२०८३ कार्तिक १६ गते आईतबार

सुरुङमा फसेकाको उद्धार किन भएन? यससम्बन्धी काम गर्ने विशेषज्ञता कुनै देशसँग छैन: प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
photo_1f7000a5

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई भोटेकोशी र त्रिशूली नदीप्रणालीमा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका टनेलमा फसेकाहरूको उद्धार गर्न सरकारले अन्तर्राष्ट्रिय सहयोग नलिएको आरोप छ। उक्त आरोपको खण्डन गर्दै प्रधानमन्त्री शाहले सरकारको बचाउ गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेको बताएका छन्। तर नेपालमा नेलमा आएको विपत्ति विशेष किसिमको भएको भन्दै उद्धार गर्ने एक्पर्टिज विश्वमा कुनै देशसँग नभएको दाबी गरेका छन्।

‘त्यहाँ अहिले टनेलमा फस्नुभएको विषयमा पनि धेरै चर्चा आएको हुँदाखेरि यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि टनेलमा कुनै विपत् आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिज चाहिँ विश्वभरि नै रहेको छ। तर यो चाहिँ फरक किसिमको किन हो भन्दाखेरि यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढी भित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन,’ उनले भने।

उनले विभिन्न देशमा भएका उद्धार नेपालको अवस्था भन्दा फरक भएको भन्दै नेपालमा आएको बाढीपछि जलविद्युत आयोजनाका टनेलमा फसेकाहरूको उद्धारका लागि मौसमले साथ दिएको वेला हिलो थोरै सुकेर अडिने र मान्छेहरू पस्न सक्ने ठाउँ भएपछि मात्रै त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुने बताए। 

उनले भने, ‘विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्यो भन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पायक पर्छ जति बेला मौसमले साथ दिन्छ जति बेला त्यो हिलो थोरै सुक्छ जति बेला त्यहाँ निर अडिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि चार पाँच वटा, २० वटा एक्साभेटर किन ल्याइएन भन्ने जस्तो पनि कुरा आएको थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा–दुइटा भन्दा धेरै एक्साभेटरले काम पनि गर्न सक्दैन। त्यसको एउटा सीमा छ, त्यो सीमा भन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर–बाहिर तिर एक्साभेटर लगाएर पनि गर्न सकिने थिएन।’

उनले अन्तर्राष्ट्रिय सहयोग लिनका लागि प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेको बताए।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०२:४७
प्रतिक्रिया

थप समाचार

सरकारको कार्यशैलीमाथि गगन थापाले उठाए प्रश्नै प्रश्न

काठमाडौं। नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै लोकतन्त्र, प्रेस स्वतन्त्रता र नागरिकका मौलिक अधिकारमाथि हस्तक्षेप गरेर सुशासन कायम गर्न...

सरकारले गर्‍यो एनप्याब्सन निलम्बन, संगठनका गतिविधिमा रोक

काठमाडौँ: सरकारले राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (एनप्याब्सन) लाई निलम्बन गरेको छ।अर्को निर्णय नभएसम्मका लागि संस्थाको दर्ता तथा सञ्चालनसम्बन्धी गतिविधिमा रोक लगाइएको...

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना