२०८३ कार्तिक १४ गते शुक्रबार

र्‍यान्समवेयर आक्रमणपछि सेयर कारोबार स्थगित, डाटा हबले गर्‍यो आक्रमण पुष्टि

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ५
Nepse

काठमाडौँ: नेपाल स्टक एक्सचेन्ज (नेप्से) को कारोबार प्रणालीमा साइबर आक्रमणको जोखिम देखिएपछि सोमबारको सेयर कारोबार स्थगित गरिएको छ। नेप्सेका ७२ कारोबार सदस्य कम्पनीहरूको सर्भर रहेको डाटा हब प्रालिको पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण गरेको छ।

नेप्सेले सोमबार जारी गरेको सूचनाअनुसार डाटा हब प्रालिमा असोज ४ गते बिहानदेखि प्राविधिक समस्या आएको हो। समस्या समाधानका लागि पहल भइरहे पनि तत्काल समाधान हुन नसकेको र यस्तो अवस्थामा कारोबार सञ्चालन गर्दा नेप्सेको कारोबार प्रणालीमा समेत क्षति पुग्न सक्ने देखिएको नेप्सेको भनाइ छ।

नेप्सेका अनुसार स्टक ब्रोकर एसोसिएसन अफ नेपालले समेत नियमित कारोबार सत्र स्थगित गर्न निवेदन दिएको थियो। त्यसपछि धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २३(३) बमोजिम सोमबारको कारोबार स्थगित गरिएको हो।

यसैबीच, डाटा हब प्रालिले नेप्सेसँग सम्बन्धित पक्षलाई पठाएको छुट्टै पत्रमार्फत आफ्नो पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएको औपचारिक रूपमा जानकारी गराएको छ। डाटा हबका अनुसार २० सेप्टेम्बर २०२६ बिहान करिब ५ः३० बजे टीएमएस होस्टिङ गर्ने आफ्नो पूर्वाधारमा र्‍यान्समवेयर आक्रमण भएको पहिचान गरिएको थियो।

कम्पनीले आक्रमण हुनुअघि लिइएको पछिल्लो ब्याकअप २० सेप्टेम्बर बिहान करिब ४ बजे गरिएको जनाएको छ। उक्त ब्याकअपलाई सुरक्षित गरी अलग्गै राखिएको पनि डाटा हबले जनाएको छ।

र्‍यान्समवेयर अन्य जडान भएका नेटवर्कमा समेत फैलिएको वा प्रभाव पारेको हुन सक्ने भन्दै डाटा हबले प्रभावित प्रणालीलाई सावधानीका रूपमा अलग्गै राखेको जनाएको छ। कम्पनीका अनुसार घटनाको वास्तविक प्रभाव पत्ता लगाउन फोरेन्सिक विश्लेषण तथा सुरक्षा र रिकभरीसम्बन्धी आवश्यक प्रक्रिया अघि बढाइएको छ।

डाटा हबले टीएमएस नेप्सेको पूर्वाधार तथा अन्य सम्बन्धित प्रणालीसँग जोडिएको भन्दै फोरेन्सिक विश्लेषण र आवश्यक सुधारात्मक प्रक्रिया पूरा नगरी प्रणाली पुनः अनलाइनमा ल्याउँदा थप जोखिम हुन सक्ने संकेत गरेको छ।

यसका लागि केही समय दिन तथा अन्य जडान भएका संस्थालाई समेत घटनाबारे जानकारी गराउन डाटा हबले आग्रह गरेको छ। अनुसन्धान र मूल्याङ्कन पूरा भएपछि थप जानकारी उपलब्ध गराउने कम्पनीले जनाएको छ।

यसअघि सार्वजनिक भएको जानकारीअनुसार टीएमएस विकासकर्ता वाइको प्रालिले पनि सम्भावित थप क्षति रोक्न आफ्ना प्रणाली तत्काल बन्द गरिएको जनाएको छ। तर नेप्से र डाटा हबका विज्ञप्तिमा भने कारोबार पुनः कहिले सुरु हुन्छ भन्ने कुनै निश्चित समयसीमा तोकिएको छैन।

प्रकाशित: २०८३ असोज ५ गते सोमबार ११:४१
प्रतिक्रिया

थप समाचार

घटेर बन्द भयो नेप्से, कारोबार रकम बढेर ८ अर्ब ८९ करोड पुग्यो

काठमाडाैँ: साताको अन्तिम कारोबार दिन (शुक्रबार) सेयर बजार सामान्य अंकले घटेको छ। आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक ५.४५ अंक घटेर २ हजार ६९०.१५ विन्दुमा झरेको छ। नेप्से घटेपनि यस दिन कारोबार...

बैंकबाटै सेयर ब्रोकर सेवा दिने प्रस्तावमा आपत्ति, ‘लाइसेन्स छ भन्दैमा सबै दिन मिल्दैन’

अर्थ मन्त्रालयले यससम्बन्धी सम्भाव्यता अध्ययन गर्न विज्ञ समिति गठन गरेसँगै स्टक ब्रोकर व्यवसायीहरूले बैंकलाई थप वित्तीय सेवा सञ्चालनको जिम्मेवारी दिन खोजिएको भन्दै आपत्ति जनाएका छन्।

आईपीओ निष्कासन मागेका ११७ कम्पनीको वर्गीकरण सकियो, स्वीकृति कहिले?

कात्तिक ११ गतेसम्मको विवरणअनुसार ती कम्पनीले ५१ करोड ९ लाख ८१ हजार ९४६ कित्ता सेयर निष्कासन गर्न अनुमति मागेका छन्।

नेप्सेको वृद्धिले पायो निरन्तरता, कारोबार रकम साढे ६ महिनायताकै उच्च

काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा वृद्धि भएको छ। अघिल्लो कारोबार दिन बुधबार पनि बढेर बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले यस दिनसमेत सोही क्रमलाई निरन्तरता...

लक्ष्मी सनराइज बैंकद्वारा ५.२६ प्रतिशत लाभांश घोषणा

काठमाडौँः लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ५.२६ प्रतिशत लाभांश वितरण गर्ने भएको छ। बैंकले हाल कायम चुक्ता पुँजीको ५ प्रतिशत बोनस सेयर र बोनस सेयरमा लाग्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना