२०८३ कार्तिक १५ गते शनिवार

प्रधानमन्त्री राहत कोषमा होटल संघ नेपालको सहयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ १८
HAN LOGO

काठमाडौं। भोटेकोशी त्रिशूली बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत र पुनःस्थापनामा सहयोग गर्न होटल संघ नेपाल (हान) का सदस्य होटलहरूले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा करोडौँ रुपैयाँ सहयोग गरेका छन्।

संघले बेपत्ता नागरिक र पर्यटकका आफन्तका लागि निःशुल्क बसोबास तथा खानपानको व्यवस्था समेत मिलाएको जनाएको छ। संघले बिहीबार विज्ञप्ति जारी गर्दै रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीमा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक र पर्यटकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ।

साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै बेपत्ता नागरिकको खोज तथा उद्धार छिट्टै टुंगिने आशा व्यक्त गरेको छ। संघका अनुसार सदस्य होटलहरूको सहयोगमा हालसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उल्लेख्य रकम जम्मा भएको छ।

सबैभन्दा बढी होटल किङ्सबेरीले १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ भने चन्द्रागिरी हिल्सले ५२ लाख ५१ हजार रुपैयाँ, होटल मेची क्राउनले २६ लाख रुपैयाँ र एभरेष्ट होटलले २० लाख रुपैयाँ प्रदान गरेका छन्।

त्यसैगरी रामडा इन्क्योर ठमेलले ११ लाख ११ हजार १११ रुपैयाँ, अर्किड ग्लोरी लिमिटेडअन्तर्गतका होटल क्राउन इम्पेरियल र माउन्ट ग्लोरी फरेस्ट रिसोर्ट एन्ड स्पाले ५ लाख ११ हजार १११ रुपैयाँ, ड्रिम ग्रुप बुटवलले ५ लाख ३ हजार रुपैयाँ र होटल सारथीले १ लाख ६५ हजार रुपैयाँ सहयोग गरेका छन्।

होटल एम्बासडरले १ लाख, क्लब हिमालयले १ लाख, होटल संघ नेपाल सिन्धुलीले १ लाख ४ हजार २८५ रुपैयाँ सहयोग गरेको छ। केही होटलका कर्मचारीहरूले पनि व्यक्तिगत रूपमा राहत कोषमा योगदान गरेका छन्।

संघले आफ्नै राहत कोषमा एयरपोर्ट होटल, ग्रान्ड होटल, होटल स्वागतम, होटल रेनफरेस्टलगायतबाट प्राप्त रकमसमेत संकलन गरी प्रभावित क्षेत्रमा परिचालन गरिने जनाएको छ।

रकम सहयोगसँगै कतिपय सदस्य होटलहरूले खाद्यान्न, लत्ताकपडा, औषधि तथा अन्य अत्यावश्यक राहत सामग्री प्रत्यक्ष रूपमा प्रभावित क्षेत्र र सम्बन्धित निकायमार्फत उपलब्ध गराइरहेको संघले जनाएको छ।

बाढीपछि बेपत्ता भएका नागरिक र पर्यटकका आफन्तलाई सहयोग गर्न संघले प्रदेश तथा जिल्ला होटल संघहरूसँग समन्वय गरी निःशुल्क बसोबास र खानपानको व्यवस्था मिलाएको जनाएको छ।

नेपाल पर्यटन बोर्डमा स्थापना गरिएको सहायता केन्द्रमार्फत बेपत्ता पर्यटकका परिवारलाई सूचना, समन्वय र आवश्यक व्यवस्थापनमा समेत सहयोग गरिरहेको संघले उल्लेख गरेको छ।

विपद्मा ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिक तथा पर्यटकप्रति श्रद्धाञ्जली अर्पण गर्न होटल संघ नेपालले निकट भविष्यमा विशेष प्रार्थना सभा आयोजना गर्ने पनि जनाएको छ।

 

प्रकाशित: २०८३ भदौ १८ गते बिहिबार ०२:५८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना