काठमाडौँ: महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओ ९००१ः२०१५ बाट लगातार तेस्रो पटक प्रमाणित भएको छ।
गुणस्तर व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय सेवा प्रदान गर्न अब्बल रहेको भन्दै बैंक सन् २०२४ अगस्ट १६ देखि लागू हुने गरी पहिलोपटक प्रमाणित भएको थियो। त्यसपछि २०८२ साल भदौमा भएको पहिलो सर्भिलियन्स अडिटबाट बैंक पुनः प्रमाणित भएको थियो।
बैंकले साउनमा भएको तेस्रो सर्भिलियन्स अडिटबाट पुनः प्रमाणपत्र प्राप्त गरेको हो। उक्त प्रमाणपत्र साउन ३२ (सन् २०२६ अगस्ट १६) देखि लागू हुने बैंकले जनाएको छ।
प्रमाणपत्र प्राप्तिका लागि बैंकको नीति, नियम, प्रक्रिया, अभिलेखीकरण तथा समग्र व्यवस्थापन प्रणालीको जाँचसँगै विस्तृत अडिट गरिएको थियो।