काठमाडौँ: नेपाली कांग्रेसको १५ औँ महाधिवेशन तत्काल रोक्न माग गर्दै शेरबहादुर देउवा र पूर्णबहादुर खड्काले दिएको निवेदनमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ।
न्यायाधीशहरू नहकुल सुवेदी, महेश शर्मा पौडेल र मेघराज पोखरेल सम्मिलित पूर्ण इजलासले बिहीबार अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो।
यससँगै कांग्रेसको १५ औँ महाधिवेशन गर्ने बाटो खुलेको छ। यस आदेशसँगै संस्थापन पक्षले पार्टीका नियमित गतिविधि अघि बढाउन पाउने भएको छ।
संस्थापन पक्षले असोज १६ देखि १९ गतेसम्म १५औँ महाधिवेशन गर्ने तयारी गरिरहेको छ।