काठमाडौँः महालक्ष्मी विकास बैंकले भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि ५१ लाख रुपैयाँ सहयोग गरेको छ।
बैंकले बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको जनाएको छ।
सहयोग रकममा बैंकका कर्मचारीहरूले आफ्नो एक दिनको पारिश्रमिकसमेत योगदान गरेका छन्।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको राहत तथा पुनर्स्थापनामा सहयोग पुर्याउने उद्देश्यले बैंकले उक्त रकम उपलब्ध गराएको जनाएको छ।