२०८३ भदौ ३० गते मङ्गलबार

सुरुङमा फसेकाको उद्धार किन भएन? यससम्बन्धी काम गर्ने विशेषज्ञता कुनै देशसँग छैन: प्रधानमन्त्री

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १७
photo_1f7000a5

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारलाई भोटेकोशी र त्रिशूली नदीप्रणालीमा आएको बाढीपछि विभिन्न जलविद्युत् आयोजनाका टनेलमा फसेकाहरूको उद्धार गर्न सरकारले अन्तर्राष्ट्रिय सहयोग नलिएको आरोप छ। उक्त आरोपको खण्डन गर्दै प्रधानमन्त्री शाहले सरकारको बचाउ गरेका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले अन्तर्राष्ट्रिय मुलुकहरूसँग समन्वय गरेको बताएका छन्। तर नेपालमा नेलमा आएको विपत्ति विशेष किसिमको भएको भन्दै उद्धार गर्ने एक्पर्टिज विश्वमा कुनै देशसँग नभएको दाबी गरेका छन्।

‘त्यहाँ अहिले टनेलमा फस्नुभएको विषयमा पनि धेरै चर्चा आएको हुँदाखेरि यो टनेलमा आएको विपत्ति विशेष किसिमको छ। विश्वभरि टनेलमा कुनै विपत् आउँदाखेरि विश्वभरि पाइने एक्सपर्टहरू चाहिँ टनेलमा आउने पहिरोलाई पन्छाएर उद्धार गर्ने एक्सपर्टिज चाहिँ विश्वभरि नै रहेको छ। तर यो चाहिँ फरक किसिमको किन हो भन्दाखेरि यो पहिरोले प्रभावित भएको अथवा पहिरोले थुनिएको टनेल होइन, यो बाढी भित्र पसेर बाढी सहित सँगसँगै हिलो माटोहरूले पूरै कम्प्लिटली पूर्ण रूपमा थुनिएका टनेलहरू हुन्। यस सम्बन्धी काम गर्नलाई एकदमै ठूलो एक्सपर्टिज कुनै देशहरूसँग पनि थिएन, हामीसँग पनि एकदमै तत्कालै गर्न सकिने टेक्नोलोजी अहिलेसम्म कोहीसँग पनि छैन,’ उनले भने।

उनले विभिन्न देशमा भएका उद्धार नेपालको अवस्था भन्दा फरक भएको भन्दै नेपालमा आएको बाढीपछि जलविद्युत आयोजनाका टनेलमा फसेकाहरूको उद्धारका लागि मौसमले साथ दिएको वेला हिलो थोरै सुकेर अडिने र मान्छेहरू पस्न सक्ने ठाउँ भएपछि मात्रै त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुने बताए। 

उनले भने, ‘विभिन्न राष्ट्रहरूमा जति उद्धार भएका थिए त्यो भन्दा यो एकदमै बिल्कुलै फरक किसिमको अवस्था हो र त्यसको लागि जुन बेलामा पायक पर्छ जति बेला मौसमले साथ दिन्छ जति बेला त्यो हिलो थोरै सुक्छ जति बेला त्यहाँ निर अडिने ठाउँ हुन्छ र मान्छेहरू पस्न सक्ने त्यसलाई ब्रेक गर्न सक्ने ठाउँहरू हुन्छ त्यो बेला मात्रै गर्न सकिन्छ। र एउटा टनेलमा एकैचोटि चार पाँच वटा, २० वटा एक्साभेटर किन ल्याइएन भन्ने जस्तो पनि कुरा आएको थियो, त्यो एउटा टनेलमा एकचोटिमा एउटा–दुइटा भन्दा धेरै एक्साभेटरले काम पनि गर्न सक्दैन। त्यसको एउटा सीमा छ, त्यो सीमा भन्दा बाहिर गएर अथवा एकैचोटि बाहिर–बाहिर तिर एक्साभेटर लगाएर पनि गर्न सकिने थिएन।’

उनले अन्तर्राष्ट्रिय सहयोग लिनका लागि प्रक्रिया समेत छोटो गराएर हामीले अन्तर्राष्ट्रिय सहयोग लिने प्रयास गरेको बताए।

प्रकाशित: २०८३ भदौ १७ गते बुधबार ०२:४७
प्रतिक्रिया

थप समाचार

गुठीका किसानलाई मन्त्री रावलको आश्वासन: घर–टहरा निर्माण गर्न कानुनले बन्देज लगाएको छैन

 काठमाडौँ: भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले गुठी जग्गासम्बन्धी विगतका सरकारहरूले गरेका सम्पूर्ण सहमति वर्तमान सरकारले पालना गर्ने प्रतिबद्धता...

भारत भ्रमणका क्रममा प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दबारे परराष्ट्रमन्त्रीको प्रष्टीकरण

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले भारत भ्रमणका क्रममा आफूले प्रयोग गरेको ‘ओल्ड ब्यागेज’ शब्दले नेपालको राष्ट्रिय विरासत वा छिमेकीसँगको सम्बन्धको इतिहासलाई नभई विगतमा देखिएको आन्तरिक...

तटीय क्षेत्रमा अब बस्ती बस्दैन, पुनर्स्थापनाका लागि स्रोतको कुनै कुनै कमी हुन्न: प्रधानमन्त्री

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीबाट प्रभावित तटीय क्षेत्रमा अब पुनः बस्ती बसाउन सम्भव नभएको बताएका छन्। उनले बाढी प्रभावित नागरिकलाई सुरक्षित स्थानमा स्थानान्तरण...

प्रधानमन्त्री भोटेकोशी बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफलमा

काठमाडौँ: प्रधानमन्त्री वालेन्द्र शाहले रसुवाको भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिहरूसँग छलफल सुरु गरेका छन्। आइतबार बिहान...

चीनसँग नेपालको परराष्ट्र नीतिबारे मन्त्री खनाल भन्छन्: एक चीन नीतिप्रति प्रतिबद्ध छौँ

काठमाडौँ: परराष्ट्रमन्त्री शिशिर खनालले हालैको हिमाली विपद्का बेला मानवीय सहायता र ऐक्यबद्धता प्रदान गरेकोमा जनवादी गणतन्त्र चीनको सरकार तथा चिनियाँ जनताप्रति धन्यवाद व्यक्त गरेका छन्। काठमाडौंमा...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना