२०८३ असोज १८ गते आईतबार

उपत्यकामा राति चल्ने बस संख्या ३० पुग्यो, थप विस्तारका लागि ९ स्थानीय तहबीच सहकार्य

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ४
bus

काठमाडौँ: काठमाडौँ उपत्यकामा रात्रिकालीन बस सेवा सञ्चालन गर्न नौ स्थानीय तह एउटै कार्यक्रममा आबद्ध भएका छन्। काठमाडौँ महानगरपालिकाको नेतृत्वमा साझा यातायातसँग सहकार्य गरेर गत वैशाख १ गतेदेखि परीक्षणका रूपमा सञ्चालन गरिएको रात्रिकालीन यातायात सेवालाई विस्तार गरेर अगाडि बढाउन आवश्यकताका आधारमा दायित्व बहन गर्नेगरी स्थानीय तह साझा कार्यक्रममा आबद्ध भएका हुन्।

रातको समयमा आवतजावत गर्ने सर्वसाधारण, व्यवसायी, उद्यमी, श्रमिक, अस्पताल जाने बिरामी तथा आन्तरिक एवं बाह्य पर्यटकलाई सहज, सुरक्षित र भरपर्दो यातायात सेवा उपलब्ध गराउने उद्देश्यसहित संविधान दिवसको दिन स्थानीय तहका प्रमुखहरूले साझा यातायातसँग समझदारीपत्रमा हस्ताक्षर गरेका छन्।

काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिका तथा बुढानीलकण्ठ नगरपालिका, गोदावरी नगरपालिका, चन्द्रागिरि नगरपालिका, कीर्तिपुर नगरपालिका, भक्तपुर नगरपालिका, सूर्यविनायक नगरपालिका र मध्यपुर थिमी नगरपालिकाले समझदारीपत्रमा हस्ताक्षर गरेका हुन्। साझा यातायातका तर्फबाट अध्यक्ष सुशीलराज प्याकुरेलले हस्ताक्षर गरेका छन्। साझा यातायातको कार्यालयमा आयोजना गरिएको समारोहमा हस्ताक्षर गरिएको हो। त्यसलगत्तै छ वटा रुटका लागि ३० वटा बस सञ्चालन थालिएको थियो।

समारोहमा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले संविधानले नागरिकका लागि प्रत्याभूत गरेका आधारभूत आवश्यकताको पहुँच बढाउँदै जाने क्रममा रात्रिकालीन बस सेवालाई थप विकास र विस्तार गर्दै लगिएको बताइन्। उनले भनिन्, ‘परीक्षण कालमा अभ्यास गरिएको दुई वटा रुटमा चार वटा थपेका छौँ। सात वटा गाडीलाई ३० वटा पुर्‍याएका छौँ। चार वटा नगरपालिकाको सहकार्यमा नौ वटा पुगेका छौँ। यसलाई अझ विस्तार गर्ने र आवश्यकताका आधारमा आर्थिक दायित्व पनि वहन गर्ने गरी सहकार्य थालेका छौँ। अब यो सेवा रोकिँदैन। निरन्तर र दिगो रूपमा चल्छ।’

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले भने, ‘उपत्यकाबासीको यातायात सहजताका लागि सङ्घ सरकारबाट मेट्रो सञ्चालन गर्ने विषयमा योजना ल्याउनुपर्ने थियो। त्यो अहिले आएको देखिएन। मेट्रो नभएपछि बीआरटी (बस र्‍यापिड ट्रान्जिट) हुनुपथ्र्यो। त्यसको पनि केही सङ्केत छैन। सङ्घीय सरकारबाट केही आएन भनेर हामीले चुप लाग्ने अवस्था छैन। यसकारण स्थानीयस्तरमा सञ्चालनमा ल्याउन सकिने प्रणालीमा सहकार्य थालेका छौँ। यसलाई विकास र विस्तार गर्ने कार्यक्रमलाई निरन्तरता दिनेछौँ।’

सर्वसाधारणले रातको समयमा सुरक्षित आवतजावत गर्ने एउटा भरपर्दो सेवा सुरु भएको बताउँदै उनले यो नागरिकसँग जोडिएको ठूलो उपलब्धिका रूपमा रहेको उल्लेख गरे।

साझाका अध्यक्ष प्याकुरेलले भने, ‘साझाले स्थानीय तहलाई अभिभावक बनाउन पाउनु हाम्रो इतिहासका लागि पनि ठूलो उपलब्धि हो।’ विस्तारित सेवाअन्तर्गत जगाती–सूर्यविनायक हुँदै ठमेलसम्म छ, साविक लगनखेल–बुढानीलकण्ठलाई विस्तार गरी गोदावरीसम्म छ, रिङरोडमा घडीको दिशामा र विपरीत दिशामा आठ, कीर्तिपुर–जमलमा चार, टाखेल–ठमेलमा दुई तथा साविक नागढुङ्गा–एयरपोर्ट रुटमा चार वटा बस सञ्चालन गरिनेछ।

यसअघि लगनखेलबाट बुढानीलकण्ठ तथा नागढुङ्गाबाट एयरपोर्टसम्म राति ८ः०० बजेदेखि ११ः०० बजेसम्म सात वटा बसमार्फत नमुना सेवा सञ्चालन गरिएको थियो। सेवाको प्रभाव तथा मूल्याङ्कन, लाभलागत विश्लेषणका आधारमा नाफाघाटाभन्दा सेवा ठूलो विषय भएको निष्कर्ष निकालिएको थियो।

रात्रिकालीन बस सञ्चालनमा लाग्ने खर्च यात्रुबाट प्राप्त हुने टिकट आम्दानीले धान्न नसकेमा त्यसबाट अपुग हुने रकमको ५० प्रतिशत सम्बन्धित सात वटा नगरपालिकाले समान रूपमा व्यहोर्ने र बाँकी ५० प्रतिशत रकम सम्बन्धित नगरपालिकाको जनसङ्ख्याका आधारमा काठमाडौँ महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत, ललितपुर महानगरपालिकाले १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ प्रतिशतका दरले व्यहोर्ने सहमति गरिएको छ। सेवा सञ्चालन गर्न खर्च नपुग भए साझा यातायातले त्रैमासिक रूपमा माग गर्ने सहमतिमा उल्लेख छ।

रुटमा यात्रु चढ्ने तथा ओर्लने स्थान सम्बन्धित नगरपालिकाले निर्धारण गर्नेछन्। ती स्थानमा आर्थिक वर्ष २०८३/८४ भित्र डिजिटल साइनेज बोर्ड जडान गरी डिजिटल बस स्टप निर्माण तथा सञ्चालन गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ। सम्बन्धित नगरपालिकाले आवश्यक समन्वय तथा सहजीकरण गर्नेछन्।

निर्धारित रुटको अन्तिम बिन्दुमा बस चार्जिङ स्टेसन निर्माणका लागि सम्बन्धित नगरपालिकाले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले चार्जिङ स्टेसन जडान गर्ने दायित्व लिनेछ। चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी सम्बन्धित नगरपालिकाले लिनेछन्।

सहमतिले यात्रुको चाप र आवश्यकता बढ्दै गएमा भविष्यमा अन्य क्षेत्रमा समेत यस प्रकारको बस सेवा विस्तार गर्ने बाटो खुला गरेको छ। चक्रपथमा यातायात सेवा प्राप्त भएपछि एक ठाउँमा बस परिवर्तन गर्दा सञ्चालन गरेका हरेक ठाउँमा पुग्न सकिनेछ। यसरी यात्रा गर्दा अधिकतम ८० रुपैयाँ भाडा लाग्नेछ।

टिकटबाट हुने आर्थिक चुहावट रोक्न साझाले यही असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणाली विकास गरेको छ। यसमा क्यूआरबाट वा क्यास नै दिएर पनि टिकट लिन सकिनेछ। आर्थिक चुहावट रोकिएपछि साझाको घाटा रकम कम हुने अपेक्षा छ। साझा यातायातमा नेपाल सरकारको रु. तीन अर्ब र काठमाडौँ महानगरपालिकाको रु. १५ करोड सेयर लगानी छ। अहिले साझा यातायातमा १११ वटा बस छन्।

प्रकाशित: २०८३ असोज ४ गते आईतबार ०५:१५
प्रतिक्रिया

थप समाचार

सार्वजनिक सवारीमा अग्नि नियन्त्रक यन्त्र अनिवार्य गरिँदै

काठमाडौँ: काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले यात्रुवाहक सार्वजनिक सवारीसाधनलाई थप सुरक्षित, व्यवस्थित र यात्रुमैत्री बनाउन बाटो इजाजत (रुट परमिट) सँगै अग्नि नियन्त्रक यन्त्र अनिवार्य...

एफएनसीसीआई यातायात तथा पारवहन समिति उपसभापतिमा मेघराज पौडेल मनोनित

काठमाडौँ: अटोमोबाइल व्यवसायी मेघराज पौडेल नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) अन्तर्गतको यातायात तथा पारवहन समितिको उपसभापतिमा मनोनित भएका छन्। एफएनसीसीआईले कार्यकारिणी समिति सदस्य...

टिमुरे बाढीमा ३३८ ट्रक–कन्टेनर बेपत्ता, ४४१ चालक–सहचालक र व्यवसायी सम्पर्कविहीन

काठमाडौँ: रसुवाको टिमुरेमा गत भदौ १० गते आएको बाढीमा ३३८ वटा ट्रक तथा कन्टेनर बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। नेपाल ट्रक यातायात व्यवसायी महासंघले यातायात व्यवस्था विभागलाई उपलब्ध गराएको...

भोटेकोशी बाढीबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण संकलन गर्दै नाडा

काठमाडौँ: भोटेकोसीमा आएको बाढी तथा डुबानबाट प्रभावित अटोमोबाइल व्यवसायीको क्षति विवरण नाडा अटोमोबाइल्स एशोसिएसन अफ नेपालले संकलन थालेको छ। बाढी तथा डुबानका कारण देशका विभिन्न क्षेत्रमा...

४ लाख ३० हजार डाउन पेमेन्टमा नयाँ टियागो इभी, एक्सचेन्ज भ्यालुएसनको पनि सुविधा

काठमाडौँ: टाटा मोटर्सको टियागो ईभी नेपाली बजारमा विशेष सुविधासहित उपलब्ध भएको छ। नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङले टियागो ईभी लक्षित ‘जोयफुल विक’ अभियान सञ्चालन गरिरहेको हो। सेप्टेम्बर...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
fc15fdfb-e8c0-48c3-840d-9f418322e161
समाज

रसुवा बाढीमा बेपत्ता भोजराजको कुशको सब बनाएर दाहसंस्कार गरिने

काठमाडौं। भोटेकोसी त्रिशूली बाढीका क्रममा बेपत्ता भएका मोरङ सुन्दरहरैंचाका भोजराज अधिकारीको परम्पराअनुसार कुशको प्रतिमा बनाएर दाहसंस्कार गरिने भएको छ। अटोमोबाइल कम्पनीमा कार्यरत ४३ वर्षीय...
WhatsApp Image 2026-09-30 at 14.08.14 (1)
साहित्य

शुक्रबार सार्वजनिक हुँदै रमेशनाथ पाण्डेको कथासङ्ग्रह ‘संसारपारिको संसार’

काठमाडौँ: बहुआयामिक व्यक्तित्त्व पूर्वपरराष्ट्रमन्त्री, वरिष्ठतम कूटनीतिज्ञ, पत्रकार रमेशनाथ पाण्डेको कथासङ्ग्रह बजारमा आउँदैछ। पाण्डेको 'संसारपारिको संसार' कथासङ्ग्रह आगामी शुक्रबार...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना