२०८३ कार्तिक १५ गते शनिवार

जेनजी सहिद परिवारको सम्मानमा ग्रुपका अध्यक्ष अक्षय गोल्याणको भावुक सन्देश

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
3

काठमाडौं। गोल्याण ग्रुपका अध्यक्ष एवं प्रवन्ध निर्देशक अक्षय गोल्याणले जेनजी सहिद परिवारप्रति सम्मान व्यक्त गर्दै सामाजिक सञ्जाल लिङ्क्डइनमा भावुक सन्देश जारी गरेका छन्।

जेनजी सहिद परिवार कल्याणकारी समाजले मंगलबार उनलाई सम्मान गरेको र सहिद परिवारसँग भेटघाट भएको सन्दर्भलाई लिएर गोल्याणले आफ्नो सामाजिक सञ्जालबाट यस्तो सन्देश जारी गरेका हुन्।

‘त्यहाँ भेला भएका सबैको मुहारमा पीडा ताजा थियो, मानौं घटना हिजोमात्रै भएको हो,’ जेनजी सहिद स्मृति दिवसको सम्झना गर्दै उनले लेखेका छन्, ‘प्रज्वलित हरेक दियोको ज्वालामा र मौन रहेका हरेक अनुहारमा त्यो पीडा महसुस गर्न सकिन्थ्यो।’

औपचारिक कार्यक्रम सकिएपछि गोल्याणले सहिद परिवारसँग भेटेको र त्यसले आफूलाई सोचमग्न बनाएको उल्लेख गरेका छन्। ‘त्यो कोठामा आँशुका बीच पनि आत्मीयता र न्यानोपन थियो, चिरपरिचित जस्तो सहजता झल्किन्थ्यो,’ उनले भनेका छन्, ‘किनभने एक वर्ष अवधिमा हामीबीच भएको निरन्तर भेटघाट, नानीबाबुहरु पढ्ने विद्यालय भ्रमण र कुराकानीले अपरिचित थिएनौं।’ कार्यक्रमस्थलमा देखिएको आत्मीयता नै सबैभन्दा ठूलो सम्मान भएको उनले बताएका छन्।

अक्षय नेतृत्वको गोल्याण ग्रुपले सामाजिक सहकार्यात्मक संस्था गोल्याण फाउण्डेशनमार्फत सहिदका सन्तानलाई कक्षा १२ सम्म शैक्षिकवृत्ति प्रदान गरेको छ भने शैक्षिकवृत्तिमा नसमेटिएका सहिद परिवारका बुवाआमालाई वार्षिक १० लाख रुपैयाँको स्वास्थ्य बीमा गरिदिएको छ।

फाउण्डेशनले घोषणाको एक वर्षमै प्रतिवद्धता कार्यान्वयन गरेको छ। अहिले २२ सहिदका ३१ जना बालबालिकाले शैक्षिकवृत्ति पाएका छन्। फाउण्डेशनले मासिक जनही ४० हजारको दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ खर्च गर्छ। त्यसैगरी २२ सहिदका ४३ बुवाआमा स्वास्थ्य बीमामा आवद्ध भएका छन्। पहिलो वर्षमै करिब ८ लाख रुपैयाँ बीमा दाबी रकम भुक्तानी भएको छ।

अक्षयले यो सहकार्यबाट सहिदका परिवारका सदस्यहरुलाई गोल्याण परिवारकै एक हिस्सा बनाएको उल्लेख गरेका छन्।

‘सहिदका छोराछोरीहरु हाम्रा पनि छोराछोरी हुन् र बुवाआमा हाम्रा पनि,’ उनले भनेका छन्, ‘हामी सम्मान, जिम्मेवारी र सहिदहरूको बलिदानलाई कहिल्यै नबिर्सने प्रतिबद्धताका साथ यो यात्रालाई सँगसँगै अघि बढाइरहेका छौं।’ सहिद परिवारसँगको एक वर्षको सम्बन्धले एउटै परिवारको आकार दिएको र आगामी यात्रा सँगसँगै अघि बढ्ने उनले बताएका छन्।

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार ०२:५८
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना