२०८३ असोज ४ गते आईतबार

निर्णय भएको दशकपछि छेला औद्योगिक क्षेत्रलाई जग्गाको भोगाधिकार

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २
chhela

महेन्द्रनगर: कञ्चनपुरको बेदकोट नगरपालिकामा २०७२ सालमा छेला औद्योगिक क्षेत्र बनाउने सरकारले निर्णय गरेको एक दशकपछि औद्योगिक क्षेत्र स्थापनाका लागि जग्गाको भोगाधिकार प्रदान गरिएको छ ।

बेदकोट नगरपालिका-२ र ३ को वन क्षेत्रलाई २०७२ सालमा सरकारले चार किल्ला तोकेर औद्योगिक क्षेत्र बनाउने निर्णय भएको थियो । सुदूरपश्चिम प्रदेशकै औद्योगिक क्षेत्रको विकास एवं विस्तारका लागि २०५२ सालमा प्रस्ताव गरिएको दैजी छेला औद्योगिक क्षेत्रको काम वन क्षेत्र प्रयोग गर्न पाउने मन्त्रिपरिषद्को स्वीकृतीपछि काम अघि बढ्दै छ।

औद्योगिक क्षेत्र स्थापनाको काम सरकारी प्रक्रियागत अल्झनले ढिलाइ हुँदै आएको थियो । हालै मन्त्रिपरिषद् बैठकले दैजी छेला औद्योगिक क्षेत्र निर्माणका लागि राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति दिने निर्णय हो । दैजी औद्योगिक क्षेत्र सम्पर्क कार्यालयका प्रमुख प्रदीप पराजुलीले औद्योगिक क्षेत्र स्थापनाका लागि मन्त्रिपरिषद्‌बाट वन क्षेत्र प्रयोग गर्न स्वीकृति मिलेसँगै औद्योगिक क्षेत्र स्थापनाले गति पाउने जानकारी दिए।

‘गत वर्षको साउनमा फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय पुगेको थियो’, उनले भने, ‘अब रुख कटान र भोगाधिकारको समस्या रहेन ।’ उनका अनुसार १३६ दशमलव ५९ हेक्टर (२०२ बिघा) क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापनाको प्रस्ताव भएको छ। यसअघि ३४५ बिघामा प्रस्ताव भएको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले कञ्चनपुरको बेदकोट नगरपालिकामा प्रस्तावित दैजी क्षेत्र औद्योगिक क्षेत्रको शिलान्यास गरेका थिए।

वि.सं. २०७७ मा शिलान्यास भएको औद्योगिक क्षेत्र स्थापनाको काम रुख कटान र भोगाधिकारको विषयको फाइल कृषि, वन तथा पर्यावरण मन्त्रालय वरिपरि घुमिरहेको थियो । २०७९ फागुनमा बेदकोट नगरपालिका–२ मा औद्योगिक क्षेत्रको कार्यालयसमेत स्थापना भएको छ । तर कर्मचारीविहीन अवस्थामा छ।

यो वर्ष छेला औद्योगिक क्षेत्र बाहिरको पहुँच मार्गका लागि भन्दै रु दुई करोड ५० लाख विनियोजन भएको छ। डिभिजन वन कार्यालय कञ्चनपुरले गत वर्ष साउनमा रायसहितको उक्त फाइल वन मन्त्रालयमा पेस गरेको भए पनि प्रक्रियागत अल्झनले औद्योगिक क्षेत्र स्थापनामा झन ढिलाइ भइरहेको थियो ।

यता कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष दिनेश मल्लले निजी क्षेत्रले लामो समयदेखि औद्योगिक क्षेत्र स्थापनाको मागसहित दबाब दिँदै आएको बताए। ‘सबै प्रक्रिया पूरा भएर अब स्थलगत काम गर्ने वातावरण बन्नु सुखद् विषय हो । अब निर्माणलाई तीव्रता दिनुपर्छ’, उनले भने, ‘औद्यागिक क्षेत्र स्थापना भए यहाँ रोजरागीका साथै आर्थिक गतिविधि बढ्ने छ।’

त्यसैगरी बेदकोट नगरपालिका-२ का वडाध्यक्ष नरेशबहादुर सिंहले वन क्षेत्रको प्रयोग गर्न मन्त्रिपरिषद्को निर्णय भएसँगै औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले निर्माणका लागि थप कार्य अघि बढाएको बताए। ‘यसले समग्र सुदूरपश्चिमका नागरिकलाई रोजगारी सृजना गर्ने र उद्योगी व्यवसायीलाई उद्योग स्थापना र सञ्चालनमा सहज वातावरण बनाउनेछ’, उनले भने, ‘यहाँ लामो समयदेखि स्थानीय नागरिक रोजगारीको आशामा बसेका थिए। अब पूरा हुने देखिन्छ ।’

प्रकाशित: २०८३ असोज २ गते शुक्रबार ०४:२१
प्रतिक्रिया

थप समाचार

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

शतप्रतिशत हकप्रद ल्याउँदै थ्री स्टार हाइड्रोपावर, तीन वर्षको सभा एकैपटक

काठमाडौं। थ्री स्टार हाइड्रोपावर लिमिटेडले तीन आर्थिक वर्षका वार्षिक साधारणसभा एकैपटक बोलाउँदै चुक्तापुँजीको शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव अघि सारेको छ। कम्पनी सञ्चालक...

काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दरमा, २ हजार ६० रुपैयाँमा बेच्न निर्देशन

काठमाडौँ: नेपाल एलपी ग्यास उद्योग संघले काठमाडौँ उपत्यकामा एलपी ग्यासको मूल्य पुरानै दर (प्रतिसिलिन्डर २,०६० रुपैयाँ) मा बिक्री वितरण गर्न उद्योगीहरूलाई निर्देशन दिएको छ। पृथ्वी राजमार्गमा...

शंकर ग्रुपलक्षित सरकारी प्रहार: सरकार आफैँले किन बिगारिरहेछ लगानीको वातावरण?

आत्मविश्वास गुम्दा उद्योगी व्यवसायीले मन खोलेर लगानी गर्न सकेका छैनन्। सरकारले एउटा व्यावसायिक घरानालाई लक्षित नै गरेर उसका उद्योगहरू सञ्चालन, रोजगारी, बैंकिङ प्रणाली र लगानी वातावरणमा नै...

एफएनसीसीआईको ऊर्जा समिति सभापतिमा उद्यमी बटु लामिछाने मनोनित

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले कार्यकारिणी समिति सदस्य बटु लामिछानेलाई नवीकरणीय एवं ऊर्जा समितिको सभापतिमा मनोनयन गरेको छ। महासंघको दोस्रो कार्यकारिणी समिति बैठकले...
photo-4_4b1ab1d6
आर्थिक नीति

२ सयको सामान किन्नेले पाए १० लाख, १ लाख जित्ने ३१ जनामा तपाईँ पर्नुभयो कि? [हेर्नुहोस् सूची]

काठमाडौँ: आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको नतिजा सार्वजनिक गरेको छ। विभागले भदौ १६ देखि ३१ सम्मको र त्यसअघि रसुवा बाढीका कारण स्थगित भएको भदौ १ देखि १५ गतेसम्मको...
nepse
शेयर बजार

२१ बुँदे योजनाले सेयर बजारमा रौनक: ‘पोलिसी डिपार्चर’ कि क्षणिक उत्साह?

‘कार्ययोजनामा समेटिएका सबै विषय आजको भोलि नै कार्यान्वयनमा आउँदैनन्। कतिपय विषयको समयसीमा तोकिएको छ भने कतिपयको छैन। यसको सकारात्मक प्रभाव कति पर्छ भन्ने कुरा कार्यान्वयन हेरेपछि मात्रै...
dirdhu_kumar
कर्पोरेट

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त

काठमाडौं। सरकारले नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा दीर्घायूकुमार श्रेष्ठ नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले निमित्तको जिम्मेबारीमा रहेका श्रेष्ठलाई...
Hotel
उद्योग

वनस्थलीमा ३ अर्ब लगानीमा पाँचतारे होटल हिमाल्टन बनाउँदै धमला 

होटलमा संस्थापकको स्वपुँजी (इक्विटी) र ऋण लगानी बराबरी १ः१ अनुपातमा हुने भएको छ। ऋण लगानी व्यवस्थापन भइसकेको होटल हिमालटनले जनाएको छ। हालसम्म संस्थापकहरुले ३१ करोड ८० लाख रुपैयाँ लगानी गरिसकेका...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: news@nepalclicks.com

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : business@nepalclicks.com
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना