२०८३ कार्तिक १६ गते आईतबार

ट्रम्पले भने– ‘नेपालले जे माग्छ, हामी त्यो दिन तयार छौँ’, तत्काल ५ लाख डलर आपतकालिन सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १२
trump

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा हालै आएको विनासकारी बाढी र पहिरोप्रति गहिरो दुःख व्यक्त गर्दै राहत र उद्धारमा सहयोग गर्ने घोषणा गरेका छन्। बिहीबार ओभल अफिसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नेपाललाई आवश्यक पर्ने जुनसुकै सहयोग उपलब्ध गराउन आफूहरू तयार रहेको बताए।

नेपालमा बाढीले पुर्‍याएको क्षतिको वर्णन गर्दै राष्ट्रपति ट्रम्पले भने, ‘नेपालको स्थिति निकै भयावह छ। त्यहाँ केवल पानी मात्र नभएर माटो र ढुङ्गासहितको यस्तो शक्तिशाली बहाव आयो जसले बलिया भवनहरूलाई पनि सलाईको काँटी झैं बगायो। हामीले नेपाल सरकारसँग कुरा गरेका छौँ र उनीहरूलाई जे चाहिन्छ, त्यो दिन हामी तयार छौँ।’

राष्ट्रपति ट्रम्पले नेपालमा रहेका दर्जनौँ अमेरिकी नागरिकहरू अझै सम्पर्कविहीन रहेकोमा चिन्ता व्यक्त गरे। अमेरिकी विदेश मन्त्रालयले करिब ९० जना अमेरिकी नागरिकहरू बाढी प्रभावित क्षेत्रमा हुनसक्ने बताएको छ। ट्रम्पले भने, ‘हामी उहाँहरूको अवस्था बुझ्दैछौँ। केही मानिसहरूले ज्यान गुमाएको हुनसक्ने देखिएको छ, जुन निकै दुःखद छ।’

यसैबीच, अमेरिकी विदेश मन्त्रालयले नेपालको रसुवा जिल्ला र आसपासका बाढी प्रभावितका लागि ५ लाख डलर (करिब ६ करोड ७० लाख रुपैयाँ भन्दा बढी) को आपत्कालीन मानवीय सहायता घोषणा गरेको छ। यो रकम ‘क्याथोलिक रिलिफ सर्भिसेज’ मार्फत पीडितहरूका लागि अस्थायी आवास, राहत सामग्री, खानेपानी र सरसफाइका क्षेत्रमा खर्च गरिनेछ।

अमेरिकी विदेश मन्त्री मार्को रुबियोले पनि भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीले पुर्‍याएको क्षतिप्रति दुःख व्यक्त गरेका छन्। बाढीका कारण हालसम्म कम्तीमा १४७ जनाको मृत्यु भइसकेको छ। रुबियोले नेपाल सरकारलाई आवश्यक सबै प्रकारका सहयोग गर्न अमेरिका तयार रहेको बताए।

काठमाडौँस्थित अमेरिकी दूतावासले रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन र तनहुँ लगायतका प्रभावित जिल्लाहरूमा रहेका आफ्ना नागरिकहरूको खोजी कार्य जारी राखेको छ। दूतावासले सहयोग आवश्यक पर्ने अमेरिकी नागरिकहरूलाई [email protected] मा इमेल गर्न वा दूतावासको हटलाइन नम्बरमा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रकाशित: २०८३ भदौ १२ गते शुक्रबार ११:०९
प्रतिक्रिया

थप समाचार

निर्माण क्षेत्रमा चीनले बढायो रोबोटको प्रयोग

काठमाडौं । चीनले पछिल्लो समय निर्माण क्षेत्रमा रोबोटको प्रयोग बढाउँदै लगेको छ । अग्ला–अग्ला भवनका सिसा सफा गर्नेदेखि निर्माणस्थलमा फलामका छड बाँध्नेसम्मका काममा रोबोट प्रयोग हुन थालेका...

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...

भुटानमा हिमताल विस्फोट, भारतका राज्यहरूमा सतर्कता

एजेन्सी: भुटानको लेमथाङ क्षेत्रमा हिमताल विस्फोट (ग्लेसियर लेक आउटबर्स्ट फ्लड–ग्लोफ) भएपछि उत्तर बंगालका विभिन्न क्षेत्रमा उच्च सतर्कता जारी गरिएको छ।  हिमतालबाट बाहिरिएको पानी संकोश नदीतर्फ...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

स्पेनमा रेल दुर्घटनाः ६८ जनाको मृत्यु, तीन दिन राष्ट्रिय शोक घोषणा

काठमाडौं। स्पेनमा दुई तीव्र गतिमा कुदिरहेका रेल एकआपसमा ठोक्किँदा मृत्यु हुनेको संख्या ६८ पुगेको छ। यसअघि दुर्घटनामा ५० जनाको मृत्यु भएको विवरण सार्वजनिक भएको थियो। स्थानीय समयअनुसार बिहान...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना