२०८३ कार्तिक १२ गते बुधबार

चीनमा सवारीसाधन जाँचका लागि एआई रोबोट प्रयोग

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ३
robot

काठमाडौं। पूर्वी चीनको निङ्बो शहरमा सवारीसाधन निरीक्षणका लागि कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधियुक्त रोबोट प्रयोग गर्न थालिएको छ।

निङ्बोको सवारीसाधन व्यवस्थापन केन्द्रमा परीक्षणका रूपमा प्रयोग भइरहेको रोबोटले सवारीसाधनको बाहिरी अवस्था, मोडल र च्यासिस नम्बरलगायत विवरण स्वचालित रूपमा जाँच गर्न थालेको हो।

एआई चिप र उच्च रिजोल्युसन क्यामेरासहितको रोबोटले सवारीसाधनको वरिपरि घुमेर विभिन्न भागको निरीक्षण गर्छ। यसले कागजातमा रहेका विवरण र सवारीसाधनको वास्तविक अवस्थाबीचको मिलानसमेत स्वचालित रूपमा गर्ने जनाइएको छ।

रोबोटले सवारीसाधनमा घिसारिएको वा फेरबदल गरिएको संकेत, चोरी तथा तस्करीसँग सम्बन्धित अवस्था र गैरकानुनी रूपमा गरिएको परिमार्जन पहिचान गर्न सक्ने बताइएको छ। यसबाट निरीक्षण प्रक्रियामा लाग्ने समय घटाउनुका साथै नियमित र दोहोरिने काम स्वचालित बनाउन सकिने अपेक्षा गरिएको छ।

निङ्बो सवारीसाधन व्यवस्थापन कार्यालयका अधिकारी झाङ चेनका अनुसार रोबोट अहिले परीक्षण चरणमा छ। यसले दैनिक करिब चारदेखि पाँचवटा सवारीसाधन जाँच गरिरहेको उनले बताए। निरन्तर सिकाइ र प्रविधि स्तरोन्नतिसँगै रोबोटलाई थप प्रभावकारी बनाउँदै भविष्यमा विभिन्न स्थानमा प्रयोग गर्न सकिने झाङले बताए।

उनका अनुसार सवारीसाधन डेलिभरी केन्द्रमा समेत यसको प्रयोग विस्तार गर्न सकिन्छ र सवारीधनीले स्वयंसेवा प्रणालीमार्फत सवारीसाधन निरीक्षण गर्न सक्ने अवस्था बन्न सक्छ।

निङ्बो नगर तथ्यांक ब्युरोका अनुसार गत वर्षको अन्त्यसम्म शहरमा ३० लाखभन्दा बढी निजी सवारीसाधन रहेका थिए। ठूलो संख्यामा रहेका सवारीसाधनको निरीक्षणलाई प्रविधिमैत्री र स्वचालित बनाउन एआई रोबोटको प्रयोगलाई महत्त्वपूर्ण प्रयोगका रूपमा हेरिएको छ। सीसीटीभी

प्रकाशित: २०८३ असोज ३ गते शनिवार ०२:३२
प्रतिक्रिया

थप समाचार

हेटौँडा–सिस्नेरी–फर्पिङ सडकमा टाइम कार्ड लागू, कुन खण्ड पार गर्न कति समय लाग्छ ?

हेटौँडा। सवारी दुर्घटना न्यूनीकरण तथा सार्वजनिक सवारीसाधनको गति नियन्त्रण गर्ने उद्देश्यले मकवानपुरमा आजदेखि ‘टाइम कार्ड’ प्रणाली लागू गरिएको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरले हेटौँडादेखि...

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना