काठमाडौँः नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को नाफाबाट सेयरधनीलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। बैंकको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले हाल कायम चुक्ता पुँजीको ५.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। प्रस्तावित लाभांश करसहितको हो।
निफ्राको हाल कायम चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। यस आधारमा बैंकले करसहित करिब १ अर्ब १३ करोड रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने देखिन्छ।
उक्त लाभांश वितरणका लागि नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ। आवश्यक स्वीकृति र साधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीले लाभांश प्राप्त गर्नेछन्।