२०८३ कार्तिक १५ गते शनिवार

एनसेलले बाढी प्रभावित क्षेत्रमा स्याटलाइट प्रविधिमार्फत सञ्चार सेवा उपलब्ध गराउँदै

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २४
NCELL

काठमाडौँ: एनसेलले भोटेकोशी नदीमा आएको बाढी प्रभावित क्षेत्रमा हाल भइरहेको खोज, उद्धार र राहत कार्यलाई सहज बनाउन तथा आपत्कालीन अवस्थामा समेत सञ्चार अवरुद्ध नहोस् भन्ने उद्देश्यले स्याटलाइट प्रविधिमा आधारित इन्टरनेट सेवा उपलब्ध गराउन थालेको छ ।

युटेलस्याटको लो अर्थ अर्बिट स्याटलाइटबाट सञ्चालित उपकरणहरू एनसेलले उद्धार, राहत र पुनर्स्थापना प्रयासमा संलग्न सम्बन्धित सरकारी निकायहरूसँग समन्वय गरी पहिचान गरिएका महत्त्वपूर्ण र आवश्यक स्थानहरूमा जडान गरिरहेको छ। यो प्रविधिले सञ्चार सञ्जाल अवरुद्ध भएको बेला समेत स्याटलाइट मार्फत इन्टरनेट सेवा प्रदान गर्ने कम्पनीले जनाएको छ।

बाढी प्रभावित समुदाय, होल्डिङ सेन्टर र राहत वितरण केन्द्र, अस्थायी शिविर, आपत्कालीन कार्य हुने स्थान लगायतका क्षेत्रमा यो प्रविधिले हालको अवस्थामा नि:शुल्क इन्टरनेट सेवा प्रदान गर्नेछ। हालसम्म यो प्रविधि मार्फत नुवाकोटका तीन महत्त्वपूर्ण स्थानमा सेवा उपलब्ध गराइएको छ भने बाढी प्रभावित अन्य स्थानमा जडान गर्ने कार्य जारी रहेको एनसेलले जानकारी दिएको छ।

यो प्रविधिमा जमिनमा जडान गरिएको उपकरणले स्याटलाइटबाट इन्टरनेट सिग्नल प्राप्त गर्दछ। त्यसपछि उक्त उपकरणले वरपरका क्षेत्रमा एक अर्को उपकरणमार्फत वाईफाई सेवा उपलब्ध गराउँछ । साधारण इन्टरनेट र मोबाइल सेवा उपलब्ध नभए पनि यो प्रविधिले इन्टरनेट सेवा दिने बताइएको छ।

यो प्रविधिले उच्च-गति र लो लेटेन्सी कनेक्टिभिटी प्रदान गर्दछ जसको अर्थ मानिसहरूले यसलाई सन्देश आदानप्रदान, इन्टरनेट-आधारित कल, महत्त्वपूर्ण जानकारी पहुँच, ब्राउजिङ र राहत प्रयासहरूको समन्वयका लागि प्रयोग गर्न सक्छन्।

एनसेलले यो सेवाका लागि नेपाल दूरसञ्चार प्राधिकरणलगायतका सरकारी निकायहरूबाट आवश्यक स्वीकृतिहरू प्राप्त गरिसकेको छ ।

‘हामीले सडक पूर्वाधार र सञ्चार सेवा गम्भीर रूपमा प्रभावित भएको नुवाकोटको तीन स्थानमा स्याटलाइट सञ्चार पहुँच स्थापना गरेका छौँ। यसले उद्धार तथा राहत कार्यलाई सहज बनाउनुका साथै प्रभावित स्थानीय वासीलाई यो कठिन समयमा सम्पर्कमा रहन मद्दत गर्नेछ,’ एनसेलका प्रमुख कर्पोरेट तथा नियामक अधिकृत डिल्ली राम श्रेष्ठले भने ।

पहिलो दिनदेखि एनसेलले बाढी प्रभावित क्षेत्रका ३ लाख भन्दा बढी प्रभावित ग्राहकहरूलाई हरेक दिन निःशुल्क भ्वाइस, डाटा र एसएमएस सेवा प्रदान गर्दै आएको छ। कम्पनीले एनसेल फाउन्डेसन मार्फत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा उद्धार, राहत र पुनर्स्थापना कार्यका लागि १ करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ।

प्रकाशित: २०८३ भदौ २४ गते बुधबार ०६:१९
प्रतिक्रिया

थप समाचार

सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवमा हेटौँडा शाखाद्वारा रक्तदान कार्यक्रम

हेटौँडा: सांग्रिला डेभलपमेन्ट बैंकको २२औँ वार्षिकोत्सवका अवसरमा हेटौँडा शाखाले रक्तदान कार्यक्रम आयोजना गरेको छ। नेपाल रेडक्रस सोसाइटीको सहयोगमा आयोजित कार्यक्रममा ४२ जनाले रक्तदान गरेका...

कामना विकास बैंक २०औँ वर्षमा, ८ स्थानमा रक्तदान कार्यक्रम गर्ने

काठमाडौँ: कामना सेवा विकास बैंकले आफ्नो २०औँ वार्षिकोत्सवको अवसरमा देशका आठ स्थानमा बृहत् रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ। बैंकका अनुसार कार्तिक १५ गते कोशी प्रदेशको विराटनगरमा र कार्तिक...

आईसीटी अवार्डका लागि चार विधामा ५० स्टार्टअप तथा इन्नोभेसनको छनोट

आईसीटी अवार्ड २०२६ अन्तर्गत स्टार्टअप तथा इनोभेसनसम्बन्धी चार विधाका ५० सेमिफाइनलिस्ट सार्वजनिक भएका छन्। अवार्डको ११औँ संस्करणका लागि प्राप्त २३० भन्दा बढी आवेदनबाट दुई चरणको छनोट प्रक्रियामार्फत...

कच्चा तेलको मूल्य बढेर ब्यारेलको ११७ डलरमाथि, महँगी बढ्ने जोखिम

काठमाडौँः अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ११७ डलर माथि पुगेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ब्यारेलको ११७.३ डलरमा कारोबार भएको आयल प्राइस डटकमले जनाएको छ। पश्चिम...

पोखरामा ‘पल्सर आरपीएम’ हुँदै, स्टन्ट र स्ट्रीट कल्चरको रोमाञ्चक अनुभव लिन पाइने

काठमाडौँ: युवामाझ लोकप्रिय मोटरसाइकल स्टन्ट, एक्सन स्पोर्ट्स र स्ट्रीट कल्चरलाई समेट्दै ‘पल्सर आरपीएम’ कात्तिक १४ गते पोखरामा आयोजना हुने भएको छ। पोखरा रंगशालास्थित अन्नपूर्ण स्केट पार्कमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना