इलाम– इलामको माङ्सेबुङ–५ बाह्रलाखे माङमिक्तोक्ला टोलमा आगलागी हुँदा आठ घर जलेर पूर्ण रूपमा नष्ट भएका छन्। स्थानीय समिर चेम्जोङको घरबाट सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। स्थानीय पत्रकार सुमन लावतीका अनुसार घटनाको पूर्ण विवरण आउन सकेको छैन।
गए राती करिब २ बजेबाट आगलागी भएको थियो। स्थानीय तथा प्रहरीको सहभागितामा आगो नियन्त्रणमा लिने प्रयास भइरहेको छ। आगलागीबाट के–कति क्षति भयो भन्ने अझै यकिन भइसकेको छैन।
आगलागी पूर्ण रूपमा नियन्त्रणमा आइनसकेकाले क्षतिको विवरण आउन बाँकी रहेको बताइएको छ। आगलागी के कारणले भयो भन्नेबारे खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ।



