२०८३ भदौ ३० गते मङ्गलबार

चीनमा बाढीको वितण्डाः नेपाल जोड्ने जिरोङ नाका अवरुद्ध, २२ हजारभन्दा बढी विस्थापित

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १०
china
भदौ १० गते आएको बाढी/फाइल तस्बिर

एजेन्सी। दक्षिण–पश्चिम चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्रस्थित नेपाल जोड्ने प्रमुख व्यापारिक स्थल मार्ग जिरोङ (केरुङ) बन्दरगाहमा लेदोसहितको भीषण पहिरो खसेको छ।

दक्षिण चीनको गुआङ्सीमा आएको बाढीले जनजीवन अस्तव्यस्त बनाएको छ। पहिरोका कारण जिरोङ क्षेत्रमा केही व्यक्ति बेपत्ता भएको आशंका गरिएको छ।

सिगात्से सहरअन्तर्गतको जिरोङ काउन्टीको आपतकालीन व्यवस्थापन ब्युरोका अनुसार पहिरोले बन्दरगाह जोड्ने सडक, सञ्चार तथा विद्युत् आपूर्ति पूर्ण रूपमा ठप्प पारेको छ। सार्वजनिक ड्रोन फुटेजमा बन्दरगाहका केही भौतिक संरचनाहरू पुरिएको देखिएको छ।

घटनालगत्तै चिनियाँ जनसशस्त्र प्रहरी बल र सिजाङ सैन्य कमान्डअन्तर्गतको सिगात्से सैन्य उप–कमान्डका उद्धार टोलीहरू राहत सामग्री (खाद्यान्न, पानी, टेन्ट र औषधि) तथा इन्जिनियरिङ मेसिनरीसहित परिचालन भएका छन्।

यसैबीच, ‘चाइना अनेङ ग्रुप’ले बेइजिङ, ल्हासा, छेन्दु र छोङछिङबाट भू–विज्ञान तथा इन्जिनियरिङ विज्ञसहित २०० जनाको पहिलो उद्धार टोली खटाएको छ।

उक्त टोलीले बहु–कार्यात्मक रेकनाइसेन्स (निरीक्षण) ड्रोन, थ्री–डी लेजर स्क्यानर, जीवन पत्ता लगाउने उपकरण र १२० थान ठूला इन्जिनियरिङ मेसिनरी प्रयोग गरी बेपत्ताको खोजी तथा जोखिम न्यूनीकरणको काम अघि बढाएको छ। थप १०० जनाको टोलीलाई जुनसुकै बेला परिचालन गर्न सकिने गरी ‘स्ट्यान्डबाइ’ राखिएको छ।

गुआङ्सीमा दशकयताकै खराब बाढी, २२ हजार नागरिक सुरक्षित स्थानमा

उता, दक्षिण चीनको गुआङ्सी झुआङ स्वायत्त क्षेत्रस्थित निङमिङ काउन्टीमा लगातारको मुसलधारे वर्षापछि मिङजियाङ नदीको बहाव बस्ती पस्दा भीषण बाढी आएको छ। बाढीले सडक, खेतबारी र बस्तीहरू डुबानमा पारेपछि जनजीवन प्रभावित बनेको छ।

स्थानीय ‘पूर्वी एसिया चिनी समूह’को कारखानामा उपकरण जोगाउन गएका १०५ जना कामदार रातारात पानीको बहाव बढेपछि भित्रै फसेका थिए।

स्थानीय प्रशासनका अनुसार बुधबारसम्म ५५ जना कामदारको सकुशल उद्धार भइसकेको छ। कारखाना परिसरलाई अस्थायी कमाण्ड पोस्ट बनाएर अग्निनियन्त्रक, सशस्त्र प्रहरी, ‘ब्लु स्काई’ र ‘ईगल’ रेस्क्यु टोली परिचालन गरिएको छ।

काउन्टीभरि १५ वटा डुङ्गा र ८६ जना उद्धारकर्मी खटाएर जोखिममा परेकाहरूको उद्धार भइरहेको छ। बाढीको उच्च जोखिमलाई ध्यानमा राख्दै स्थानीय प्रशासनले हालसम्म २२ हजारभन्दा बढी बासिन्दालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिसकेको छ।

प्रकाशित: २०८३ भदौ १० गते बुधबार ०८:०६
प्रतिक्रिया

थप समाचार

२०२८ को राष्ट्रपतिमा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्। आयरल्यान्डको श्याननमा...

ब्रिक्स शिखर सम्मेलनः ‘नयाँ दिल्ली घोषणा २०२६’ पारित

एजेन्सी। ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ। ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’भन्ने मुलधेयका साथ सुरु भएको सम्मेलन...

विश्वको ३९ प्रतिशत अर्थतन्त्र बोकेको ब्रिक्सले अमेरिकाको अर्थ व्यवस्थालाई हल्लाउन सक्ला?

ब्रिक्समा विश्वको जनसंख्याको लगभग ४९ प्रतिशत विश्वव्यापी कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ३९ प्रतिशत र अन्तर्राष्ट्रिय व्यापारको २३ प्रतिशत हिस्सा रहेको छ। यसको सदस्यता अब प्रमुख एसियाली...

ब्रिक्स शिखर सम्मेलनमा २०३० रणनीतिः व्यापार र लगानीको लागि दीर्घकालीन ‘रोडम्याप’

ब्रिक्सले व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, आपूर्ति श्रृङखला, वित्त र दिगो विकासमा सहयोगको लागि दीर्घकालीन रोडम्याप दिने अपेक्षा गरिएको छ।अमेरिकी भन्सार शुल्क कार्य र भूराजनीतिक तनावले विश्वव्यापी...

कच्चा तेलको भाउ बढेर ब्यारेलको १०७ डलर माथि, थप मूल्य वृद्धिको सम्भावना

ब्रेन्ट क्रूडमा कच्चा प्रति ब्यारेल १०७.५ डलर पुगेको छ।वेस्ट टेक्सास इन्टरमिडिएट(डब्ल्युटी) मा ब्यारेलको १०२.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ। मुर्बान क्रुडमा ब्यारेलको १२२.५ डलर पुगेको...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना