काठमाडौँ: रसुवामा बुधबार बिहान गएको बाढीको विषयलाई लिएर प्रधानमन्त्री वालेन्द्र शाहको नेतृत्वमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठक बोलाएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भर्खरै सम्पन्न बैठकमा बाढीले अहिलेसम्म पुर्याएको क्षतिको विवरणबारे ब्रिफिङ गरिएको छ।
प्रधानमन्त्री शाहले आगामी कदमबारे सरोकारवाला सबैलाई निर्देशन दिएका छन्।
उनले यो विपद्को क्षणमा सबैलाई आआफ्नो ठाउँबाट बाढीग्रस्त क्षेत्रमा प्रभावित नागरिकको उद्धार, खोज र राहतमा खटिन अनुरोध गरेका छन्।




