२०८३ भदौ ३० गते मङ्गलबार

‘बलियो सरकार हुँदा पनि कर्मचारीले केही गर्न दिएनन्, उद्योगीलाई पाता नफर्काइ ग्यास सहज हुँदैन’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
gaurikumari_yadav

काठमाडौँ: उद्योग तथा वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले ग्यास अभावको दोष उद्योगी र कर्मचारीतन्त्रलाई लगाएकी छन्। बुधबार उद्योग तथा वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिको बैठकमा उनले उद्योगीहरूलाई जिम्मेवार नबनाएसम्म काठमाडौँमा ग्यासको आपूर्ति सहज हुन नसक्ने बताइन्।

मन्त्री यादवले नेपालमा ५८ वटा ग्यास उद्योग सञ्चालनमा रहे पनि काठमाडौंमा पर्याप्त मात्रामा ग्यास नपठाउँदा अहिलेको समस्या देखिएको बताइन्। उनले उद्योगीलाई पाता फर्काउनुपर्ने सम्म बताइन्। ‘५८ वटा ग्यास उद्योग किन चाहियो? करोडौँ रुपैयाँ लिएर लाइसेन्स दिएको छ,’ उनले भनिन्, ‘उद्योगीहरूलाई पाता नफर्काएसम्म ग्यास सहज हुँदैन।’

मन्त्री यादवले नेपालमा सञ्चालनमा रहेका कुनै पनि ग्यास उद्योग नेपाल आयल निगमको स्वामित्वमा नरहेको र सबै निजी क्षेत्रबाट सञ्चालन भइरहेको जानकारी दिइन्। ५८ वटै उद्योगले दैनिक कम्तीमा ३ हजारका दरले काठमाडौंमा ग्यास सिलिन्डर पठाउने हो भने अहिलेको अवस्था नआउने उनको भनाइ थियो।

‘हामीसँग ५८ वटा ग्यास उद्योग छ तर नेपाल आयल निगमको निहित कुनै पनि छैन। सबै हामीले प्राइभेटमा दिएका छौँ। ५८ वटै प्राइभेटमा दिएको छ,’ उनले भनिन्, ‘५८ वटै ग्यास उद्योगले ३–३ हजारको दरले हरेक दिन काठमाडौंमा ३ हजार सिलिन्डर मात्रै पठाइदिएको भए आज यो स्थिति आउने थिएन। तर कसैले पठाउँदैन।’

काठमाडौँका लागि ठूलो संख्यामा ग्यास पठाइएको दाबी गरिए पनि वास्तविक रूपमा बजारमा निकै कम मात्र सिलिन्डर पुगेको भन्दै मन्त्री यादवले आपूर्ति शृंखलामै प्रश्न उठाइन्।

‘हिजोअस्ति पनि ४५ हजार सिलिन्डर हामीले काठमाडौं पठाएका छौँ, तर यहाँ १९ हजार, २० हजारभन्दा बढी कसैले पाएको छैन,’ उनले भनिन्, ‘हिजो पनि ४८ हजार सिलिन्डर काठमाडौंका लागि त्यहाँबाट हिँडेको छ, तर १९ हजारभन्दा बढी गएको छैन। कहाँ गयो त्यो सिलिन्डर? कसैलाई केही थाहा छैन।’

ग्यासको आपूर्ति व्यवस्थापनमा सरकारले प्रभावकारी कदम चाल्न खोजे पनि कानुनी र प्रशासनिक झन्झटका कारण समस्या भइरहेको उनले गुनासो गरिन्।

‘देश कर्मचारीतन्त्रले चलाएको छ। यस्तो बलियो सरकार हुँदा त कर्मचारीले केही गर्न दिँदैनन् भने अरू सरकारले के गर्न सक्थे?’ मन्त्री यादवले भनिन्, ‘कर्मचारीले यति दुःख दिएका छन्, म केही गर्न सक्दिनँ। यहाँभन्दा बढी गर्न सक्दिनँ भनेर सिधै जवाफ फर्काउँछन्।’

उनले आफूले उद्योग तथा व्यवसायका क्षेत्रमा रहेका पुराना नियमकानुन परिवर्तन गर्न खोजे पनि सहज नभएको बताइन्।

‘उद्योगधन्दा खोल्ने वातावरण बनाउनुपर्छ। उद्योगीको फेवरमा नियम–कानुन बनाइएको छ। धेरै चेन्ज गर्न खोजिरहेकी छु, तर गर्न सकिरहेको छैन,’ उनले भनिन्।

मन्त्री यादवले आगामी दिनमा नेपाल तेल, ग्यास, लुगा, खाद्यान्न र चिनीमा आत्मनिर्भर बन्नुपर्ने बताइन्।

बैठकमा मन्त्री यादवले चिनीको आपूर्ति सहज बनाउन २५ हजार मेट्रिक टन चिनी आयात गर्ने स्वीकृति प्राप्त भएको जानकारी दिइन्। उनका अनुसार साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत २२ हजार ५ सय मेट्रिक टन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीमार्फत २ हजार ५ सय मेट्रिक टन गरी कुल २५ हजार मेट्रिक टन चिनी आयात गरिनेछ।

बजारमा चिनीको मूल्य १५० रुपैयाँभन्दा कम नरहेको गुनासो आए पनि सरकारी संस्थानबाट भने १०५ देखि १०९ रुपैयाँसम्ममा बिक्री भइरहेको उनले बताइन्।

‘अहिले चिनीको मूल्य बजारमा १५० रुपैयाँभन्दा कम कहीँ पनि छैन भन्ने सुनिन्छ। तर हामी खाद्य संस्थानबाट १०९ रुपैयाँमा बेचिरहेका छौँ र साल्ट ट्रेडिङबाट १०५ रुपैयाँमा पनि छ, १०९ रुपैयाँमा पनि छ,’ उनले भनिन्, ‘योभन्दा बढी छ भने त्यो चाहिँ कारबाहीको भागीमा पर्छ।’

चाडपर्वलाई लक्षित गर्दै सरकारले बजार अनुगमनलाई समेत तीव्रता दिएको मन्त्री यादवले बताइन्। खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका ४४ जिल्लाका १९३ स्थानबाट नेपाल फुड्स ब्रान्डका खाद्यान्न बिक्री गर्दा प्रतिकिलो ५ रुपैयाँ छुट दिने व्यवस्था गरिएको उनले जानकारी दिइन्।

समिति सभापति रहबर अन्सारीले चिनीको मूल्य वृद्धिबारे सरकारसँग जवाफ मागेका छन्। केही महिनाअघि नै आफूले चिनीको आपूर्ति र मूल्यबारे सरकारलाई सचेत गराएको स्मरण गर्दै उनले त्यसबेला पर्याप्त मौज्दात रहेको बताइए पनि अहिले बजारमा चिनीको मूल्य बढेको भन्दै प्रश्न उठाए।

‘दुई दिनअगाडि वीरगञ्जमा बजारमा चिनीको मूल्य बुझ्दाखेरि १३० रुपैयाँ भनेका छन्। माननीय मन्त्रीज्यू आफैँले पनि १०५–१०६ भन्दै हुनुहुन्छ, जुन भनेको ३ महिना २० दिनअगाडि कमिट भएको प्राइसभन्दा अत्यधिक छ,’ अन्सारीले भने।

समयमै विदेशबाट चिनी आयात गर्न सके अहिलेको समस्या नआउने उनको दाबी थियो। ‘३ महिना २० दिनअगाडि यदि हामीले थाइल्याण्डबाट, ब्राजिलबाट, अन्य मुलुकबाट इम्पोर्ट गरिसकेको भए, ५० हजारदेखि ६० हजार मेट्रिक टन इम्पोर्ट गरेको भए आज त्यो अवस्था आउने थिएन,’ उनले भने।

नेपालमै रहेको चिनीको मूल्य छोटो अवधिमै बढ्नुको कारणसमेत अन्सारीले प्रश्न गरे। ‘त्यतिखेरको स्टक, त्यतिखेरको चिनी आजको दिनमा ८५ रुपैयाँ प्लस भ्याटबाट चाहिँ अहिले किन १०६ रुपैयाँ भयो त? यो ३ महिना २० दिनमा चिनीका बोराहरूमा चाहिँ हीरा र मोती पलाए कि?’ उनले प्रश्न गरे।

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार ०२:३२
प्रतिक्रिया

थप समाचार

एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा उद्यमी बटु लामिछाने मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले...

अरुण भ्याली हाइड्रोपावरले सेयरधनीलाई सवा २१ करोड लाभांश दिने

काठमाडौं। अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको भदौ २८ गते...

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

लगानीकर्तालाई आत्मविश्वास दिलाउन तदर्थवादलाई प्रश्रय दिने कानुन सुधार आवश्यक

उद्यम व्यवसायलाई छेकेर अप्ठयारोमा पार्ने सोंच राखेर आफ्नो उदेश्य पूरा गर्न सजिलो हुन्छ भन्ने पुरानो मानसिकता राखि बनाइएका कानूनहरु अझै पनि विद्यमान छन्।
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना