काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडले दुई कम्पनीमा लगानी गरेको छ।
बुधबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले दीर्घकालीन लगानी गर्ने नीतिअनुसार विजय सुगर मिल्स लिमिटेड र भिजन टेस्ला पावर लिमिटेडमा कूल ४० करोड रुपैयाँ लगानीको निर्णय गरेको हो।
हाथवेले विजय श्री सुगर मिल्स लिमिटेडमा प्रतिसेयर १०० रुपैयाँका दरले २५ करोड रुपैयाँबराबरको २५ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने भएको छ।
यसैगरी भिजन टेस्ला पावरले संखुवासभाको मकालु गाउँपालिकामा बनाइरहेको २४.९२ मेगावाट क्षमताको इन्दुवा खोला अर्धजलासयजलविद्युत् आयोजनामा प्रतिसेयर १०० रुपैयाँका दरले १५ करोड रुपैयाँबराबरको १५ लाख कित्ता संस्थापक सेयर खरिद गर्ने निर्णय गरेको छ।
हाथवेले लगानीलाई क्षेत्रगत रूपमा विविधीकरण गर्दै दीर्घकालीन लगानी गर्ने नीतिअनुसार यी दुई कम्पनीमा लगानी गर्ने निर्णय गरेको जानकारी दिएको छ।