काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको बिहीबार नतिजा सार्वजनिक भयो।
भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको नतिजा सार्वजनिक भएकोमा २ जनाले १०–१० लाख रुपैयाँ र ३१ जनाले १ लाख रुपैयाँ जिते।
१ लाख जित्नेमा एक जना बाढी पीडितका लागि सहयोग गरेका व्यक्ति पनि परेका थिए।
प्रधानमन्त्री राहत कोषमा एक हजार रुपैयाँ सहयोग गरेका व्यक्ति पनि छनोटमा परेकोमा ती व्यक्ति करदाता प्रोत्साहन उपहारका लागि योग्य नहुने विभागले जनाएको छ।
वस्तु तथा सेवा खरीद गरेको र बिल लिएको अवस्थामा मात्र उक्त कार्यक्रममा सहभागी हुन योग्य हुने भन्दै प्रधानमन्त्री राहत कोषमा जम्मा गरेर करदाता प्रोत्साहन पुरस्कारका लागि छनोटमा परेका व्यक्तिले उक्त पुरस्कार नपाउने विभागले जनाएको छ।


