काठमाडौँ: रसुवाको भोटेकोशी हुँदै आएको बाढीले नेपाल टेलिकमका ७ वटा टावरमा क्षति पुगेको छ।
बाढीका कारण रसुवामा २ वटा र नुवाकोटमा ५ वटा गरी ७ वटा टावरमा क्षति भएको प्रारम्भिक विवरण रहेको टेलिकमले जनाएको छ।
गल्छी देखि रसुवा बोर्डरमा रहेको फाइबर लिंकमा क्षति पुगेको जानकारी टेलिकमले दिएको छ। मर्मत सम्भारका लागि नेपाल टेलिकमको टोली निरन्तर खटिएको बताएको छ।
यस्तै नेपाल टेलिकमले बाढी प्रभावित क्षेत्रका सेवाग्राहीलाई दुई दिनको भ्वाइस कल निःशुल्क, प्रतिदिन २ जीबी डाटा र ५० एसएमएस निःशुल्क गर्ने भएको छ।