काठमाडौँ- महानगरपालिकाका मेयर बालेन शाहसँग सर्वोच्च अदालतले लिखित जवाफ पेस गर्न आदेश जारी गरेको छ। अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालतमा परेको मुद्दामा सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले बालेनलाई लिखित जवाफ पेस गर्न आदेश जारी गरेको हो।
मेयर बालेन्द्र साहले अदालतलाई भारतको गुलाम भनी सार्वजनिक रूपमा टिप्पणी गरेका थिए। उनले अदालतको आदेश आफूले नमान्ने पनि उल्लेख गरेका थिए।
उच्च अदालत, पाटनले भारतीय चलचित्र प्रदर्शन नरोक्न आदेश दिएपछि मेयर बालेनले उक्त टिप्पणी गरेका थिए। यसपछि मेयर साहले अदातलको अवहेलना गरेको भन्दै अधिवक्ता वर्षाकुमारी झाले सर्वोच्चमा रिद निवेदन दायर गरेकी थिइन्।
हिन्दी फिल्मको प्रदर्शन नरोक्न उच्चको आदेश, बालेन भन्छन्- म अदालतलाई मान्नेवाला छैन


