२०८३ भदौ ३० गते मङ्गलबार

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकले ल्यायो ‘बिज२४’ सेवा, वार्षिक मूल्य कति?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
final Mnemonic Biz24-01 (1)

काठमाडौँ: इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसायका लागि ‘बिज२४’ वाइफाइ सेवा सञ्चालनमा ल्याएको छ।

व्यवसायिक परिसरका हरेक कुनासम्म एकसमान र भरपर्दो वाइफाइ पहुँच उपलब्ध गराउने तथा क्लाउडमार्फत वाइफाइ सञ्जाल व्यवस्थापन गर्न सकिने गरी ‘बिज२४’ तयार गरिएको कम्पनीले जनाएको छ। यसमा ग्राहकका समस्या छिटो समाधान गर्न प्राथमिकता सहयोग सेवासमेत उपलब्ध हुनेछ।

वर्ल्डलिंकका बिक्री प्रबन्धक सतीश कृष्ण राजभण्डारीका अनुसार नेपालका धेरैजसो साना तथा मध्यम व्यवसाय अझै पनि घरायसी प्रयोजनका लागि प्रयोग हुने इन्टरनेट जडानमा निर्भर छन्। त्यसका कारण कार्यालय वा व्यवसायिक परिसरका केही स्थानमा वाइफाइ संकेत नपुग्ने, व्यवसाय सञ्चालनका महत्वपूर्ण समयमा इन्टरनेटमा समस्या आउने तथा सञ्जालको अवस्थाबारे पर्याप्त जानकारी नहुनेजस्ता समस्या देखिने गरेका छन्।

यिनै चुनौती समाधान गर्ने उद्देश्यले ‘बिज२४’ ल्याइएको राजभण्डारीले बताए। उनका अनुसार यसले व्यवसायलाई थप भरपर्दो, व्यवस्थित र व्यवसायिक स्तरको इन्टरनेट सम्पर्क उपलब्ध गराउनेछ। क्लिनिक, रेस्टुरेन्ट, साना तथा मध्यम आकारका मार्ट, स्टुडियो र सहकार्य कार्यालयलगायत विभिन्न व्यवसायको आवश्यकतालाई ध्यानमा राखेर सेवा तयार गरिएको उनले बताए।

‘बिज२४’ ले व्यवसायिक परिसरको भौतिक संरचना, क्षेत्रफल र आवश्यकताअनुसार उपयुक्त वाइफाइ समाधानको योजना तथा सुझाव उपलब्ध गराउने कम्पनीले जनाएको छ। एउटै राउटरमा निर्भर हुनुपर्ने अवस्थाको विकल्पका रूपमा यसले व्यवसायिक परिसरभरि व्यवस्थित वाइफाइ पहुँच उपलब्ध गराउनेछ।

‘बिज२४’ मा व्यवसायको आवश्यकता र आकारअनुसार सञ्जाल विस्तार गर्न सकिने सुविधा रहेको कम्पनीले जनाएको छ। यसमा सार्वजनिक स्थिर आईपी ठेगानासमेत उपलब्ध हुनेछ, जुन सीसीटीभी, विभिन्न सफ्टवेयर तथा अन्य सूचना प्रविधि सेवा सञ्चालनका लागि आवश्यक पर्न सक्छ।

‘बिज२४’ ‘राइज’, ‘ग्रो’ र ‘प्रो’ गरी तीन तहमा उपलब्ध छ। यी योजनामा २०० एमबीपीएसदेखि १ जीबीपीएससम्मको इन्टरनेट गति उपलब्ध हुने कम्पनीले जनाएको छ। मार्ट, रेस्टुरेन्ट, स्टुडियो, क्लिनिक, सहकार्य कार्यालय तथा मध्यम आकारका व्यवसायलाई लक्षित गरी सेवा तयार गरिएको हो।

‘बिज२४’ को वार्षिक मूल्य १३ प्रतिशत मूल्य अभिवृद्धि करबाहेक ३० हजार रुपैयाँदेखि सुरु हुने कम्पनीले जनाएको छ।

प्रकाशित: २०८३ भदौ २५ गते बिहिबार १२:११
प्रतिक्रिया

थप समाचार

बाढी पीडितका लागि फुड इम्प्यार सिंगापुरद्वारा ३० लाख ६९ हजार सहयोग

काठमाडौँ: म्याक कफी ब्राण्ड उत्पादक कम्पनी फुड इम्पायर होल्डिङ्स लिमिटेड सिंगापुरले नेपालका बाढी प्रभावित नागरिकका लागि २० हजार अमेरिकी डलर बराबरको सहयोग उपलब्ध गराएको छ। फुड इम्पायरले उक्त...

ह्युन्डाईको दसैं–तिहार अफर: ३ लाखसम्म नगद छुट, स्क्र्याच कार्डबाट ५ लाखसम्म जित्ने मौका

काठमाडौँ: ह्युन्डाई नेपालले दसैं, तिहार तथा छठलाई लक्षित गर्दै ‘ह्युन्डाई फेस्टिभल ड्राइभ २०८३’ अफर सार्वजनिक गरेको छ। नेपालमा ह्युन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले...

विपत्तिपछि पनि चीनको ग्यिरोङमै व्यवसाय पुनःसञ्चालनको तयारी गर्दै १३ सय नेपाली

काठमाडौं। चीनको स्वायत्त क्षेत्र सिजाङ (तिब्बत) अन्तर्गतको विपद्ग्रस्त ग्यिरोङ सहरमा रहेका एक हजार तीन सयभन्दा बढी नेपालीले बाढीपहिरोको ठूलो क्षतिपछि पनि त्यहीँ बसेर आफ्नो व्यवसाय पुनः सञ्चालन...

भोटेकोशी बाढीपछि सुरक्षित आवासको बहसः जग्गा किन्दा नै जोखिम हेर्न व्यवसायीको सुझाव

काठमाडौं। भोटेकोसी त्रिशूली विनाशकारी बाढीपहिरोले आवास निर्माण गर्दा घरको संरचनासँगै जग्गा छनोटमै जोखिम मूल्यांकन गर्नुपर्ने बहस अघि बढाएको छ। रियल इस्टेट व्यवसायीहरूले भविष्यमा बाढी,...

खल्तीले सुरु गर्‍यो ‘खल्ती होटल्स’, एउटै एपबाट होटल, उडान र बस बुकिङ गर्न सकिने

काठमाडौँः आईएमई खल्ती लिमिटेडले ‘खल्ती होटल्स’ सेवा औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ। नयाँ सेवामार्फत प्रयोगकर्ताले नेपालभरका ३ सयभन्दा बढी ३ देखि ५ तारे होटल खल्ती एपबाटै बुकिङ गर्न सक्नेछन्। होटल...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना