महालक्ष्मी विकास बैंकले भोटेकोशी–त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरुको राहत, उद्धार तथा पुर्नस्थपना कार्यमा सहयोग पुर्याउने उद्देश्यका साथ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु. ५१ लाख सहयोग गरेको छ।
उक्त भीषण बाढीले रसुवा, नुवाकोट, धादिङ्ग र चितवन जिल्लाका रसुवागढी, टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशूली, देवीघाट लगायतका स्थानहरूमा जनधनको क्षति पुगेको छ।
यस विषम परिस्थितसलाई सामना गर्नको लागि बैंकको तर्फबाट र बैंकमा कार्यरत कर्मचारीहरुको तर्फबाट एक दिन बराबरको पारिश्रमिक समेत गरी उक्त सहयोग गरिएको बैंकले जनाएको छ।