२०८३ भदौ ३० गते मङ्गलबार

जेनजी विद्रोहको एक वर्ष: आत्मदाहले लिएको सत्ता-परीक्षा

 |  रजनीश भण्डारी
Sanket

रजनीश भण्डारी

काठमाडौँ, भदौ २४
ganes_nepali
गणेश नेपालीको परिवार भाडामा बस्दै आएको कीर्तिपुरको कोठामा बलेको दियो छेउमा उनको तस्बिर। २५ वर्षका सवारी चालक नेपालीले त्रिपुरेश्वरस्थित राहदानी विभाग बाहिर आत्मदाह गरेका थिए। तस्बिर : रजनीश भण्डारी/निमजिन

कर्णाली प्रदेशको मुगु स्थायी घर भई  काठमाडौंमा राइड सेयरिङ एपमार्फत मोटरसाइकल चलाएर जीविकोपार्जन गर्दै आएका गणेश नेपाली (२५) गत असार २५ गते बिहान ९ बजे घरबाट निस्किएका थिए। उनले दिउँसो खाना खान कोठामा आउने भन्दै दाइ मदनलाई खसीको खुट्टा र गेडागुडी पकाउन लगाएका थिए। तर उनी खाना खान कहिल्यै फर्किएनन्।

घरबाट निस्किएको केही घण्टापछि उनले काठमाडौंको त्रिपुरेश्वरस्थित राहदानी विभागको बाहिरपट्टि आत्मदाह गरे।  काठमाडौं महानगरपालिकाले उनको रोकिराखेको मोटरसाइकलमा ह्विल लक लगाएर १ हजार रुपैयाँ जरिवाना गरेपछि उनले यो कठोर निर्णय गरेका थिए। गणेशको भोलिपल्ट असार २६ गते उपचारकै क्रममा वीर अस्पतालमा निधन भयो। मदनका अनुसार गणेश पछिल्लो समयमा आम्दानीलाई लिएर चिन्तित थिए र राम्रो अवसरको खोजीमा थिए।

गणेशको निधन भएकै दिन सर्लाहीका विवेक मण्डल (३५) ले पनि आत्मदाह गरे। आगोले शरीरको ८५ प्रतिशत जलेका उनलाई तत्कालै हेलिकोप्टरबाट काठमाडौंको कीर्तिपुरस्थित बर्न अस्पताल ल्याइयो। उनको उपचारकै क्रममा केही दिनपछि निधन भयो।

‘उनले जताततै आवेदन (जागिरको लागि) दिए, तर पैसा र ‘सोर्सफोर्स’ नभएको कारण जागिर पाउन सकेनन्,’ उनका बुबा उपेन्द्र मण्डलले निमजिनलाई बताए। उनका अनुसार विवेक ऋणको तनावमा पनि थिए।

गणेश र विवेकले आत्मदाह गरेको एक महिना पनि नपुग्दै अरु थप ३ जनाले आत्मदाह गरे।  प्रहरीले यी पाँचै घटनालाई आत्मदाह भनेको छ र यो परिस्थिति कसरी आयो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ।

तर केही अभियन्ताहरूले भने न्यून आय भएका नागरिकको आवश्यकता सम्बोधन गर्न नयाँ सरकार चुकिरहेका कारण यस्ता घटना भएको बताएका छन्।

सोचनीय विषय भने आत्मदाहको संख्या मात्र नभई त्यसको तीव्रता र समय पनि हो। ३ हप्ताको बिचमा ५ जनाले आत्मदाह गरेको समय यस्तो छ  कि जुन बेला  भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर युवाहरूको आह्वानमा जेनजी आन्दोल भएको १ वर्ष पनि पूरा भएको छैन। त्यही आन्दोलनपछि भएको चुनावमा झन्डै दुईतिहाइ बहुमत प्राप्त शक्तिशाली सरकार बनेको ६ महिना पनि नाघेको छैन।

Chine-Nepali-NIMJN-1788853956.png
गणेशको तस्बिर सामुन्ने प्रार्थना गर्दै उनका बुबा चिने नेपाली। तस्बिर : रजनीश भण्डारी/निमजिन

घटनाको अनुसन्धान गरिरहेका प्रहरी र परिवारका सदस्यका अनुसार यी ५ मध्ये ३ जना आर्थिक समस्यासँग संघर्षरत  थिए।

आर्थिक असमानता र योग्यताअनुसारको अवसर नपाएकै कारण पोहोर जेनजी सडकमा उत्रिएका थिए। त्यो आन्दोलनमा गणेश पनि सहभागी भएको उनका दाइ मदनले निमजिनलाई जानकारी दिए। न्यून आय भएका नागरिकले बाँच्नकै लागि संघर्ष गरिरहँदा सरकारको माथिल्लो तहका व्यक्ति भ्रष्टाचारमा संलग्न हुने गरेको देखेर दिक्क भएका युवाहरूले  प्रदर्शनको नेतृत्व गरेका थिए।

जेनजी अभियन्ता तनुजा पाण्डे भन्छिन्,’हालैका घटनामा आत्मदाह गर्नेहरूमा श्रमिक वर्गका मानिस, आफ्नै सानो व्यापार व्यवसाय गरिरहेका मानिस र परम्परागत मर्यादाअनुसार समाजको सबैभन्दा तल्लो तहमा रहेका मानिस छन्।’

‘मलाई लाग्छ यसले सरकारको असफलतालाई औंल्याउँछ, केवल अहिलेको सरकारको मात्र होइन, ऐतिहासिक असफलतालाई पनि औंल्याउँछ,’ उनले थपिन्, ‘जनतामा ठूलो निराशा छ र उनीहरूले कुनै उपाय देख्दैनन्।’

समाजशास्त्रीहरू हालैका आत्महत्याका घटनालाई एउटै कारणमा सीमित नगर्न चेतावनी दिन्छन्, प्रत्येक घटनाको पछाडिको सटीक मनोवैज्ञानिक र सामाजिक कारणहरू अझै पनि अनुसन्धानको विषय हुन्।

उनीहरूले आत्मदाहलाई कहिल्यै पनि मृत्युको रूपमा मात्र लिन नहुने बताउँछन्।  ‘आत्मदाह एउटा विरोधको शैली हो,’ मार्टिन चौतारीमा आवद्ध समाजशास्त्री प्रणव खरेलले भने।

‘त्यो कार्य गर्ने व्यक्तिले आफ्नो शरीरको प्रयोग गरेर व्यक्तिगत भावना, दुःख वा चिन्ता वा जेसुकै भए पनि व्यक्त गरेर बलियो राजनीतिक बयान पनि दिइरहेको हुन्छ। त्यसैले यो एउटा विरोध पनि हो र, त्यसकारण यो राजनीतिक पनि हो।’

आत्मदाह सरकारको असफलताका संकेत हुन् कि होइनन् भनेर हामीले सोधेको प्रश्नको  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयका प्रवक्ताले जवाफ  दिएनन्।

काठमाडौं जिल्ला प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक दानबहादुर थापाले यस्तो कार्य गर्नेहरूलाई सधैँ ‘बहुकारकहरू’ ले प्रेरित गर्ने बताए।  यी अन्तर्निहीत कारणहरूलाई सम्बोधन गर्न ‘राज्यले गर्नुपर्ने र समाजले गर्नुपर्ने’ कामहरू रहेको उनले बताए।  ‘राज्यको क्षमता – शिक्षा, स्वास्थ्य, रोजगारी र अर्थतन्त्रको सन्दर्भमा,  र नागरिकहरूको अपेक्षाहरूबिच खाडल हुन सक्छ। त्यो खाडललाई पूरा गर्नु महत्त्वपूर्ण छ।’

विरोधको स्वरुप

गणेशले आत्मदाह गरेलगत्तै उनको अन्तिम क्षणको भिडियो सामाजिक सञ्जालमा फैलियो।  संसदमा पनि यो विषयले प्रवेश पायो  र छलफल भयो।

‘सरकार कडा परिश्रम गरेर जीविकोपार्जन गर्नेहरूका लागि हो कि धनीहरूका लागि ?’ गणेशको निधन भएकै दिन विपक्षी दल नेपाली कांग्रेसका सांसद  खड्ग शाहीले संसद् बैठकमा भने। एउटा कामदारलाई सरकारले मृत्युको मुखमा धकेलेको आरोप उनले लगाए।

जिम्मेवारी सम्हाले लगत्तै दर्जन बढी उच्च पदस्थ राजनीतिज्ञलाई पक्राउ गराएका गृहमन्त्री सुधन गुरुङले त्यो आरोपको ठाडै अस्वीकार गरे र विपक्षीहरूतिरै प्रत्यारोप गरे।

गणेशको मोटरसाइकलमा ह्विल लक गर्ने व्यक्ति काठमाडौं महानगरपालिकाको प्रहरी रहेको र त्यो महानगर र प्रदेशमा विपक्षीकै सरकार रहेको उनले बताए।

‘दुई तहमा तपाईँहरूकै सरकार छ— हामीले यो नियम (निषेधित क्षेत्रमा पार्किङ गर्नेको सवारीमा  ह्विल लक गर्ने र चालकलाई जरिवाना तिराउने) बनाएका  हौँ ? तपाईँहरूले बनाउनुभएको हो,’ उनले भने।

यो एक महिनाभित्र भएका आत्महत्याको कुल संख्या अघिल्लो वर्ष रेकर्ड गरिएका यस्ता घटनाहरूको एक तिहाइभन्दा बढी हो।

ब्रेन एन्ड न्युरो साइन्स सेन्टर नेपालका मनोचिकित्सक तथा अनुसन्धानकर्ता डा. ऋषभ कोइरालाले प्रत्येक घटनालाई व्यक्तिगत रूपमा जाँच गर्नुपर्नेमा जोड दिए। ‘यदि तपाईंले कारण हेर्नुभयो भने १ हजार रुपैयाँ जरिवानालाई ठान्नुहुन्छ,’  उनले भने,  ‘हो, त्यो कारण हो। तर हामी केवल त्यसैका कारणले उनीहरूले आत्महत्या गरेको भन्न सक्दैनौं। हामीले उनीहरूको पृष्ठभूमि, उनीहरूले कस्ता कठिनाइहरू सामना गरिरहेका थिए, उनीहरूको मानसिक अवस्था कस्तो थियो भनेर जान्न आवश्यक छ।’

‘तीन वा चार महिनामा जादूको छडी प्रयोग गरेर सरकारले  स्थिति परिवर्तन गर्छ भन्ने आशा गर्नु काल्पनिक र निराशावादी रूपमा एउटा मूर्खतापूर्ण विचार हो,’ उनले भने।

नेपाल दक्षिण एसियाकै एउटा न्यून आय भएको देशहरूमध्ये एक हो। यहाँ हरेक ५ जनामा एक जना नागरिक गरिबीको रेखामुनि छन् र देशको अर्थतन्त्र विप्रेषणबाट धानिएको छ।

यस्तो स्थितिमा वर्षौदेखि सुनिँदै आएका भ्रष्टाचारका काण्ड, राजनीतिज्ञ र उनीहरूका सन्तानको देखिएको विलाशी जीवनशैलीले बेरोजगारीसँग जुधिरहेका युवाहरूलाई सडकमा ल्यायो र पोहोर जेनजी क्रान्ति भयो।

प्रणवका अनुसार देशका धेरै मानिसहमा दशकौंदेखि ‘सामूहिक’ चिन्ताको भावना जम्मा हुँदै आएको छ, जुन माओवादीको सशस्त्र युद्धपछिको लामो संक्रमणदेखि महामारी र जेनजी विद्रोहसम्म फैलिएको छ। ‘जेनजीले धेरै आशाहरु दिए, तर तिनै जेनजीले धेरै आशाहरूलाई चकनाचुर पनि पारे,’ उनले थपे।

‘धेरै व्यापारिक प्रतिष्ठानहरुमा आगजनी भयो, व्यक्तिगत घर र सम्पत्तिलाई निशाना बनाइयो, मानिसहरु मारिए,’ प्रणवले पोहोरको प्रदर्शनको उदाहरण दिए, जुन प्रदर्शन सुरक्षाकर्मीले घातक बल प्रयोग गर्दा हिंसात्मक भयो र  ७६ जनाको ज्यान गयो।

अधुरै वाचा

गणेश नेपालीको मृत्युपछि संघीय सरकार र काठमाडौं महानगरपालिकाले उनको परिवारसँग ९ बुँदे सहमति गरेको थियो। जुन सहमतिमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी पनि सहभागी थिए।

निमजिनले प्राप्त गरेको सम्झौता पत्रमा ७ दिनभित्र प्रतिवेदन बुझाउने गरी घटनाको अनुसन्धान गर्न छानबिन समिति बनाउने, गणेशले आत्मदाह गरेको घटनास्थलमा रहेका नगर प्रहरीलाई समितिको प्रतिवेदन नआउँदासम्म निलम्बन गर्ने, गणेशकी श्रीमतीलाई रोजगारी दिने, छोरीलाई उच्च शिक्षासम्म अध्ययनको व्यवस्था गर्ने, परिवारलाई आर्थिक राहत र स्वास्थ्य बिमा तथा किरिया खर्च उपलब्ध गराउने उल्लेख छ।

Madan-Nepali-shows-the-nine-point-agreement-NIMJN-1788853956.png
सरकारसँगको सम्झौता देखाउँदै गणेशका दाइ मदन नेपाली। तस्बिर : रजनीश भण्डारी/निमजिन

तर सम्झौताको एक महिना बितिसक्ता पनि सम्झौताका धेरै कुरा पूरा भएका छैनन्। घटनाको छानबिन प्रतिवेदन गृह मन्त्रालयले अझै सार्वजनिक गरेको छैन।  छानबिन समितिका सिफारिसहरू कार्यान्वयनका लागि स्वास्थ्य मन्त्रालय, प्रदेश र स्थानीय तहमा पठाइएको मन्त्रालयले जनाएको छ।

‘तपाईंले यसबारे महानगरपालिकालाई सोध्नुपर्छ,’ गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेले भने, ‘महानगरपालिकाले बोर्ड बैठक गरेर यसलाई सम्हाल्नुपर्ने थियो… त्यसबेलादेखि मैले त्यसबारे कुनै अपडेट लिएको छैन।’

प्रवक्ता आनन्दसँग कुरा गरेलगत्तै निमजिनले काठमाडौं महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरलाई सम्पर्क गरेको थियो। उनले गृह मन्त्रालयबाट कुनै लिखित निर्देशन आएको बारेमा आफूलाई जानकारी नभएको बताए।

त्यसअघि निमजिनसँगकै कुराकानीमा उनले नगर प्रहरीलाई निलम्बन गर्नेबारेमा कतैबाट कुनै निर्देशन नआएको बताएका थिए।

यो घटनापछि नगर प्रहरीको काम गर्ने तरिकामा केही परिवर्तन आएको छ कि छैन भन्ने प्रश्नमा प्रवक्ता नवीनले प्रतिप्रश्न गरे, ‘के यो नगर प्रहरीको कारणले भएको हो ?  के तपाईंलाई लाग्छ कि यो नगर प्रहरीको कारणले भएको हो ?’ महानगरको प्रवक्ताको रुपमा आफूले उनीहरूको रक्षा गर्नुपर्ने उनले बताए।

तर गणेशका परिवारले सम्झौताअनुसारको राहत र रोजगारी नपाएको बताए। उनको मृत्युको कारण खुलेको प्रतिवेदन सार्वजनिक नभएसम्म र दोषीलाई कारबाही नभएसम्म कुनै सहयोग नलिने पनि उनीहरूले बताए।

‘सम्झौताहरू कार्यान्वयन होस् भन्ने हामी चाहन्छौं,’ गणेशका दाइ  मदनले भने, ‘त्यसपछि मात्र अरु कुराहरू अगाडि बढाउनु हामीलाई उपयुक्त लाग्छ।’

अनुसन्धानलाई दबाइएमा आफूहरू झनै कठोर कदम चाल्न बाध्य हुने चेतावनी पनि उनले दिए। बुबाआमाले गणेशले न्याय नपाए सरकारकै सामुन्ने झुन्डिएर आत्महत्या गर्ने प्रतिज्ञा गरेको मदनले सुनाए।

परिवारका अनुसार सरकारले हस्ताक्षर गरेका नौ बुँदाहरूमध्ये अहिलेसम्म पूरा भएको भनेको  गणेशको अन्त्येष्टिको व्यवस्थापन र परिवारलाई काठमाडौंसम्म ल्याउने काम मात्र हो।

यसैबीच, साउन २७ गते काठमाडौंमा र  जनकपुरमा दुई जनाले आत्मदाहको प्रयास गरेका छन्। दुवै जना न्यून आय भएका र ऋणको भारले थिचिएका हुन्। उनीहरूले ऋण दिँदा चर्को ब्याज र सेवा शुल्क लिएको, ऋण असुलीका नाममा मानसिक तथा शारीरिक शोषण भएको भन्दै विरोध जनाइरहेका थिए। सयौं लघुवित्त ऋणीहरू सडकमा उत्रिएको राष्ट्रिय मानव अधिकार आयोगकी सदस्य लिली थापाले बताइन्।

‘नागरिकहरूमा अहिले धेरै निराशा छ,’ उनले निमजिनसँग भनिन्, ‘सरकारको कार्यशैलीमाथि प्रश्नचिह्न उठेको छ।’

– यो स्टोरी आत्महत्याको बारेमा छ। विश्व स्वास्थ्य संगठनको जिम्मेवार रिपोर्टिङसम्बन्धी निर्देशनअनुरूप यसमा घटनाका विवरणहरूलाई न्यूनतम रुपमा मात्र प्रस्तुत गरिएको छ।  नेपालमा, मानसिक स्वास्थ्य हेल्पलाइन ११६६, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल आत्महत्या रोकथाम हटलाइन ९८४००२१६०० र पाटन अस्पताल संकट सहयोग हटलाइन ९८१३४७६१२३ मार्फत नि:शुल्क गोप्य सहयोग उपलब्ध छ।

(यो स्टोरी मूलरूपमा निमजिनमा प्रकाशित भएको हो।)

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार १०:१६
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना