२०८३ कार्तिक १५ गते शनिवार

अमेरिकाको अमेजन बन्यो सर्वाधिक कमाउने कम्पनी, वर्षमा ७ खर्ब १७ अर्ब डलर आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
amazon

काठमाडौँ: विश्वको सबैभन्दा बढी आम्दानी गर्नेमा अमेरिकाको सपिङ अनलाइन प्लेटफर्म अमेजन इंक भएको छ। अमेजनले एक वर्षमा सात खर्ब १७ अर्ब डलर आम्दानी गरेको छ।

यस्तै दोस्रो स्थानमा पनि अमेरिकाकै रिटेल कम्पनी वालमार्ट भएको छ। वालमार्टले सात खर्ब १३ अर्ब डलर आम्दानी गरेकोे छ। तेस्रो स्थानमा चीनको स्टेट ग्रिड कम्पनी रहेको छ। स्टेट ग्रिडले पाँच खर्ब ५५ अर्ब डलर आम्दानी गरेको छ।

चौथो स्थानमा युनाइटे हेल्थ ग्रुपले चार खर्ब ४८ अर्ब, पाँचौँ स्थानमा साउदी अराम्को रहेको छ। साउदी अराम्कोले चार खर्ब ४६ अर्ब डलर आम्दानी गरेको छ।

आम्दानीका आधारमा आइफोन उत्पादक एप्पल इंक छैठौं स्थानमा परेको छ। एप्पल एक वर्षमा चार खर्ब १६ अर्ब डलर आम्दानी गरेको छ। सातौं स्थानमा म्याकेसन रहेको छ। म्याकेसनले चार खर्ब तीन अर्ब डलर आम्दानी गरेको छ।

आठौं स्थानमा अल्फाबेट (गूगल इंक) रहेको छ। सर्च इन्जिन गूगलको माउ कम्पनी अल्फाबेटले चार खर्ब तीन अर्ब, नवौं स्थानमा सीभीएस हेल्थले चार खर्ब दुई अर्ब र १० औं स्थानमा रहेको पेट्रो चाइनाले चार खर्ब दुई अर्ब डलर आम्दानी गरेको छ।

सन् २०२० मा अमेजन नवौं स्थानमा थियो। छ वर्षको अवधि अर्थात सन् २०२६ मा आएर आम्दानीका आधारमा विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ।

फच्र्युन ग्लोबल ५०० को शीर्ष स्थानमा १५ वर्षसम्म कायम रहेको वालमार्ट दोस्रो स्थानमा झरेको छ। युनाइटेड हेल्थ २०२३ को १० औं स्थानबाट २०२६ मा चौथो स्थानमा उक्लिएको छ।

सन् २०२० मा आम्दानीका आधारमा विश्वका १० ठूला कम्पनीहरूमध्ये पाँचवटा ऊर्जा कम्पनीहरू थिए। जसमा चिनियाँ तेल प्रशोधन कम्पनी सिनोपेक चार खर्ब सात अर्ब डलरसहित अग्रस्थानमा थियो।

त्यो वर्ष सिनोपेकभन्दा बढी आम्दानी गर्ने एक मात्र कम्पनी वालमार्टको पाँच खर्ब २४ अर्ब डलर थियो। शीर्ष चार स्थानमध्ये तीन स्थानमा चिनियाँ सरकारी कम्पनीहरू रहे भने साउदी आराम्को तीन खर्ब ३० अर्ब डलर र बीपी दुई खर्ब ८३ अर्ब डलरसहित शीर्ष १० भित्र पर्न सफल भएको थियो।

तर, कोभिड महामारीका कारण ऊर्जाको मागमा कमी आयो। फलस्वरूप, सन् २०२१ मा चीनबाहेकका अन्य सबै ऊर्जा कम्पनीहरू विश्वका शीर्ष १० कम्पनीको सूचीबाट बाहिरिए।

शीर्ष स्थानमा अमेजनको उदय

२०२६ सम्म आइपुग्दा आयका आधारमा विश्वका १० ठूला कम्पनीहरूको सूचीमा कुनै पनि निजी स्वामित्वका ऊर्जा कम्पनीहरू रहेनन्। यस वरीयतामा खुद्रा व्यापार (रिटेल) क्षेत्र अग्रस्थानमा रह्यो।

सन् २०२० र २०२१ मा उपभोक्ताहरू घरमै बसेर अनलाइनमार्फत बढी सामान अर्डर गर्न थालेपछि बिक्रीमा भारी वृद्धि भयो। अमेजन सन् २०२१ मा तेस्रो स्थानमा उक्लियो भने २०२२, २०२४ र २०२५ मा दोस्रो स्थानमा रह्यो। २०२६ मा भने यसले वालमार्टलाई ४ अर्ब डलरको झिनो अन्तरले पछि पार्दै शीर्ष स्थान हासिल गरेको छ।

विश्वकै सर्वाधिक आम्दनी गर्ने कम्पनी बन्न अमेजनले गरेको प्रगति निकै नाटकीय रहेको छ। २०२० मा दुई खर्ब ८१ अर्ब डलर आम्दानीसहित यो कम्पनी विश्वभर नवौं स्थानमा थियो। – (भिजुअल क्यापटलिस्टको सहयोगमा)

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार ०८:०६
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना