काठमाडौँ: टीभीएस नेपालले दशैं लक्षित नयाँ उपभोक्ता योजना सार्वजनिक गरेको छ। नेपालका लागि टीभीएस दुईपांग्रे सवारीसाधनको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रालिले ‘टीभीएस गोल्डेन की’ नामक चाडपर्व योजना ल्याएको हो।
योजनाअन्तर्गत टीभीएसको कुनै पनि मोटरसाइकल वा स्कुटर खरिद गर्ने ग्राहकले तीनमध्ये एक निश्चित पुरस्कार प्राप्त गर्ने कम्पनीले जनाएको छ। ग्राहकले अधिकतम १० लाख रुपैयाँसम्म नगद छुट, ‘गोल्ड की’ वा खरिद मूल्यको शतप्रतिशतसम्म क्यासब्याकमध्ये कुनै एक पुरस्कार पाउनेछन्।
हरेक खरिदमा निश्चित पुरस्कारको व्यवस्था गरिएकाले यस योजनामार्फत दशैंमा टीभीएसका दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकले अतिरिक्त लाभ लिन सक्ने कम्पनीको भनाइ छ।
योजनामा दैनिक लक्की ड्रको व्यवस्थासमेत गरिएको छ। लक्की ड्रमार्फत हरेक दिन दुई जना ग्राहकले पाँच वर्षसम्म निःशुल्क सर्भिस पाउने अवसर प्राप्त गर्नेछन्। यसले सवारीसाधन खरिदपछि ग्राहकलाई दीर्घकालीन सेवा सुविधासमेत उपलब्ध गराउने कम्पनीले जनाएको छ।
त्यस्तै, दशैंमा टीभीएसका मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकका लागि सहज फाइनान्स सुविधाको व्यवस्था गरिएको छ। फाइनान्स सुविधा भने सम्बन्धित नियम तथा सर्तअनुसार उपलब्ध हुने जनाइएको छ।
योजनाको शुभारम्भ गर्दै जगदम्बा मोटर्सका उपाध्यक्ष दीपक रौनियारले दशैंलाई लक्षित गरी ग्राहकलाई थप मूल्य र आकर्षक अवसर प्रदान गर्ने उद्देश्यले योजना ल्याइएको बताए। उनका अनुसार प्रत्येक ग्राहकलाई निश्चित पुरस्कारसँगै दैनिक लक्की ड्रमार्फत थप लाभ प्राप्त गर्ने अवसर दिइएको छ।
जगदम्बा मोटर्सका कार्यकारी निर्देशक अखिल गुप्ताले ग्राहकलाई केन्द्रमा राखेर योजना तयार गरिएको बताए। उनका अनुसार निश्चित पुरस्कार, दैनिक लक्की ड्र र सहज फाइनान्स सुविधाले टीभीएसका दुईपांग्रे सवारीसाधनको खरिदलाई थप सहज र आकर्षक बनाउनेछ।
नेपालमा टीभीएस मोटर कम्पनीको एकमात्र वितरकका रूपमा रहेको जगदम्बा मोटर्सले देशभर आफ्नो बिक्री तथा सेवा सञ्जाल विस्तार गरेको जनाएको छ। कम्पनीले बिक्रीपछिको सेवा, सवारीसाधन तथा प्रविधिको क्षेत्रमा काम गर्दै आएको छ।
‘टीभीएस गोल्डेन की’ योजनाका नियम तथा सर्तहरू लागू हुनेछन्।