२०८३ भदौ ३० गते मङ्गलबार

‘नेपाल र चीन पहाड र नदीले जोडिएका छिमेकी हौँ, विपद् पूर्वसूचना प्रणालीमा तीन क्षेत्रमा सहकार्य गरौँ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
New Project – 2026-08-27T144349.793

काठमाडौँः नेपालका लागि चिनियाँ राजदूत चेन सोङले रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको भीषण बाढी तथा पहिरोको प्रारम्भिक कारणबारे जानकारी दिँदै नेपालतर्फ गएको भूकम्पपछि हिमपहिरो र त्यसपछि पहिरो खसेको सूचना प्राप्त भएको बताएका छन्।

नेपाल टेलिभिजन (एनटीभी) वर्ल्डसँगको अन्तर्वार्तामा राजदूतले प्राकृतिक विपत्तिबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति चीनले गहिरो दुःख व्यक्त गर्दै नेपाललाई आवश्यक सहयोग गर्न चीन तयार रहेको बताए।

उनका अनुसार प्रारम्भिक जानकारीअनुसार नेपालको भूभागमा भूकम्प गएपछि हिमपहिरो र त्यसलगत्तै पहिरो खसेको थियो। त्यसबाट जिरोङ–रसुवागढी सीमाक्षेत्रको नेपाल र चीन दुवैतर्फ क्षति पुगेको र केही व्यक्ति बेपत्ता भएको जानकारी प्राप्त भएको उनले बताए।

उद्धारलाई उच्च प्राथमिकता

राजदूतका अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङले विपत्तिप्रति उच्च चासो व्यक्त गर्दै बेपत्ता व्यक्तिको खोज तथा उद्धारलाई पहिलो प्राथमिकतामा राख्न निर्देशन दिएका छन्।

राष्ट्रपति सीले जोखिममा रहेका नागरिकलाई तत्काल सुरक्षित स्थानमा सार्न, घाइतेको उपचार गर्न तथा मानवीय क्षति न्यूनीकरणका लागि आवश्यक सबै उपाय अपनाउन निर्देशन दिएको उनले बताए।

त्यसैगरी, थप जोखिम रोक्न निरन्तर निगरानी गर्न, पूर्वसूचना प्रणाली सुदृढ बनाउन तथा वैज्ञानिक ढंगले उद्धार अभियान सञ्चालन गर्न पनि निर्देशन दिइएको राजदूतले उल्लेख गरे।

विपत्तिपछि नेपालस्थित चिनियाँ दूतावासले आपत्कालीन संयन्त्र सक्रिय बनाउँदै प्रभावित क्षेत्रमा रहेका चिनियाँ नागरिक तथा व्यवसायको अवस्थाबारे जानकारी संकलन गरेको उनले बताए। दूतावासले नेपाली सरकार तथा सम्बन्धित निकायसँग समन्वय गर्दै उद्धार र राहत कार्यमा सहयोग गरिरहेको पनि उनको भनाइ छ।

चीन आफैँ प्रभावित हुँदा पनि नेपाललाई सहयोग

रसुवागढी सीमाक्षेत्रको चिनियाँ भूभागमा पनि ठूलो क्षति पुगेको उल्लेख गर्दै राजदूतले चीनले नेपाललाई आपत्कालीन सामग्री तथा आर्थिक सहयोग उपलब्ध गराउने प्रक्रिया अघि बढाएको बताए।

उनका अनुसार चिनियाँ कम्युनिस्ट पार्टीको राजनीतिक ब्युरोका सदस्य तथा राज्य परिषद्का उपप्रधानमन्त्री चाङ गुओछिङ सम्बन्धित मन्त्रालयका अधिकारीसहित तिब्बत पुगेर उद्धार तथा विपद् व्यवस्थापनको कामको नेतृत्व गरिरहेका छन्।

राजदूतले नेपाल सरकार तथा सम्बन्धित निकायले विपत्तिपछि गरेको उद्धार तथा व्यवस्थापन प्रयासको प्रशंसा गर्दै नेपाली जनताले देखाएको धैर्य र विपत्तिसँग जुध्ने क्षमताको पनि सराहना गरे।

विपद् पूर्वसूचना प्रणालीमा तीन क्षेत्रमा सहकार्यको प्रस्ताव

राजदूतले यस्ता विपत्तिबाट नेपाल र चीन दुवैले पाठ सिक्दै आगामी दिनमा विपद् न्यूनीकरण तथा आपत्कालीन व्यवस्थापनमा सहकार्य थप सुदृढ बनाउनुपर्ने बताए।

उनले विशेषगरी तीन क्षेत्रमा सहकार्य बढाउनुपर्ने सुझाव दिएका छन्।

पहिलो, मौसम, जलविज्ञान तथा भौगर्भिक विपद्सम्बन्धी सूचना आदानप्रदान, निगरानी र पूर्वसूचना प्रणाली सुदृढ बनाउनुपर्ने उनको भनाइ छ। सीमापार विपद्सम्बन्धी सूचना तत्काल आदानप्रदान गर्ने संयन्त्र विकास गरी सम्भावित जोखिमको पहिचान, पूर्वसूचना र तत्काल प्रतिक्रिया सुनिश्चित गर्नुपर्ने उनले बताए।

दोस्रो, आपत्कालीन उद्धारका क्रममा दुवै देशबीच सञ्चार, समन्वय तथा संस्थागत क्षमता विकास गर्नुपर्ने उनले बताए। अचानक आउने विपत्तिका बेला दुवै देशका सम्बन्धित निकायले संयुक्त रूपमा प्रभावकारी प्रतिक्रिया जनाउन सक्ने संयन्त्र आवश्यक रहेको उनको भनाइ छ।

तेस्रो, जनशक्ति तालिम, प्राविधिक आदानप्रदान तथा आपत्कालीन सामग्री व्यवस्थापनमा सहकार्य विस्तार गर्नुपर्ने उनले बताए। विपद् रोकथाम, न्यूनीकरण तथा उद्धार क्षमता स्थानीय तहसम्म विस्तार गर्नुपर्नेमा उनले जोड दिए।

‘पहाड र नदीले जोडिएका छिमेकी हौँ’

नेपाल र चीन पहाड तथा नदीले जोडिएका निकट छिमेकी भएको उल्लेख गर्दै राजदूतले दुवै देशबीच परम्परागत मित्रता र सहकार्य रहँदै आएको बताए।

उनले भने, “नेपाललाई आवश्यक पर्दा आफ्नो क्षमताले भ्याएसम्म सहयोग र समर्थन जारी राख्न चीन तयार छ।”

प्राकृतिक विपत्तिसँग जुध्ने दुवै देशको क्षमता थप सुदृढ बनाउँदै नेपाल र चीनका नागरिकको जीवन तथा सम्पत्तिको संरक्षणका लागि संयुक्त रूपमा काम गर्न चीन तयार रहेको उनको भनाइ छ।

रसुवागढी–केरुङ सीमाक्षेत्रमा आएको बाढी तथा पहिरोबाट नेपाल र चीन दुवैतर्फ मानवीय तथा भौतिक क्षति पुगेको अवस्थामा राजदूतले विपद् व्यवस्थापन र पूर्वसूचना प्रणालीमा द्विपक्षीय सहकार्य थप प्रभावकारी बनाउनुपर्नेमा जोड दिएका हुन्।

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०२:४४
प्रतिक्रिया

थप समाचार

२०२८ को राष्ट्रपतिमा जेडी भान्सलाई समर्थन गर्नेबारे ट्रम्पः ‘अहिले कुनै निर्णय भएको छैन’

काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२८ को राष्ट्रपतीय निर्वाचनमा उपराष्ट्रपति जेडी भान्सलाई समर्थन गर्ने विषयमा तत्काल कुनै निर्णय नगरेको बताएका छन्। आयरल्यान्डको श्याननमा...

ब्रिक्स शिखर सम्मेलनः ‘नयाँ दिल्ली घोषणा २०२६’ पारित

एजेन्सी। ब्रिक्स समूहको १८औँ शिखर सम्मेलन शनिबार भारतको राजधानी नयाँ दिल्लीस्थित भारत मण्डपममा सुरु भएको छ। ‘लचिलोपन, नवीनता, सहयोग र दिगोपनका लागि निर्माण’भन्ने मुलधेयका साथ सुरु भएको सम्मेलन...

विश्वको ३९ प्रतिशत अर्थतन्त्र बोकेको ब्रिक्सले अमेरिकाको अर्थ व्यवस्थालाई हल्लाउन सक्ला?

ब्रिक्समा विश्वको जनसंख्याको लगभग ४९ प्रतिशत विश्वव्यापी कूल ग्राहस्र्थ उत्पादन (जीडीपी) को ३९ प्रतिशत र अन्तर्राष्ट्रिय व्यापारको २३ प्रतिशत हिस्सा रहेको छ। यसको सदस्यता अब प्रमुख एसियाली...

ब्रिक्स शिखर सम्मेलनमा २०३० रणनीतिः व्यापार र लगानीको लागि दीर्घकालीन ‘रोडम्याप’

ब्रिक्सले व्यापार, लगानी, डिजिटल अर्थतन्त्र, आपूर्ति श्रृङखला, वित्त र दिगो विकासमा सहयोगको लागि दीर्घकालीन रोडम्याप दिने अपेक्षा गरिएको छ।अमेरिकी भन्सार शुल्क कार्य र भूराजनीतिक तनावले विश्वव्यापी...

कच्चा तेलको भाउ बढेर ब्यारेलको १०७ डलर माथि, थप मूल्य वृद्धिको सम्भावना

ब्रेन्ट क्रूडमा कच्चा प्रति ब्यारेल १०७.५ डलर पुगेको छ।वेस्ट टेक्सास इन्टरमिडिएट(डब्ल्युटी) मा ब्यारेलको १०२.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ। मुर्बान क्रुडमा ब्यारेलको १२२.५ डलर पुगेको...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना