२०८३ कार्तिक १६ गते आईतबार

बाढी प्रभावित जिल्लामा दूरसञ्चार सेवा पुनःसुचारु गर्दै नेपाल टेलिकम

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ ११
ntc

काठमाडौँः बाढीपहिरोबाट प्रभावित रसुवा, धादिङ, नुवाकोट र चितवनका विभिन्न क्षेत्रमा अवरुद्ध दूरसञ्चार सेवा पुनःसुचारु गर्न नेपाल टेलिकमले मर्मत तथा प्राविधिक कामलाई तीव्रता दिएको छ।

भदौ १० गते आएको बाढीपहिरोका कारण मानवीय तथा भौतिक संरचनामा क्षति पुग्नुका साथै यी चार जिल्लामा सञ्चालित नेपाल टेलिकमका विभिन्न सेवा प्रभावित भएका थिए। प्रभावित क्षेत्रमा सेवा सञ्चालनका लागि जेनेरेटर, ब्याट्री, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरिएको टेलिकमले जनाएको छ।

रसुवाका न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत आवश्यक उपकरण पुर्‍याएर सेवा सुचारु गरिएको छ। यससँगै न्यौपानेचौर, राम्चे तथा आसपासका केस्पाङ ९काउले०, ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा सञ्चार सेवा सञ्चालनमा आएको छ।

धुन्चेमा समेत सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन र कर्मचारी परिचालन गरिएको नेपाल टेलिकमले जनाएको छ।

त्यस्तै, नुवाकोटको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी र ठमेलडाँडामा आवश्यक उपकरण र कर्मचारी परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको छ।

नेपाल टेलिकमका अनुसार बाढीबाट प्रभावित चार जिल्लाका कुल १५२ साइटमध्ये ९२ साइट सञ्चालनमा आइसकेका छन् भने अझै ६० साइट सञ्चालनमा आउन बाँकी छन्।

चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट अझै सञ्चालनमा आउन बाँकी रहेको कम्पनीले जनाएको छ।

प्रभावित क्षेत्रका मुख्य प्राथमिकतामा रहेका साइटलाई निरन्तर सञ्चालनमा ल्याउन जेनेरेटर, इन्धन तथा प्राविधिक जनशक्ति परिचालन गरिएको छ। साथै, सञ्चालनमा रहेका अन्य बीटीएस साइटमा कभरेज तथा क्षमता विस्तार र नेटवर्क अप्टिमाइजेसनको काम पनि भइरहेको छ।

विपद्को समयमा नागरिकको सञ्चार आवश्यकता सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमले जनाएको छ। कम्पनीले यसबाट प्रभावित क्षेत्रका नागरिकलाई आफन्तजन तथा आवश्यक निकायसँग सञ्चार सम्पर्क कायम राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ।

प्रकाशित: २०८३ भदौ ११ गते बिहिबार ०४:५७
प्रतिक्रिया

थप समाचार

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

एनपीएलका लागि नेपाल टेलिकमको ५९९ रुपैयाँको प्याकेज, दैनिक ८ जीबी डेटा

नेपाल टेलिकमले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–३ लाई लक्षित गर्दै ‘एनपीएल अनलिमिटेड प्याकेज’ सार्वजनिक गरेको छ। कम्पनीले प्रिपेड तथा पोस्टपेड मोबाइल प्रयोगकर्तालाई लक्षित गरी ५९९ रुपैयाँमा...

प्रयोगकर्ताको डेटा दुरुपयोग गरेको आरोपमा मेटालाई २५ अर्ब डलर जरिवाना

यो मेटाविरुद्ध हालसम्म तोकिएको सबैभन्दा ठूलो जरिवाना हो। राज्यका कानुन व्यवसायीका अनुसार मेटाको गलत जानकारी र डेटा व्यवस्थापनसम्बन्धी गतिविधिबाट न्यु मेक्सिकोका करिब २० लाख बासिन्दा प्रभावित...

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि नेपालका अधिकांश सरकारी वेबसाइट बन्द

काठमाडौँ: विश्वभर पीएचपी प्रविधिमा देखिएको गम्भीर सुरक्षा जोखिमका कारण नेपालका अधिकांश सरकारी वेबसाइट तथा अनलाइन प्रणालीहरू अस्थायी रूपमा बन्द गरिएको छ। सफ्टवेयर विकास तथा सञ्चालन केन्द्र...

एआईले खोल्दैछ इतिहासका पुराना रहस्य

दुई सय वर्षभन्दा बढी समयदेखि रहस्य बनेको नेपोलियन बोनापार्टको युद्धकालीन गोप्य सन्देश कृत्रिम बौद्धिकता (एआई) को सहायताले केही घण्टामै पढ्न सकिएको छ। यसले ऐतिहासिक अभिलेखमा लुकेका रहस्य पत्ता...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना