२०८३ कार्तिक १४ गते शुक्रबार

टीभीएस नेपालको दशैं योजना सार्वजनिक, १० लाख नगद छुटदेखि शतप्रतिशत क्यासब्याकसम्म

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, भदौ २८
tvs

काठमाडौँ: टीभीएस नेपालले दशैं लक्षित नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ नामक चाडपर्व योजना ल्याएको हो।

योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ। ग्राहकले अधिकतम १० लाख रुपैयाँसम्म नगद छुट, ‘गोल्ड की’ वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार पाउनेछन्।

हरेक खरिदमा निश्चित पुरस्कारको व्यवस्था गरिएकाले यस योजनामार्फत दशैंमा टीभीएसका दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकले अतिरिक्त लाभ लिन सक्ने कम्पनीको भनाइ छ।

योजनामा दैनिक लक्की ड्रको व्यवस्थासमेत गरिएको छ। लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउने अवसर प्राप्त गर्नेछन्। यसले सवारीसाधन खरिदपछि ग्राहकलाई दीर्घकालीन सेवा सुविधासमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ।

त्यस्तै, दशैंमा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि सहज फाइनान्स सुविधाको व्यवस्था गरिएको छ। फाइनान्स सुविधा भने सम्बन्धित नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ।

योजनाको शुभारम्भ गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई लक्षित गरी ग्राहकलाई थप मूल्य र आकर्षक अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए। उनका अनुसार प्रत्येक ग्राहकलाई निश्चित पुरस्कारसँगै दैनिक लक्की ड्रमार्फत थप लाभ प्राप्त गर्ने अवसर दिइएको छ।

जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई केन्द्रमा राखेर योजना तयार गरिएको बताए। उनका अनुसार निश्चित पुरस्कार, दैनिक लक्की ड्र र सहज फाइनान्स सुविधाले टीभीएसका दुईपांग्रे सवारीसाधनको खरिदलाई थप सहज र आकर्षक बनाउनेछ।

नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र वितरकका रूपमा रहेको जगदम्बा मोटर्सले देशभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गरेको जनाएको छ। कम्पनीले बिक्रीपछिको सेवा, सवारीसाधन तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ।

‘टीभीएस गोल्डेन की’ योजनाका नियम तथा सर्तहरू लागू हुनेछन्।

प्रकाशित: २०८३ भदौ २८ गते आईतबार ०२:३८
प्रतिक्रिया

थप समाचार

‘मिनी टिलर’ गोरुको विकल्प बन्दै

भोजपुर। दुर्गम पहाडी जिल्ला भोजपुरमा गोरुको विकल्पकारुपमा मिनी टिलरको प्रयोग बढ्दै जान थालेको छ । पछिल्लो समय जिल्लामा मिनी टिलरको बिक्री बढेको सिद्धकाली सप्लार्यसका प्रोपाइटर बाजिम मगरले...

ईभीमा प्राइसवारको असरः बीवाईडीको आम्दानी अनुमानभन्दा कम, नाफा १.५ अर्ब डलर

एजेन्सी। चिनियाँ विद्युतीय सवारी साधन (ईभी) निर्माता बीवाईडी अटोमोटिभ कम्पनीले अपेक्षाभन्दा कमजोर तेस्रो त्रैमासिक आम्दानी विवरण सार्वजनिक गरेको छ। यसले चिनियाँ अटोमोबाइल निर्माताहरूले...

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना