२०८३ भदौ ३० गते मङ्गलबार

अमेरिकाको अमेजन बन्यो सर्वाधिक कमाउने कम्पनी, वर्षमा ७ खर्ब १७ अर्ब डलर आम्दानी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २३
amazon

काठमाडौँ: विश्वको सबैभन्दा बढी आम्दानी गर्नेमा अमेरिकाको सपिङ अनलाइन प्लेटफर्म अमेजन इंक भएको छ। अमेजनले एक वर्षमा सात खर्ब १७ अर्ब डलर आम्दानी गरेको छ।

यस्तै दोस्रो स्थानमा पनि अमेरिकाकै रिटेल कम्पनी वालमार्ट भएको छ। वालमार्टले सात खर्ब १३ अर्ब डलर आम्दानी गरेकोे छ। तेस्रो स्थानमा चीनको स्टेट ग्रिड कम्पनी रहेको छ। स्टेट ग्रिडले पाँच खर्ब ५५ अर्ब डलर आम्दानी गरेको छ।

चौथो स्थानमा युनाइटे हेल्थ ग्रुपले चार खर्ब ४८ अर्ब, पाँचौँ स्थानमा साउदी अराम्को रहेको छ। साउदी अराम्कोले चार खर्ब ४६ अर्ब डलर आम्दानी गरेको छ।

आम्दानीका आधारमा आइफोन उत्पादक एप्पल इंक छैठौं स्थानमा परेको छ। एप्पल एक वर्षमा चार खर्ब १६ अर्ब डलर आम्दानी गरेको छ। सातौं स्थानमा म्याकेसन रहेको छ। म्याकेसनले चार खर्ब तीन अर्ब डलर आम्दानी गरेको छ।

आठौं स्थानमा अल्फाबेट (गूगल इंक) रहेको छ। सर्च इन्जिन गूगलको माउ कम्पनी अल्फाबेटले चार खर्ब तीन अर्ब, नवौं स्थानमा सीभीएस हेल्थले चार खर्ब दुई अर्ब र १० औं स्थानमा रहेको पेट्रो चाइनाले चार खर्ब दुई अर्ब डलर आम्दानी गरेको छ।

सन् २०२० मा अमेजन नवौं स्थानमा थियो। छ वर्षको अवधि अर्थात सन् २०२६ मा आएर आम्दानीका आधारमा विश्वकै सबैभन्दा ठूलो कम्पनी बनेको छ।

फच्र्युन ग्लोबल ५०० को शीर्ष स्थानमा १५ वर्षसम्म कायम रहेको वालमार्ट दोस्रो स्थानमा झरेको छ। युनाइटेड हेल्थ २०२३ को १० औं स्थानबाट २०२६ मा चौथो स्थानमा उक्लिएको छ।

सन् २०२० मा आम्दानीका आधारमा विश्वका १० ठूला कम्पनीहरूमध्ये पाँचवटा ऊर्जा कम्पनीहरू थिए। जसमा चिनियाँ तेल प्रशोधन कम्पनी सिनोपेक चार खर्ब सात अर्ब डलरसहित अग्रस्थानमा थियो।

त्यो वर्ष सिनोपेकभन्दा बढी आम्दानी गर्ने एक मात्र कम्पनी वालमार्टको पाँच खर्ब २४ अर्ब डलर थियो। शीर्ष चार स्थानमध्ये तीन स्थानमा चिनियाँ सरकारी कम्पनीहरू रहे भने साउदी आराम्को तीन खर्ब ३० अर्ब डलर र बीपी दुई खर्ब ८३ अर्ब डलरसहित शीर्ष १० भित्र पर्न सफल भएको थियो।

तर, कोभिड महामारीका कारण ऊर्जाको मागमा कमी आयो। फलस्वरूप, सन् २०२१ मा चीनबाहेकका अन्य सबै ऊर्जा कम्पनीहरू विश्वका शीर्ष १० कम्पनीको सूचीबाट बाहिरिए।

शीर्ष स्थानमा अमेजनको उदय

२०२६ सम्म आइपुग्दा आयका आधारमा विश्वका १० ठूला कम्पनीहरूको सूचीमा कुनै पनि निजी स्वामित्वका ऊर्जा कम्पनीहरू रहेनन्। यस वरीयतामा खुद्रा व्यापार (रिटेल) क्षेत्र अग्रस्थानमा रह्यो।

सन् २०२० र २०२१ मा उपभोक्ताहरू घरमै बसेर अनलाइनमार्फत बढी सामान अर्डर गर्न थालेपछि बिक्रीमा भारी वृद्धि भयो। अमेजन सन् २०२१ मा तेस्रो स्थानमा उक्लियो भने २०२२, २०२४ र २०२५ मा दोस्रो स्थानमा रह्यो। २०२६ मा भने यसले वालमार्टलाई ४ अर्ब डलरको झिनो अन्तरले पछि पार्दै शीर्ष स्थान हासिल गरेको छ।

विश्वकै सर्वाधिक आम्दनी गर्ने कम्पनी बन्न अमेजनले गरेको प्रगति निकै नाटकीय रहेको छ। २०२० मा दुई खर्ब ८१ अर्ब डलर आम्दानीसहित यो कम्पनी विश्वभर नवौं स्थानमा थियो। – (भिजुअल क्यापटलिस्टको सहयोगमा)

प्रकाशित: २०८३ भदौ २३ गते मङ्गलबार ०८:०६
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना