२०८३ भदौ ३० गते मङ्गलबार

शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक छः मन्त्री पोखरेल

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ७
sasmit
काठमाडौँः शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शिक्षामा राज्यको लगानी अझै बढाउन आवश्यक रहेको बताएका छन् ।
शिक्षा तथा खेलकुद मन्त्रालयले आयोजना गरेको विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्यअन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले शिक्षामा कुल बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने विश्वव्यापी अभ्यास रहेको बताए ।
उनले नेपालमा हाल शिक्षामा कुल बजेटको ११ प्रतिशतभन्दा कम रकम विनियोजन भइरहेको बताए । शिक्षामा थप पाँच अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको र चालु आर्थिक वर्षमा शिक्षाको बजेट अझै बढ्नसक्ने उनको भनाइ छ ।
उनले भने, ‘आजको दिनमा संघीय सरकारको बजेटको शिक्षामा जति पनि बजेट छ, त्यो कम छ । हामीले सकेसम्म देशकै सिनारियोमा सम्पूर्ण बजेटको २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्छ भन्ने ग्लोबल प्राक्टिस छ । हामी लगभग ११ प्रतिशतभन्दा कम छौँ, आर्थिक वर्षमा शिक्षामा बढ्छ। ११ प्रतिशतको हाराहारीमा पुग्छ होला, अझ बढी पनि हुन सक्छ ’
मन्त्री पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्दा विद्यार्थी, विद्यालय तथा विभिन्न तहका सरकारको सुझावलाई प्राथमिकतामा राख्नुपर्ने बताए ।
उनले परामर्शका क्रममा विद्यार्थीको आवाजलाई केन्द्रमा राखेर सुझाव आएको भन्दै सहभागीहरूलाई धन्यवाद दिए ।
उनले भने, ‘विगतको दिनमा कम विद्यार्थीको आवाज सुनेको थिएँ भने आज अलिकति बढी विद्यार्थीहरूको आवाज सुनियो । जसले विद्यार्थीको आवाजलाई केन्द्रमा राखेर सुझाव दिनुभयो, विद्यालयलाई केन्द्रमा राखेर सुझाव दिनुभयो, सम्पूर्णलाई हार्दिक धन्यवाद दिन चाहन्छु ।’
संघीय, प्रदेश र स्थानीय सरकारबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउन आवश्यक रहेको उनको भनाइ छ । शिक्षासम्बन्धी अधिकार र जिम्मेवारी स्पष्ट पार्दै तीनै तहका सरकारबीच तालमेल बढाउनुपर्ने उनले बताए ।
विद्यालय व्यवस्थापन, पाठ्यक्रम तथा शिक्षासम्बन्धी नीति निर्माणमा सरोकारवालाको सुझाव समेटेर विधेयकलाई अघि बढाउने मन्त्रालयको तयारी रहेको उनले बताए ।
प्रकाशित: २०८३ भदौ ७ गते आईतबार ०६:१६
प्रतिक्रिया

थप समाचार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...

खरानीबाट उठ्दै डेढ अर्बभन्दा बढी क्षति व्यहोरेको चितवन (फोटो)

चितवन: जेन–जी आन्दोलनका क्रममा चितवनका विभिन्न सरकारी, सार्वजनिक तथा निजी क्षेत्रमा व्यापक भौतिक विध्वंस भएको थियो। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार आन्दोलनका क्रममा जिल्लाभर ७९ वटा...

गुठीका किसानलाई मन्त्री रावलको आश्वासन: घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन

 काठमाडौँ: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता...

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दले नेपालको राष्ट्रिय विरासत वा छिमेकीसँगको सम्बन्धको इतिहासलाई नभई विगतमा देखिएको आन्तरिक...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना