२०८३ भदौ ३० गते मङ्गलबार

‘….तर खरानीको ताप सेलाएन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
Capture

काठमाडौँ: व्यवसायी तथा कवि एवं गीतकार वसन्त चौधरी एक वर्षअघि जेनजी आन्दोलनको क्रममा दोस्रो दिन भएको विध्वंसमा जलेको आफ्नो घरमा पुगेका छन्।  धुँवाले रगमगिएका र पाप्रा उप्किएका भित्ताहरू अगाडि उभिएर उनले त्यस घरसँग जोडिएका स्मृतिहरू सम्झिएका छन्।

उनका बुवाले चार रोपनी जग्गामा ५० वर्षअघि ठमेलस्थित सरस्वती सदनमा पुगेर उनले घर जल्नुअघि र घर जलेको एक वर्षपछिका दुई तस्बिर राखेका छन्। १६ वर्षको उमेरदेखि बसेको उक्त घरको मूल्य उनले कवितामार्फत् उल्लेख गरेका छन्–

घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।

आफ्ना बुवाले अत्यन्तै कठिन समयका बाबजुद बडो उत्साहले आफ्ना भावी पुस्ताका लागि निर्माण गरेको पुर्ख्यौली घर आँखैअगाडि खरानी भएको भन्दै उनले दु:ख व्यक्त गरेका छन्। उनले भनेका छन्, ‘त्यो केवल इँटा, सिमेन्ट र काठले ठडिएको फगत एउटा घर मात्र थिएन। त्यो त हाम्रा प्रिय आमाबुबाको न्यानो सामीप्यता थियो, हाम्रो परिवारका अनेक पुस्ताको हाँसो-आँसु, संस्कार, पहिचान र सिङ्गो इतिहास सुरक्षित थियो।’

पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरूसँगै प्रकाशनको पर्खाइमा रहेका कैयौँ पाण्डुलिपि पनि आँखै अगाडि जलेको उनले बताएका छन्।

उनले लेखेका छन्–

घर खरानी भयो,
विरासतको कथा हराएन।
आगो त निभेर गयो,
तर खरानीको ताप सेलाएन।
पर्खालहरू सबै ढले,
तर स्वरूप ढल्न सकेन।
जताततै आफ्नै छाया देख्छु,
अतीतको त्यो लप्का अझै निभेन।
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…

आजभन्दा ठीक एक वर्षअघि, परिवर्तनका नाममा सल्केको हिंसाको डढेलोले देशलाई लपेट्दै लग्यो। देशभरिका कैयौँ भौतिक संरचनासँगै हाम्रा बुबाले करिब पचास वर्षअघि, अत्यन्तै कठिन समयका बाबजुद बडो उत्साहले आफ्ना भावी पुस्ताका लागि निर्माण गर्नुभएको त्यो पुर्खौली घर मेरै आँखाअगाडि खरानी भयो।

त्यो केवल इँटा, सिमेन्ट र काठले ठडिएको फगत एउटा घर मात्र थिएन। त्यो त हाम्रा प्रिय आमाबुबाको न्यानो सामीप्यता थियो, हाम्रो परिवारका अनेक पुस्ताको हाँसो-आँसु, संस्कार, पहिचान र सिङ्गो इतिहास सुरक्षित थियो।

त्यो दिन घरका कोठाहरू मात्र जलेनन्, पचास वर्षभन्दा लामो समयसम्म शब्द-शब्द जोडेर सँगालेको मेरो प्रिय पुस्तकालय पनि ध्वस्त भयो। त्यो मेरो साहित्यिक यात्राको मौन साक्षी, मेरो सिर्जनात्मक ऊर्जाको स्रोत र मेरा एकान्तहरूको सबैभन्दा आत्मीय साथी थियो।

पाँच दशकको साधनाका क्रममा प्राप्त सम्मान, पदवी र विभूषणका चिनोहरू त खरानी भए नै, प्रकाशनको पर्खाइमा रहेका कैयौँ अमूल्य पाण्डुलिपिहरू पनि मेरै अगाडि अक्षर-अक्षर गरेर जले। आफ्ना वर्षौँका अनुभूति र अधुरा सपनाहरू धुवाँ बनेर उडेको हेर्नुबाहेक म असहायसँग अर्को कुनै विकल्प थिएन।

त्यही भग्नावशेषको बीचमा उभिएर मैले मनमनै एउटा प्रण गरेको थिएँ– “हरेक वर्ष आजकै दिन, यसै भूमिमा आएर आफ्ना जलिसकेका स्मृतिहरूलाई शब्दको तर्पण दिनेछु।”

यी दुवै तस्बिर एकै ठाउँका हुन्। एउटा हिजोको अतीत, अर्को आजको वर्तमान। अगाडि उभिएको मानिस त उही हो, तर पछाडिको मेरो संसार पूर्ण रूपमा फेरिएको छ।

विध्वंसको आगोले संरचना त जलाउन सक्छ, इतिहास र विरासत होइन। किनभने, अन्तसमा कुँदिएका स्मृतिहरू कहिल्यै खरानी हुँदैनन्! 

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार १०:३३
प्रतिक्रिया

थप समाचार

बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षण प्रतिवेदन कहिले आउँछ ?

काठमाडौँ: प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदहरूले भोटेकोशी बाढीमा हराएका व्यक्तिका परिवारको ‘डीएनए’ परीक्षणको प्रतिवेदन छिटो आउनुपर्नेलगायत विपद्जन्य घटनामा उद्धार र खोजीमा ध्यान...

आकाशियो मूल्य: चिनीदेखि दालचामल, फलफूलदेखि हरियो तरकारीसम्म महँगिए

काठमाडौँ: एकातर्फ सुस्त अर्थतन्त्रको सामाना मुलुकले गरिरहनु परेको वेला महँगीको मार सर्वसाधारणको भान्सासम्म पुगेको छ। बजारमा अधिकांश खाद्य सामग्री, तरकारी, फलफूल एवं अन्य कृषि उपजको मूल्य...

बेचबिखनमा आफन्तै संलग्न, उजुरी दिन डराउँछन् पीडित

मानव बेचबिखन तथा ओसारपसार घटनाका अधिकांश दोषी आफन्त नै हुने गरेका छन्। आफन्त भएकै कारण पीडित पक्षले उजुरी दिँदैनन्। जसले गर्दा मानव बेचबिखनका आरोपीमाथि अनुसन्धान र मुद्दा दर्ता गर्न समस्या...

एउटै समरसेवल पम्पको भरमा दुई सय परिवार, खेतमा खडेरी

घरको आगँनमै भएको चापाकलमा पानी नआउँदा सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनी–हरिहरपुरका स्थानीयले खानेपानीको संकट भोग्नुपरेको छ। करिब २ सय घर परिवार पानी भर्न छिमेकीको समरसेवल (सबमर्सिबल पम्प)मा...

वार्षिक ६५ लाखको माछा बिक्री, १५ लाख बचत

कैलाली: कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेल ११ वर्षदेखि माछापालन व्यवसाय गर्दै आएका छन्। कृषि क्षेत्रमा केही नयाँ गर्ने सोचका साथ माछापालन व्यवसाय सुरु गरेका उनका लागि अहिले...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना