२०८३ कार्तिक १६ गते आईतबार

रसुवा–तातोपानी नाका बन्द भएपछि कोरला बन्यो चीनसँगको वैकल्पिक प्रवेशद्वार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २१
photo_33b9fe2d

रसुवाको बाढी–पहिरोका कारण रसुवागढी–केरुङ सडकखण्ड अवरुद्ध भएको केहीदिनमै चीन सरकारले तातोपानी नाका समेत बन्द गरेपछि चीनमा रोकिएका नेपाली नागरिक र सवारीसाधनलाई केरुङ हुँदै ढोङमसेन र लिची नाका पार गराएर मुस्ताङको कोरला नाकाबाट नेपाल भित्र्याउन थालिएको छ।

सम्बन्धित निकायका अनुसार केरुङबाट चीनको तिब्बत क्षेत्र हुँदै ढोङमसेन र लिची नाका पार गरेर कोरलासम्म ल्याइएका नेपाली नागरिक र सवारीसाधनलाई नेपाल प्रवेश गराउने क्रममा दुवै देशका अधिकारीहरूले आवश्यक सहजीकरण गरिरहेका छन्।

रसुवागढी र तातोपानी दुवै नाकामा आवागमन प्रभावित भएपछि कोरला अहिले नेपाल–चीन आवागमन तथा व्यापारिक विकल्पका रूपमा प्रयोग हुन थालेको हो। यो व्यवस्थाले तत्काल चीनमा रोकिएका नेपालीको उद्धार र आवागमन सहज बनाएको मात्र छैन, मुस्ताङको कोरला नाकालाई भविष्यमा व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनका लागि रणनीतिक मार्गका रूपमा स्थापित गर्ने सम्भावनालाई पनि बल दिएको छ।

कोरला नाका नयाँ मार्ग होइन। स्थानीय इतिहासकारहरूका अनुसार राणाकाल, प्रजातन्त्र र पञ्चायतकालसम्म भोट र पहाडबीचको प्रमुख व्यापारिक मार्ग यही क्षेत्र थियो। त्यसबेला मुस्ताङको टुकुचे प्रमुख व्यापारिक तथा भन्सार केन्द्रका रूपमा परिचित थियो।

तिब्बती व्यापारीहरू नुन, ऊन र पशुचौपाया बोकेर टुकुचेसम्म आउने गर्थे भने नेपालबाट जौ, मकै, चामल, सातु तथा पित्तलका भाँडाकुँडा तिब्बततर्फ लैजाने गरिन्थ्यो। यही नुन–अन्न व्यापारले मुस्ताङको आर्थिक र सामाजिक जीवनलाई दशकौँसम्म चलायमान बनाएको थियो।

तर सन् १९५०–५१ पछि तिब्बतमा चिनियाँ नियन्त्रण स्थापित भएसँगै पुरानो व्यापार प्रणाली क्रमशः कमजोर बन्दै गयो। त्यसपछि सीमावर्ती क्षेत्रमा सुरक्षा संवेदनशीलता बढ्यो र परम्परागत व्यापारिक गतिविधिमा ठूलो परिवर्तन आयो।

सीमा विवाददेखि व्यापारको रूपान्तरणसम्म

सन् १९६० जुन २८ (वि.सं. २०१७ असार १५) मा कोरला नजिकै चिनियाँ सेनाले नेपाली सीमा गस्ती टोलीमाथि गोली चलाउँदा एक नेपाली सुरक्षाकर्मीको मृत्यु भएको ऐतिहासिक अभिलेखमा उल्लेख छ।

त्यसबेला चिनियाँ पक्षले नेपाली टोलीलाई तिब्बती विद्रोही ठानेर कारबाही भएको जनाएको थियो। नेपालले कूटनीतिक विरोध जनाएपछि चीनले घटनाप्रति क्षमा माग्दै ५० हजार रुपैयाँ क्षतिपूर्ति दिएको विवरण पनि पाइन्छ।

त्यसअघि २००७ सालपछि भारतले लोमान्थाङ र जोमसोम क्षेत्रमा सैनिक पोस्ट स्थापना गरेको स्थानीय इतिहासमा उल्लेख छ। ती राजनीतिक र सुरक्षा घटनाक्रमसँगै पुरानो व्यापारिक संरचना क्रमशः कमजोर हुँदै गयो।

व्यापार खस्किएपछि टुकुचेका शेरचनलगायत थकाली व्यापारीहरूले काठमाडौं, विभिन्न जिल्ला सदरमुकाम र तराईका बजारतर्फ व्यापार विस्तार गरे। कतिपयले बाटोछेउमा खरका भट्टी सञ्चालन गरे, जुन समयसँगै थकाली भान्साघर, होटल, लज र आधुनिक आतिथ्य व्यवसायमा रूपान्तरण भए।

सडक पुगेपछि फेरियो सम्भावना

पञ्चायतकालदेखि नै कोरला नाका सञ्चालन र सडक पहुँच विस्तारका प्रयास भए पनि पूर्वाधार अभाव र राजनीतिक उतारचढावका कारण कामले गति लिन सकेन। २०६२÷६३ को जनआन्दोलनपछि मुस्ताङमा सडक विस्तार हुँदै माथिल्लो मुस्ताङसम्म सवारीसाधन पुग्न थाले। त्यसपछि २०७२ सालको भूकम्प र दक्षिणतर्फको नाकाबन्दीले चीनसँग जोडिने उत्तरी मार्गहरूको महत्त्व अझ बढायो।

त्यसयता सरकारले कोरला नाकासम्मको सडक स्तरोन्नति र कालोपत्रेका लागि विभिन्न चरणमा बजेट विनियोजन गर्दै आएको छ। अहिले पनि सडक सुधारका काम विभिन्न चरणमा अघि बढिरहेका छन्।

लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नोर्बु गुरुङका अनुसार गत वर्ष लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका जनप्रतिनिधिहरूले कोरला नाका हुँदै भिसा लगाएर आफ्नै खर्चमा तिब्बतको ल्हासा र सिगात्से भ्रमण गरेका थिए।

उनले कोरला हुँदै आवागमन थप विस्तार भए माथिल्लो मुस्ताङको पर्यटन, स्थानीय व्यापार र सेवा क्षेत्रमा नयाँ अवसर सिर्जना हुन सक्ने बताए। नेपालका उत्तरी सीमामा चीनसँग जोडिने तातोपानी, केरुङ र कोरला तीनवटै नाकाको आ–आफ्नै ऐतिहासिक भूमिका छ। तर रसुवाको बाढी र पहिरोपछि रसुवागढी बन्द हुनु, तातोपानी नाका पनि प्रभावित हुनु र त्यसपछि कोरला वैकल्पिक मार्गका रूपमा प्रयोग हुन थालेको घटनाले यसको रणनीतिक महत्त्व थप स्पष्ट भएको छ।

एक समय नुन र अन्नको व्यापार बोक्ने यही मार्ग अहिले चीनमा रोकिएका नेपालीलाई स्वदेश फर्काउने वैकल्पिक प्रवेशद्वार बनेको छ। यसले तत्कालीन संकट व्यवस्थापनमा राहत पु¥याएको मात्र होइन, भविष्यमा नेपाल–चीन व्यापार, पर्यटन र अन्तर्राष्ट्रिय आवागमनको अर्को भरपर्दो मार्गका रूपमा कोरलाको सम्भावनालाई पनि नयाँ ढंगले उजागर गरेको छ।

प्रकाशित: २०८३ भदौ २१ गते आईतबार १०:४४
प्रतिक्रिया

थप समाचार

भारत–चीन जोड्ने कर्णाली करिडोर: व्यापार, पर्यटन जलविद्युतको सम्भावना 

सुर्खेत: भारतको जमुनाहादेखि चीनको हिल्सा नाकासम्म जोड्ने कर्णाली करिडोरलाई उत्तर–दक्षिण व्यापारिक मार्गका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ। करिब ५०५ किलोमिटर लामो यो करिडोरले कर्णालीका...

कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक, नेपालमा महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११५ डलर नजिक पुगेपछि नेपालमा पेट्रोलियम पदार्थको आयात लागत र समग्र मूल्यवृद्धिमा दबाब पर्ने जोखिम बढेको छ। पश्चिम एसियामा...

नेपालको विद्युत निर्यात क्षमता १,१७९ मेगावाट पुग्यो

काठमाडौँ: नेपाल विद्युत प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८३/८४ को असोज महिनामा भारततर्फ ५ अर्ब ९२ करोड ५० लाख रुपैयाँ बराबरको विद्युत निर्यात गरेको छ। बाढीका कारण केही जलविद्युत आयोजनाको...

नेपाल–भारत पर्यटन साझेदारी विस्तार गर्न ‘क्रस बोर्डर टुरिजम कनेक्ट’ हुँदै

चितवन: कात्तिक ९ देखि ११ गतेसम्म नेपाल–भारत क्रस बोर्डर टुरिजम कनेक्ट २०२६ कार्यक्रम आयोजना हुने भएको छ। गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसिसी) र समृद्ध चितवन...

हानि–नोक्सानी कोषबाट नेपाललाई ३ अर्ब अनुदान दिने निर्णय, प्रस्ताव पेस गर्ने नेपालको तयारी

काठमाडौँ: संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले नेपाललाई सहयोग गर्ने निर्णय गरेसँगै त्यसको कार्यान्वयन प्रक्रियामा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
oil_price
विदेश

विश्वको तेल भण्डार १८ खर्ब ब्यारेल, मध्यपूर्वको हिस्सा ४८ प्रतिशत बढी

क्षेत्रगत रूपमा मध्यपूर्व पहिलो स्थानमा छ भने मध्य तथा दक्षिण अमेरिका दोस्रो र उत्तर अमेरिका तेस्रो स्थानमा रहेका छन्। विश्वको कुल तेल भण्डारमध्ये मध्य तथा दक्षिण अमेरिकामा १९.७ प्रतिशत अर्थात्...
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना