२०८३ कार्तिक १६ गते आईतबार

रसुवा बाढीपछि सरकारले के के गर्‍यो? प्रधानमन्त्रीले सुनाए यस्तो टाइमलाइन

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
photo_1f7000a5

काठमाडौँ: प्रधानमन्त्री वालेन्द् शाहले रसुवाको भोटेकोशीमा आएको बाढीले क्षणभरमै ठूलो मानवीय क्षति पुर्‍याएको बताएका छन्। बुधबार प्रतिनिधिसभामा उनले विपद्‌बाट रसुवा, नुवाकोट र धादिङमा भएको क्षति ती जिल्लाको मात्र नभई सिंगो देशको साझा पीडा भएको बताए।

‘यो पीडा रसुवा, नुवाकोट र धादिङको मात्र होइन, सिंगो नेपालको छातीमा परेको साझा बज्रपात हो,’ उनले भने ।

प्रधानमन्त्री शाहले संकटका बेला नेतृत्वले निराशा होइन, जनतालाई हिम्मत र भरोसा दिनुपर्ने बताए। विपद्को समयमा थकान र पीडाका कारण विश्राम लिने अवस्था नरहेको उल्लेख गर्दै उनले उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको भनाइ राखे।

बाढी आएपछि सरकारले गरेका कामहरूको टाइमलाइन उनले यसरी सुनाएका छन्–

भदौ १० गते

बिहान ८:४५ बजे: रसुवाको भोटेकोशीमा भीषण बाढी आएको सूचना प्राप्त। तत्कालै जिल्ला विपद् व्यवस्थापन समितिबाट ब्रिफिङ र सुरक्षा सतर्कताको निर्देशन।

बिहान ९:०० बजे: तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान जिल्ला प्रशासन कार्यालयमार्फत आग्रह।

बिहान ९:१५ बजे: राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको आकस्मिक बैठक, उद्धार कार्यको खाका तयार।

बिहान ९:३५ बजे: टेलिकममार्फत प्रभावित क्षेत्रका नागरिकको मोबाइलमा सतर्कता सन्देश (एसएमएस) प्रवाह।

बिहान ९:४५ बजे: उद्धारका लागि नेपाली सेनाको हेलिकप्टर प्रस्थान (पहिलो उडान) र निजी हेलिकप्टरहरू ‘स्ट्याण्डबाइ’ मा।

बिहान १०:०० बजे: नेपाली सेनाको मनसुन कमाण्ड पोष्टको आकस्मिक बैठक, स्रोत परिचालनको निर्णय।

बिहान १०:३० बजे: विमानस्थलमा खोज तथा उद्धार र आकस्मिक टोली तयारी अवस्थामा। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन।

बिहान ११:०० बजे: प्रधानमन्त्री कार्यालयमा राष्ट्रिय परिषद्को बैठक। खोज, उद्धार र उपचारलाई प्राथमिकता दिने र ड्रोन टोली परिचालन गर्ने निर्देशन।

दिउँसो १२:३० बजे: मन्त्रिपरिषद्को आकस्मिक बैठक। १५ स्थानीय तहलाई ३ महिनाका लागि ‘संकटग्रस्त क्षेत्र’ घोषणा। मृतकका परिवारलाई आर्थिक सहायता र घाइतेको निःशुल्क उपचार गर्ने निर्णय।

दिउँसो १:०० बजे: प्रभावित क्षेत्रका संघीय सांसद र स्थानीय जनप्रतिनिधिहरूसँग वस्तुस्थिति बारे छलफल।

दिउँसो ३:०० बजे: सूचना तथा सञ्चार मन्त्रीको टोली स्थलमार्ग हुँदै प्रभावित क्षेत्रतर्फ प्रस्थान।

बेलुका ७:४० बजे: प्रधानमन्त्री राहत तथा उद्धार कोषमा सहयोगका लागि सार्वजनिक अपिल।

मध्यरात: ८ ट्रक राहत सामग्री प्रभावित क्षेत्रमा प्रस्थान। सोही दिनदेखि मोबाइल सेवा (भ्वाइस, डाटा, एसएमएस) निःशुल्क।

भदौ ११ गते (दोस्रो दिन):
बिहानै प्रधानमन्त्री र पूर्वाधार विकास मन्त्रीको टोली स्थलमार्गबाट प्रभावित क्षेत्रमा पुगेर निरीक्षण।

निरीक्षणपछि मन्त्रिपरिषद्को बैठकबाट रसुवा र नुवाकोटलाई १–१ करोड र धादिङलाई ५० लाख रुपैयाँ निकासा।

विदेशी नागरिकका लागि आकस्मिक प्रतिकार्य टोली गठन। कर्मचारीलाई कार्यस्थल नछोड्न निर्देशन।

रातको ८:०० बजेसम्मको प्रगति: १३,३०० सुरक्षाकर्मी परिचालन, ६९ उडानमार्फत ३५१ जनाको उद्धार। ३,५०० जनालाई विद्यालय र सार्वजनिक भवनमा बस्ने व्यवस्था।

नुवाकोट र धादिङका सैनिक ब्यारेकहरूमा राहत सामग्री भण्डारण र वितरण। त्रिशूलीमा फिल्ड अस्पताल पठाएको र काठमाडौँबाट थप १० ट्रक राहत सामग्री पठाइएको।

प्रधानमन्त्री र मन्त्रीहरूको १ महिनाको तलब राहत कोषमा जम्मा गर्ने निर्णय।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०१:४०
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना