काठमाडौँ: मेटलाइफ नेपालका ग्राहकले काठमाडौं र पोखरास्थित सिवेक हस्पिटलका विभिन्न डायग्नोस्टिक सेवामा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
मेटलाइफ नेपालले आफ्ना ग्राहकलाई स्वास्थ्य सेवामा थप सुविधा उपलब्ध गराउने उद्देश्यले सिवेक हस्पिटलसँग सहकार्य गरेको हो।
सहकार्यअन्तर्गत ‘वान बाई मेटलाइफ’को डिजिटल लाइफ कार्ड भएका ग्राहक तथा उनीहरूका योग्य परिवारका सदस्यले सिवेक हस्पिटलमा उपलब्ध केही डायग्नोस्टिक सेवामा विशेष छुट पाउनेछन्।
मेटलाइफका अनुसार योग्य डिजिटल लाइफ कार्ड भएका ग्राहकका आश्रित परिवारका सदस्यअन्तर्गत आमाबुबा, पति वा पत्नी तथा छोराछोरीले समेत यो सुविधा लिन सक्नेछन्।
सहकार्यअनुसार इन–हाउस ल्याबोरेटरी सेवामा १० प्रतिशत, रेडियोलोजी सेवामा १० प्रतिशत र सीटी सेवामा १५ प्रतिशत छुट उपलब्ध हुनेछ।