काठमाडौं। सामाजिक संस्था अग्रवाल सेवा केन्द्रका सदस्यहरुको तर्फबाट भोटेकोसी त्रिशूली बाढीपीडितलाई सहयोग प्रदान गरिएको छ।
सेवा केन्द्रका अध्यक्ष गिरधारी अग्रवालले प्रधानमन्त्री विपद् दैवी राहत कोषमा ४१ लाख रुपैयाँको चेह हस्तान्तरण गरेका छन्। उक्त रकमको चेक अर्थमन्त्री डा. स्वार्णिम वाग्लेलाई अध्यक्ष अग्रवालले हस्तान्तरण गरेका हुन्।
यस्तै युवा मञ्चद्वारा वितरण गरिने १० लाख रुपैयाँको थप राहत सामग्रीको बारेमा पनि अर्थमन्त्री वाग्ललाई लाई जानकारी गराइएको थियो।