२०८३ कार्तिक १४ गते शुक्रबार

‘झिँगेदाउ गर्दिनका लागि गरेको चलचित्र हो, तर जीवनभर सम्झिनलायक काम बन्यो’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
anchal_sharma

नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र नर्माण टिम उत्साहित छ।

अभिनेत्री आँचल शर्मा पनर ‘झिङ्गेदाउ २’ पहिलो भागभन्दा मनोरञ्जन, रमाइलो र सन्देशका हिसाबले अझ समृद्ध रहेको दाबी गर्छिन्। आँचलका अनुसार पहिलो भाग दर्शकले मन पराइसकेकाले दोस्रो भागमा टिममाथि स्वाभाविक रूपमा दबाब रहेको बताउँछिन्। ‘झिङ्गेदाउ’ ले बनाएको अपेक्षा पूरा गर्न सकिन्छ कि सकिँदैन भन्ने चिन्ता रहेपनि आफूहरू सफल हुने महसुस भइरहेको उनको भनाइ छ। यिनै विषयमा केन्द्रित रहेर नेपाल न्युज बैंकले अभिनेत्री शर्मासँग गरेको कुराकानीको सम्पादित अंश–

‘झिङ्गेदाउ २’ कुन विषयबस्तुमा केन्द्रित फिल्म हो?

यसको सिक्वेल पहिलेभन्दा सबै कुरा एडेड छ जस्तो लाग्छ। इन्टरटेनमेन्ट पनि डबल छ, रमाइलो पनि डबल छ र सन्देश पनि डबल छ जस्तो लाग्छ। ‘झिङ्गेदाउ’ केवल एउटा चलचित्र नभएर मेरो अभिनय यात्राकै महत्त्वपूर्ण मोड हो। ‘झिङ्गेदाउ’ आफूले पहिले निर्वाह गरेका भूमिकाभन्दा चलचित्रको पात्र बिल्कुलै फरक लागेको थियो।  मैले ‘यसमा मलाई किन रोज्नुभएको ? यो त केही सेन्स नै गरेन’ जस्तो भएको थियो। गर्दिनलाई गर्देको चलचित्र हो खासमा। निर्देशक ज्ञानेन्द्र देउजाको कामप्रतिको समर्पण र पुराना चलचित्रबारे खोजेपछि केही सिक्ने उद्देश्यले काम गरेको थिएँ। तर अपेक्षा नगरेको चलचित्र नै आफ्नो जीवनभर सम्झनलायक काममध्ये एक बन्यो।

सिक्वेल किन बन्यो? के फरक छ?

‘सिक्स इयर्सपछि ‘टु’ आइरहँदाखेरी डेफिनेट्ली एउटा पात्रमा पनि परिमार्जन हुँदै आयो जस्तो लाग्छ। म, आँचल शर्मा पनि ठूलो हुँदै आएँ जस्तो लाग्छ, अझै सिकेँ जस्तो लाग्छ। समयसँगै ममामा आएको परिपक्वताले पात्रलाई पहिलेभन्दा विभिन्न कोणबाट बुझ्न र न्याय गर्न सहज भएको अनुभूति भएको छ।

केकीसँगको ट्युनिङ मिलेको देखिन्छ। कत्तिको सहज भयो काम गर्न?

दिदी म तपाईंलाई भुताल्छु, तपाईं मैंले भुतालेको जस्तो गर्नु भनेर भनेपछि हाम्रो ट्युनिङ मिल्थ्यो। केकीसँगको मित्रता र आपसी समझदारीका कारण कठिन दृश्यहरू पनि सहज भयो। एकअर्कासँग सल्लाह गरेर दृश्य तयार गर्ने भएकाले अभिनयमा स्वाभाविकता ल्याउन मद्दत पुग्यो।

तर पर्दामा देखिने झगडा त्यति सहज भने थिएन। रुख चढेर अभिनय गर्नुपर्ने दृश्यमा म निकै डराएको थिएँ। त्यति अग्लो रुखमा कहिल्यै नचढेको र त्यसमाथि हिँड्दै अभिनय गर्नुपर्ने भएकाले दुर्घटनाको डरसमेत लागेको थियो। म अत्तालिहालेँ भने केकी दिदीले समातिहाल्नुहुन्थ्यो र केकी दिदी अत्तिँदा मैले समातिहाल्थेँ।

चलचित्रमा हुने कुटपिटका दृश्यले शारीरिक पीडा पनि दियो। कपाल दुख्ने, लड्दा नीलडाम बस्ने समस्या आए। चलचित्र राम्रो चलेपछि ती सबै सम्झना रमाइलो लाग्ने रहेछन्।

छुच्चोपना निकाल्न कत्तिको सहज बन्यो? 

म स्पष्ट रूपमा कुरा राख्ने भए पनि पर्दामा देखाइने किसिमको लुछाचुँडी र झगडा भने वास्तविक जीवनमा गरिनँ। पात्रभित्रको छुच्चोपना र आक्रामकता आफूभित्र केही हदसम्म भएको चाहिँ स्वीकार्छु। त्यसलाई बाहिर ल्याउन स्क्रिप्ट, सहकलाकार र विशेषगरी केकीको अभिनयले सहयोग गर्‍यो।

सहकलाकारले दिएको प्रतिक्रिया र ऊर्जा नै अभिनयलाई जीवन्त बनाउने महत्त्वपूर्ण आधार रहेछ।

चलचित्र पारिवारिक झगडा र बुहारी–सासूबीचको सम्बन्ध अहिलेको समाजमा कति सान्दर्भिक छ?

झगडाको शैली समयसँगै बदलिएको हुन सक्छ, तर पारिवारिक मनमुटाव र सम्बन्धमा आउने उतारचढाव अझै समाजका विभिन्न तहमा विद्यमान छन्। नेपालका विभिन्न भूगोल तथा समुदायमा फरक–फरक सामाजिक यथार्थ रहेका छन्। चलचित्रले धेरै दर्शकलाई आफ्नै परिवेशसँग जोड्न सक्छ।

चलचित्रको उद्देश्य केवल मनोरञ्जन दिनु होइन, दर्शकलाई आत्ममूल्याङ्कन गर्ने अवसर दिनु पनि हो। हामीले चाहिँ यी बुहारीहरू जस्तो गर्नुहुँदैन है, यी पात्रहरूले जस्तो झगडा गर्नुहुँदैन। समाज हामीले त यसरी लानुपर्छ, हाम्रो घरगृहस्थी यसरी लानुपर्छ भन्ने सिक्ने मौका पनि हो जस्तो लाग्छ।

बुहारीलाई दबिएर बस्नुपर्ने परम्परागत धारणाको पक्षमा म छैन। बुहारी हुनु भनेको निश्चित सामाजिक भूमिकामा सीमित हुनु होइन, मानवताको हिसाबले आफ्नो जिम्मेवारी पूरा गर्नु हो।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार १२:१६
प्रतिक्रिया

थप समाचार

इतिहास बनाएको मलयालम फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’अब डिगोमा

काठमाडौँ: एक फिल्मले मलयालम फिल्म क्षेत्रमा नयाँ इतिहास रचेको छ। २५ करोड भारतीय रुपैयाँको बजेटमा निर्माण भएको रोमान्टिक कमेडी फिल्म ‘बेथलेहेम कुटुम्ब युनिट’ले विश्वभरबाट करिब ३ सय ३० करोड...

स्वस्तिमाको ‘मायालाई के दिऊँ म बैना’ले बनायो ५ करोड भ्युजको रेकर्ड

काठमाडौं । फिल्म ‘लालीबजार’को लोकप्रिय गीत ‘मायालाई के दिऊँ म बैना’ले युट्युबमा पाँच करोडभन्दा बढी भ्युज पाएको छ। सार्वजनिक भएको करिब सात महिनामै गीतले यो सफलता हासिल गरेको हो। युट्युब च्यानलमा...

काठमाडौँ फिल्म फेस्टिभलमा शबाना आजमीसहित अन्तर्राष्ट्रिय चलचित्रकर्मी सहभागी हुने

नेपाली चलचित्रको संरक्षणलाई प्राथमिकता दिँदै महोत्सवमा सन् १९७० र १९८० को दशकमा निर्माण भएका ‘कुमारी’ र ‘के घर के डेरा’ प्रदर्शन गरिने महानगरपालिकाले जनाएको छ।

२४९ रुपैयाँ तिरेर डिगोमा के हेर्न पाइन्छ ?

काठमाडौँ: नेपालको ठूलो ओटीटी प्लाटफर्म डिगोले नेपाल तथा डायस्पोरामा रहेका दर्शकलाई लक्षित गर्दै नेपाली फिल्महरू ल्याएको छ । ‘लालीबजार’ मार्फत सुरुआत गरेको डिगोमा प्रति महिना २ सय ४९ रुपैयाँ...

चाडपर्व बिदामा घरमै बसेर हेर्नुहोस् यी ८ नयाँ नेपाली चलचित्र 

काठमाडौँ: नेपाली चलचित्रको डिजिटल प्रदर्शनलाई प्रवर्द्धन गर्दै आएको ओटीटी प्लेटफर्म ‘सिनेमाघर’ले दशैं–तिहार र छठलाई लक्षित गर्दै ‘दशैं–तिहार मुभी मेला’ आयोजना गरेको छ। मेलाअन्तर्गत दर्शकले...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना