२०८३ भदौ ३० गते मङ्गलबार

चाडपर्व नजिकिँदै गर्दा सुन बजारको उल्टो दृष्य: गहना किन्ने भन्दा बेच्नेको भिड

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २५
gold_6

काठमाडौँ: चाडपर्व नजिकिँदै जाँदा नेपाली सुन बजारमा देखिने परम्परागत चहलपहल यसपालि फेरिएको छ। तीज, दशैं र तिहारका लागि नयाँ गहना जोड्नेभन्दा घरायसी खर्च व्यवस्थापन गर्न पुरानो गहना बिक्री गर्ने उपभोक्ताको संख्या बढेको व्यवसायीले बताएका छन्। सुनको अस्वाभाविक मूल्यवृद्धिसँगै आम्दानी र क्रयशक्ति खुम्चिँदा चाडपर्वमा समेत नेपाली परिवारको खर्च गर्ने प्राथमिकता बदलिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्यका अनुसार अहिले बजारमा नयाँ सुन खरिद गर्नेभन्दा पुरानो सुन बिक्री गर्न आउने ग्राहक करिब ७० प्रतिशत पुगेका छन्। बाँकी करिब ३० प्रतिशत उपभोक्ताले भने विवाह, सामाजिक संस्कार र पारिवारिक आवश्यकताका कारण मात्र नयाँ गहना खरिद गरिरहेका छन्।

‘तीजदेखि दशैं–तिहारसम्म गहना, मेकअप र सौन्दर्य सामग्रीको बिक्री हुने मुख्य समय हो। तर अहिले नेपालीहरूको क्रयशक्ति कमजोर भएकाले धेरैले पुरानो सुन बेचेर खर्च चलाउने सोच बनाएका छन,’ उनले भने। उनका अनुसार अहिले सुनको मूल्य ऐतिहासिक रूपमा बढ्नुमा विश्वव्यापी युद्धको वातावरण, आर्थिक अनिश्चितता र विभिन्न देशका केन्द्रीय बैंकहरूले सुन सञ्चिति बढाइरहेको अवस्थाले प्रभाव पारेको छ। यही कारण आगामी दिनमा पनि सुनको मूल्य उच्च रहने उनको अनुमान छ।

‘मेरो आकलनमा सुनको मूल्य घटेर तीन लाख रुपैयाँ प्रतितोलाभन्दा तल आउने सम्भावना कम छ। परिस्थिति झन् जटिल भए चार लाख रुपैयाँसम्म पुग्न पनि सक्छ,’ उनले भने। शाक्यले अहिले उपभोक्ताले आत्तिएर सुन बेच्नु उपयुक्त नहुने धारणा पनि राखे। उनका अनुसार मूल्य निरन्तर बढिरहेको अवस्थामा बिक्री गर्दा उपभोक्ताले सम्भावित लाभ गुमाउन सक्छन्।

उनले नेपाल र भारतबीच सुनको मूल्य अन्तर घटाउन भन्सार दर पुनरावलोकन गर्न सरकारलाई आग्रह गरे। भारतको तुलनामा नेपालमा सुन महँगो हुँदा खुला सीमाबाट अनौपचारिक कारोबार बढ्ने जोखिम रहेको उनको भनाइ छ।

पुरानो सुन बेच्न आउने ग्राहकहरुलाई व्यवसायीले तत्काल नगद उपलब्ध गराउन कठिन भइरहेको पनि उनले बताए। पुरानो सुन बेच्न आउनेहरुलाई अहिले अधिकांश व्यवसायीले १५ देखि २० दिनको अवधिमा चेकमार्फत भुक्तानी गर्ने व्यवस्था अपनाइरहेका छन्। ‘पुरानो सुन पगालेर शुद्धीकरण गरी पुनः प्रयोग गर्नुपर्ने भएकाले समय लाग्छ,‘ उनले भने।

शाक्यका अनुसार अहिले बजारमा पुरानो गहना पर्याप्त मात्रामा संकलन भएको छ। पहिले बजारको करिब आधा आवश्यकता आयातबाट पूरा हुने गरेपनि अहिले करिब ८० प्रतिशत कच्चा पदार्थ पुरानो सुन पुनःप्रशोधनबाट व्यवस्थापन भइरहेको छ।

सुनसँगै चाँदीको माग पनि औद्योगिक प्रयोगका कारण बढिरहेको उनले बताए। विद्युतीय उपकरण, सौर्य प्रविधिलगायत क्षेत्रमा चाँदीको प्रयोग बढेकाले यसको मूल्य पनि थप उकालो लाग्ने सम्भावना रहेको उनको भनाइ छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष महेन्द्ररत्न शाक्य

यद्यपि, उनले हिराको बजार भने स्थिर रहेको बताए। प्रयोगशालामा उत्पादन हुने ‘ल्याब–ग्रोन डायमण्ड’को विस्तारले प्राकृतिक हिराको माग प्रभावित भए पनि सुनको विकल्प भने अझै विकसित हुन नसकेको उनको तर्क छ। ‘सुन केवल गहना होइन, नेपाली परिवारको सामाजिक सुरक्षा र बचतको माध्यम पनि हो। सकेसम्म आत्तिएर बेच्ने होइन, दीर्घकालीन लगानीका रूपमा सुरक्षित राख्ने समय यही हो,‘ शाक्यले भने।

नेपालमै खारिएको तेजाबी सुनको छुट्टै मूल्य तोक्न माग

नेपालमै परम्परागत रूपमा खारिएको ‘तेजाबी सुन’को छुट्टै मूल्य निर्धारण गर्नुपर्ने आवश्यकता रहेको शाक्यले बताएका छन्। बजारमा यस्ता सुनको कारोबार उल्लेख्य रूपमा बढेकाले पहिलेजस्तै यसको मूल्य निर्धारण आवश्यक भएको उनको भनाइ छ।

शाक्यका अनुसार नेपालमा विगतदेखि नै तेजाब प्रयोग गरेर सुन खार्ने परम्परागत प्रणाली रहेको छ। यसअघि बजारमा विदेशी कम्पनीको हलमार्क भएको ‘छापा सुन’ र नेपालमै खारिएको ‘तेजाबी सुन’को फरक मूल्य तोकिने व्यवस्था थियो।

पछिल्ला वर्षमा भने छापा सुनकै मूल्य मात्रै निर्धारण हुने गरेको उनले बताए। उनका अनुसार हाल बजारमा तेजाबी सुनको मात्रा बढ्दै गएको छ। ‘हामीले खारेका सुनहरू अहिले बजारमा धेरै छन्। त्यसैले तेजाबी सुनको पनि छुट्टै भाउ तोकिनुपर्छ भनेर माग गरिरहेका छौं,‘ उनले भने।

शाक्यले नेपालमा सुन प्रशोधन गर्ने क्षमता रहेकाले स्वदेशमै खारिएको सुनको मूल्यांकन पनि त्यसअनुसार हुनुपर्ने धारणा राखे। यसले बजारमा पारदर्शिता बढ्ने र उपभोक्तालाई पनि स्पष्ट मूल्य प्रणाली उपलब्ध हुने उनको विश्वास छ।

उनले सुनको कारोबारमा उपभोक्ताले पनि मूल्य बढेको समयमा हतारमा बिक्री वा खरिद नगरी बजारको अवस्था विश्लेषण गरेर मात्रै निर्णय लिनुपर्ने सुझाव दिए। विशेष आवश्यकता बाहेक सम्पूर्ण गहना एकैपटक बेच्ने वा किन्ने निर्णय उपयुक्त नहुने उनको भनाइ छ।

प्रकाशित: २०८३ भदौ २५ गते बिहिबार ०१:०३
प्रतिक्रिया

थप समाचार

पर्यटन विधेयक पुनर्लेखनको चरणमा जान सक्छ: मन्त्री पौडेल 

काठमाडौँ: ‘पर्यटन विधेयक, २०८१’ माथि छलफल गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेल (गनेस)ले ऐनलाई चुस्तदुरुस्त बनाउँदै नियमावलीलाई समयअनुकूल र लचिलो बनाउनुपर्ने बताएका...

घरजग्गा कारोबारमा फर्कियो रौनक, काठमाडौँमा मात्रै १५६ प्रतिशतको उछाल

ललितपुरमा १३६.९२ प्रतिशत, पोखरामा १०८.७१ प्रतिशत, भरतपुरमा ६३.०४ प्रतिशत, विराटनगरमा ४७.५९ प्रतिशत र वीरगञ्जमा २९.१९ प्रतिशतले कारोबार बढेको छ।

विकास आयोजनका लागि ऊर्जाको ६ बुँदे अवधारणा: अनिवार्य बीमादेखि सुरुङ मार्गको पुनर्संरचनासम्म

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विकास आयोजनाको सुरक्षाका लागि नयाँ अवधारणा अघि सारेको छ। रसुवाको भोटेकोशी नदीमा हालै आएको बाढीले जलविद्युत् आयोजनाहरूमा ठुलो क्षति र सुरक्षा...

असोज पहिलो सातादेखि पोखरा–दुबई सिधा उडान

दुबईदेखि पोखराका लागि उडेको फ्लाइ दुबईको जहाज आगामी असोज ७ (सेप्टेम्बर २३) को साँझ ६ः१५ बजे पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने कार्यतालिका सार्वजनिक भएको छ। त्यस उपलक्ष्यमा नेपालको...

कैलाली पुगेर चन्द्र ढकालले भने: विपत्तिबीच निर्माण रोक्नु हुँदैन

काठमाडौँ: आईएमई ग्रुपका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान अध्यक्ष चन्द्रप्रसाद ढकालले प्राकृतिक विपत्तिका कारण देशका विभिन्न भाग प्रभावित भइरहे पनि दीर्घकालीन पूर्वाधार...
nepal_india_china
आर्थिक नीति

चीनको विदेशी मुद्रा सञ्चिति ३४ खर्ब ३८ अर्ब डलर, भारत र नेपालको कति?

चीनको विदेशी विनिमय सञ्चिति लोभलाग्दो छ। सधैं व्यापार बचतमा रहेको चीन विश्वकै सबैभन्दा धेरै विदेशी मुद्रा सञ्चिति रहेको मुलुक हुँदै आएको छ। पिपुल्स बैंक अफ चाइनाका अनुसार विदेशी विनिमय सञ्चिति...
sanima
कर्पोरेट

भोटेकोशी बाढीपीडितलाई सानिमा हाइड्रो ग्रुपको ५१ लाख सहयोग

काठमाडौं। गैरआवासिय नेपालीले स्थापना गरेको सानिमा हाइड्रो ग्रुपले भोटेकोशी त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकका लागि आर्थिक सहयोग गरेको छ। ग्रुपले बिहीबार ऊर्जा जलस्रोत...
cablecar
पूर्वाधार

१२ अर्बमा वराहक्षेत्रदेखि छिन्ताङसमम्म चल्ने केवलकार बन्दै, डीपीआर अन्तिम चरणमा

निजी लगानीमा सुनसरीको वराहक्षेत्रबाट धनकुटाको छिन्ताङसम्म १२ किलोमिटर लामो केबलकार परियोजना अघि बढेको छ। केबलकार वराहक्षेत्र, उदयपुरको मैनामैनी हुँदै धनकुटाको छिन्ताङसम्म पुग्नेछ।
733209469_10100252397905945_1825902203542884960_n
कला

यस्तो छ, तीज गीतमा अनमोल गिरीको ‘पट–लक’ योजना

नवोदित गीतकार अनमोल गिरीले भने यो तीजको सेरोफेरोमा आफ्नो नुतन गीत मार्फत् ‘पट–लक’ गर्ने योजना देखाइदिएका छन्।
Hydro
पूर्वाधार

अरुण किमाथांका बनाउन भीयुसीएलले माग्यो लाइसेन्स, पाँच वर्षमा सक्ने, ९४ अर्ब लाग्ने

आयोजना आगामी २०८८ असारमा सम्पन्न गर्ने लक्ष्य रहेको कम्पनीले जनाएको छ। प्रस्तावित आयोजना बनाउन ९३ अर्ब ८० करोड रुपैयाँ लाग्ने अध्ययनले देखाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना