अन्तर्र्राष्ट्रिय असल अभ्यास अनुरूप व्यवस्थित गर्ने।

बजारमा पार्ने प्रभाव

बैंक ऋणमा निर्भरता कम गरि स्वपुँजी वित्त बढ्ने।

स्टार्टअप इन्नोभेसन र प्रविधिमा आधारित व्यवसायलाई पुँजी उपलब्ध हुन्छ।

नयाँ रोजगारी र उद्यमशीलता बढ्न सक्छ।

उत्पादनशील क्षेत्रमा पूँजी परिचालन हुने अवसर बढ्छ।

५.बैंक तथा वित्तीय संस्थाको पुँजी बजार लगानीको रिभ्युः

बैंक तथा वित्तीय संस्थाको पुँजी बजारमा रहेको लगानीलाई एक्सपोजर, अन्तरसम्बन्धता, स्पिल ओभर इफेक्ट फाइनान्सिय कन्टिजेसन रिस्क तथा सिस्टमेटिक रिस्कको दृष्टिले समीक्षा गर्ने।

धितोपत्र लगानीसम्बन्धी विद्यमान सीमा तथा रिस्क फ्रेमवर्क पुनरावलोकन गर्ने।

यसको बजारमा प्रभाव

बैंकिङ र पुँजी बजारबीचको जोखिम नियन्त्रण गर्न सहयोग।

अत्यधिक सेयर बजार एक्सपोजरबाट बैंकिङ क्षेत्रमा आउन सक्ने जोखिम कम हुन्छ।

वित्तीय स्थिरता बलियो बनाउन मद्दत पुग्छ।

तर, सीमा अत्यधिक कडा भएमा बजारमा संस्थागत तरलता घट्न सक्ने जोखिम पनि रहन्छ।

६. दीर्घकालीन लगानीलाई कर प्रोत्साहनः

पुँजी बजारमा दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्ने गरी विद्यमान कर व्यवस्थामा सुधार गर्ने।

निश्चित अवस्थामा सूचीकृत धितोपत्रको निःसर्गबाट हुने लाभ सम्बन्धी कर व्यवस्था सहज बनाउने।

करको दर घटाएर ३.७५ र ५ प्रतिशतमा झारिने।

नोक्सानीलाई नाफामा सेट अफ गरेर खुद प्राप्तिमा मात्र कर तिर्नुपर्ने।

यसको प्रभाव

अल्पकालिन स्पेकुलेसन भन्दा दीर्घकालिन लगानी आकर्षक बन्न सक्छ।

लगानीकर्ताको होल्डिङ पिरियड बढ्न सक्छ।

बजारमा स्थिरता र विश्वास बढ्ने सम्भावना छ।

कर प्रोत्साहन प्रभावकारी भएमा पुँजी बजारमा नयाँ लगानी पनि आउन सक्छ।

लगानीकर्ता प्रोत्साहित भई लगानी रकम उल्लेख्य रुपमा बढ्नेछ।

७.बैंक तथा वित्तीय संस्थाको दोस्रो बजार लगानीः

बैंक तथा वित्तीय संस्थालाई दोस्रो बजारमा लगानी गर्दा हुने स्पेकुलेटिभ रिस्क नियन्त्रण गर्ने व्यवस्था।

बैंक तथा वित्तीय संस्थाले यस्तो लगानीको अधिकतम अवधि ४५ दिनसम्म हुने गरि लगानी नीति निर्धारण गर्ने व्यवस्था मिलाउने।

यसको बजारमा प्रभाव

बैंकको ब्यालेन्स सिटमा अत्यधिक स्पेकुलेटिभ सेयर कारोबारको जोखिम घट्ने।

बैंकको स्रोतलाई पुँजी बजारमा परिचालन गर्न प्रोत्साहन गर्ने।

पुँजी बजारमा लगानीले बैंकको अत्यधिक अल्पकालीन प्रभाव घट्न सक्छ।

यसरी अर्थ मन्त्रालय पुँजीबजार प्रोत्साहनका लागि सबैतिरबाट लचिलो भएको छ। यसबाट सुस्ताएको अर्थतन्त्र पुनः चलायमान हुने अपेक्षा छ।

यस्तो बेला बजार माथि जादै गर्दा कार्यसम्पादन कमजोर भएका कम्पनीहरुको पनि बजार मुल्य गलत तरिकाले बढाएर सोझा लगानीकर्ता फसाउने काम हुन सक्छ।

यसर्थ लगानीकर्ताहरुले कम्पनीको व्यवस्थापन, फ्युचर प्रस्पेटिभ, डेभिडेन्ड इल्ड र पीइ रेसियो जस्ता आधारभूत सूचकलाई हेरेर मात्र लगानी गर्नुपर्ने हुन्छ।

(नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले समाजिक सञ्जालमा व्यक्त गरेको विचारबाट)

प्रकाशित: २०८३ भदौ ३० गते मङ्गलबार ०९:१८
प्रतिक्रिया

थप समाचार

निजी क्षेत्रलाई विद्युत व्यापारमा अवसरः ऊर्जा क्षेत्रमा ठूलो नीतिगत प्रस्थान

विद्युत व्यापारमा निजी क्षेत्रलाई प्रवेश दिने व्यवस्थालाई ऊर्जा क्षेत्रमा नीतिगत प्रस्थान (पोलिसी डिपार्चर) को रुपमा हेरिएको छ। यसले गर्दा समग्र निजी क्षेत्र झनै उत्साहित बनाउनका साथै लगानीमैत्री...

नेप्सेलाई रणनीतिक साझेदार चाहिन्छ, ब्रोकरलाई पुँजीअनुसार सेवा

हामीले दूरसञ्चार क्षेत्रको विकासलाई पनि हेर्न सक्छौँ। उपयुक्त रणनीतिक साझेदारी र आधुनिक प्रविधिको प्रयोगले सेवा क्षेत्रमा ठूलो परिवर्तन ल्याउन सक्छ।

उद्यमीहरूलाई ढुक्कसँग लगानी गर्न दिन सक्ने स्थिर नीति र वातावरण चाहिएको छ

निष्पक्ष र कानुनी प्रक्रियाबाट प्रमाण नहेरी कुनै उद्यमीलाई दोषी ठान्नु पनि हुँदैन। अनुसन्धान प्रमाणमा आधारित, व्यावसायिक र निष्पक्ष होस।पक्राउ र थुनालाई अनुसन्धानको विकल्प बनाउनु वा व्यवसायीमा...

‘सेयर बजारलाई खरिदबिक्रीमा मात्रै सीमित राख्न हुन्न, व्यापक सुधार आवश्यक छ’

बजारको बदलिँदो स्वरूपअनुसार कानुनी संरचना पनि समयानुकूल हुनुपर्छ।

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना