२०८३ असोज २८ गते बुधबार

छुजुङ खोला जलविद्युत आयोजना बनाउन जुट्यो लगानी, माछापुच्छ्रे बैंकको अगुवाइमा ९ अर्ब ऋण

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज ९
sangrila

काठमाडौँः संखुवासभाको भोटखोला गाउँपालिका–२ मा निर्माणाधीन ६३ मेगावाट क्षमताको छुजुङ खोला अर्धजलासय (पीआरओआर) जलविद्युत आयोजनालाई लगानी जुटेको छ।

सांग्रिला ऊर्जा लिमिटेडले निर्माण थालेको उक्त आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाइमा आधा दर्जन बैंक तथा वित्तीय संस्थाबीच सहवित्तीयकरण ऋण सम्झौता भएको हो।

सम्झौताअनुसार आयोजनाका लागि बैंक तथा वित्तीय संस्थाले कूल ९ अर्ब रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। बाँकी ३ अर्ब रुपैयाँ घलेम्ली हाइड्रो लिमिटेडलगायत अन्य संस्थापकको स्वपुँजी (इक्विटी) लगानी हुने भएको छ। सहवित्तीयकरणमा माछापुच्छ्रे बैंक अगुवा बैंकका रूपमा रहेको छ भने प्रभु बैंक र लुम्बिनी विकास बैंक सह–अगुवा बैंकका रूपमा सहभागी छन्।

त्यस्तै, मुक्तिनाथ विकास बैंक, एनआईसी एशिया बैंक र सांग्रिला डेभलपमेन्ट बैंक सदस्य बैंकका रूपमा सहभागी छन्। भदौ १० को भोटेकोशी प्रलयपछि वित्तीय व्यवस्थापन भएको छुजुङ संभवत पहिलो जलविद्युत आयोजना हो।

९ अर्ब ऋण र ३ अर्ब इक्विटी

आयोजनाको कूल अनुमानित लागत १२ अर्ब रुपैयाँ रहेको छ। यसमध्ये ९ अर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाको ऋण र बाँकी ३ अर्ब रुपैयाँ संस्थापकको इक्विटीबाट लगानी जुटाइएको छ।

आयोजनाको प्रतिमेगावाट लागत १९ करोड रुपैयाँ पर्ने अनुमान गरिएको छ। प्रति मेगावाट लागतको हिसावले आयोजना सस्तो देखिएको छ। आयोजना ४ घण्टा अर्ध–जलाशययुक्त प्रकृतिको हुने भएको छ। वित्तीय व्यवस्थापन सम्पन्न भएसँगै आयोजनाको निर्माणका लागि आवश्यक वित्तीय स्रोत सुनिश्चित भएको छ।

नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद सम्झौता (पीपीए) भइसकेको छ। आयोजनाबाट वार्षिक ३७ करोड १८ लाख युनिट ऊर्जा उत्पादन हुने कम्पनीले गरेको संभाव्यता अध्ययनले देखाएको छ। आयोजनास्थल याक खर्कमा हेलिकोप्टरबाट निर्माण सामाग्री ढुवानी गरि खन्ने काम भइरहेको छ। आयोजनाको विद्युतगृह भूमिगत हुने प्रस्ताव गरिएको छ।

आयोजनाले विद्युत उत्पादन सुरु गरेपछि पहिलो वर्ष २ अर्ब २७ करोड रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण गरिएको छ। त्यस्तै, सञ्चालनको नवौं वर्षमा पुग्दा वार्षिक आम्दानी बढेर करिब २ अर्ब ८४ करोड रुपैयाँ पुग्ने अनुमान गरिएको छ। विद्युत प्राधिकरणबाट आयोजनाले वार्षिक ३ प्रतिशतका दरले ८ पटक मूल्यवृद्धि पाउनेछ।

आयोजनाको वित्तीय विश्लेषणअनुसार इक्विटीमा प्रतिफल (आरओई) २५.६७ प्रतिशत र आन्तरिक प्रतिफल दर (आईआरआर) १५.४७ प्रतिशत हुने भएको छ। आरओई र आइआरआर दुई वित्तीय सूचक हेर्दा आयोजना वित्तीय रुपमा आकर्षक देखिनुका साथै लगानीकर्तालाई राम्रो प्रतिफल दिनेछ।

त्यस्तै, आयोजनाको लाभ–लागत अनुपात १.५८ र खुद वर्तमान मूल्य (एनपीभी) ५ अर्ब ३३ करोड रुपैयाँ रहेको छ। साधारण पेब्याक अवधि करिब ५.७३ वर्ष हुने प्रक्षेपण गरिएको छ।

घलेम्दी हाइड्रोको १ अर्ब १० करोड लगानी

आयोजनामा प्रमुख सेयरधनीका रूपमा घलेम्दी हाइड्रो लिमिटेडको करिब १ अर्ब १० करोड रुपैयाँ लगानी रहेको छ।

घलेम्दीले म्याग्दीको अन्नपूर्ण नरच्याङमा ५ मेगावटको घलेम्दी खोला जलविद्युत आयोजना सञ्चालन गरिरहेको छ। सांग्रिला ऊर्जाले प्रवर्द्धन गर्ने आयोजनामा बैंक तथा वित्तीय संस्थाबाट ठूलो ऋण लगानी जुटेसँगै निर्माण अघि बढाउन आवश्यक वित्तीय आधार तयार भएको छ।

छुजुङ खोला जलविद्युत आयोजना संखुवासभाको भोटखोला क्षेत्रमा निर्माण हुने भएकाले आयोजना सञ्चालनमा आएपछि यस क्षेत्रको विद्युत उत्पादन तथा राष्ट्रिय प्रसारण प्रणालीमा योगदान पुग्ने अपेक्षा गरिएको छ।

आयोजनाको विद्युतगृहबाट ५५ किलोमिटर दुरीमा रहेको विद्युत प्राधिकरणको शीतलपाटी २२० केभी सबस्टेशनमा बिजुली समाहित हुने भएको छ। आयोजनाले ५५ किलोमिटर लामो २२० केभी क्षमताको डबल सर्किट प्रसारण लाइन बनाउनु पर्ने भएको छ।

सांग्रिला ऊर्जाले उक्त नदी करिडोरमा निर्माण हुन लागेका आधा दर्जन जलविद्युत आयोजनाको साझेदारीमा उक्त प्रसारण लाइन साझेदारीमा बनाउन सम्झौता गरेको छ। करिडोरमा अन्य आयोजना पनि थपिने भएकाले लागत अझ कम हुने कम्पनीले जनाएको छ।

यस्तै आयोजना बनाउन आवश्यक रुख कटानको काम सकिएको छ। एक रुख काटिएपछि १० रुख रोप्नु पर्ने नीतिअनुसार आयोजनाले रुख रोप्न र संरक्षण गर्न वन तथा भूसंरक्षण विभागलाई ३ करोड ६३ लाख रुपैयाँ प्रदान गरेको छ। हाल आयोजनाको १४ किलोमिटर लामो पहुँचमार्ग सम्पन्न गरेको छ। यस्तै आयोजनाका लागि आवश्यक क्याम्प निर्माण पनि सम्पन्न गरेको छ।

सम्झौतापछि माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सन्तोष कोइरालाले आयोजना तोकिएको समयमै सम्पन्न गरी राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न बैंक तथा सहवित्तीयकरणमा सहभागी बैंकहरू प्रतिबद्ध रहेको बताए।

‘यो आयोजना समयमै, कुनै अवरोधविना सञ्चालनमा आउनुपर्छ। बैंकको तर्फबाट लगानीमा कुनै कमी हुने छैन। प्रवर्द्धकले पनि सुरक्षा र गुणस्तरमा विशेष ध्यान दिई समयमै काम पूरा गर्नुपर्छ,’ कोइरालाले भने।

त्यस्तै, स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) का अध्यक्ष मोहनकुमार डाँगीले आयोजनाका प्रवर्द्धकले अनुभवी र सहयोगी बैंकहरूको कन्सोर्टियम पाएको बताए। आफ्नो पहिलो जलविद्युत आयोजनामासमेत माछापुच्छ्रे बैंकले लगानी गरेको स्मरण गर्दै उनले बैंकको सहयोगका कारण आयोजना निर्धारित समयभन्दा अगावै सम्पन्न भएको बताए।

‘मेरो पहिलो जलविद्युत आयोजना ७.५ मेगावाटको थियो। त्यसमा पनि माछापुच्छ्रे बैंकले लगानी गरेको थियो। हामीले तीन वर्षमा आयोजना सम्पन्न गर्ने लक्ष्य राखेका थियौँ। तर, बैंकको सहयोगका कारण २२ महिनामै सम्पन्न गर्न सफल भयौँ,’ डाँगीले भने।

उनले छुजुङ खोला आयोजनाका प्रवर्द्धक अनुभवी रहेकाले आयोजना तोकिएको समयमै सम्पन्न हुने विश्वास व्यक्त गरे।

‘तपाईंहरू पहिल्यै सफलतापूर्वक आयोजना निर्माण गरेर आउनुभएको अनुभवी टिम हुनुहुन्छ। विकट भूगोलमा काम गरिसक्नुभएको छ। त्यसैले ६३ मेगावाटको छुजुङ खोला तोकिएकै समयमा सम्पन्न हुनेमा इप्पान विश्वस्त छ,’ डाँगीले भने।

आयोजना निर्माणमा समयको विशेष महत्व हुने भन्दै उनले ढिलाइ हुँदा निर्माण अवधिको ब्याज बढ्ने र आयोजनाको वित्तीय अवस्था प्रभावित हुन सक्ने बताए।

‘प्रोजेक्ट कति राम्रो र नाफामूलक बनाउने भन्ने कुरा निर्माण सम्पन्न हुने समयसँग जोडिएको हुन्छ। समयमै निर्माण सम्पन्न भएन भने निर्माण अवधिको ब्याज बढ्छ र आयोजना कमजोर हुन्छ। तपाईंहरूजस्तो अनुभवी नेतृत्वले समयमै आयोजना सम्पन्न गरेर देशको ऊर्जा सुरक्षामा योगदान पुर्याउनुहुनेछ भन्ने विश्वास छ,’डाँगीले भने।

सांग्रिला ऊर्जाका कार्यकारी अध्यक्ष किशोर सुवेदीले आयोजनाको भौगोलिक तथा प्राविधिक अवस्थाका कारण तुलनात्मक रूपमा कम लागत र छोटो समयमा आयोजना निर्माण गर्न सकिने बताए।

उनका अनुसार आयोजनाको हेड ९०० मिटरभन्दा बढी रहेकाले क्षमताका आधारमा अत्यधिक ठूला संरचना निर्माण गर्नुपर्ने अवस्था छैन।

‘आयोजनाको हेड ९०० मिटरभन्दा बढी भएकाले क्षमताअनुसार ठूला संरचना बनाउनुपर्ने अवस्था छैन। त्यसैले कम लागत र छोटो समयमै आयोजना सम्पन्न गर्न सक्ने अवस्था छ,’ सुवेदीले भने।

उनले आयोजनाको क्याचमेन्टको ५९ प्रतिशतभन्दा बढी भूभाग ३ हजार मिटरभन्दा माथि रहेकाले हिउँदमा समेत तापक्रम बढेसँगै पानीको बहाव बढ्ने र यसले हाइड्रोलोजिकल जोखिम कम गर्ने दाबी गरे।

‘हामीलाई विश्वास गरेर लगानी गर्ने माछापुच्छ्रे बैंकसहित सबै बैंक तथा लगानीकर्ताको भरोसा पूर्ण रूपमा कायम राख्नेछौँ,’ उनले भने।

सांग्रिलाका प्रवन्ध निर्देशक पुष्कर पौडेलले अर्धजलासय आयोजनाले सुक्खायाममा पनि दैनिक चार घण्टा ६३ मेगावाट बिजुली उत्पादन गर्ने जानकारी दिए। यो मुलुकको ऊर्जा सुरक्षालाई ध्यानमा राखेर सुक्खामा पनि दैनिक चार घण्टा पूर्ण क्षमतामा चल्ने गरि आयोजनाको डिजाइन गरेको उनले बताए।

आयोजना नदी भन्दा ४५ मिटर माथि भएकाले भोटेकोसीमा आएको जस्तो प्रलयले आयोजनामा क्षतिको जोखिम नभएको पौडेलले स्पष्ट पारे। नदीमा सेडिमेन्ट ज्यादै न्यून भएको र हिमपहिरोको जोखिम नभएको प्रवन्ध निर्देशक पौडेलले बताए।

१७१ मेगावाटको जलासय आयोजना बनाउँदै

सांग्रिलाल ऊर्जाले १७१ मेगावाटको जलासय (स्टोरेज) जलविद्युत आयोजना अघि बढाउन लागेको छ। कम्पनीले बाजुरा जिल्लाको विछ्यामा छिम्दी कवाडी खोला जलविद्युत आयोजना बनाउन लागेको हो।

हाल आयोजनाको संभाव्यता अध्ययन भइरहेको प्रवन्ध निर्देशक पौडलले जानकारी दिए। उनले आयोजना अध्ययनको क्रमममा रहेको बताएका छन्।

प्रकाशित: २०८३ असोज ९ गते शुक्रबार ०३:०८
प्रतिक्रिया

थप समाचार

प्राधिकरणको पीपीए बाहिर रहेर बिजुली उपयोग गर्न चाहने उद्योगलाई बाटो खुलाउदै आयोग

काठमाडौं। उद्योगहरुले जलविद्युत् आयोजनामा गरेको लगानीलाई आफ्नै विद्युत् खपतसँग जोडेर लागत घटाउन सक्ने व्यवस्था कार्यान्वयनको तयारी अघि बढेको छ। विद्युत् नियमन आयोगले खुला पहुँचमार्फत...

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...

करिब ८ अर्ब भारु खर्चेर नेपाल सीमासम्म फोरलेन सडक विस्तार गर्दै भारत

सडक विस्तार हुँदा मुजफ्फरपुर–सोनबरसा करिडोरबाट नेपाल सीमासम्मको बाटो ९० मिनेटमा छोट्टिने छ, खगडिया–पूर्णिया सडकले नेपाल र बंगालको ढुवानी सहज हुने र रामजानकी मार्गसँग जोडिएपछि धार्मिक पर्यटन...

क्षतिग्रस्त बेनी-जोमसोम खण्डमा अस्थायी मार्ग निर्माण

म्याग्दी। कालीगण्डकी नदीको कटान र पहिरोले क्षतिग्रस्त बेनी-जोमसोम सडकमा अस्थायी मार्ग निर्माण गरी सवारीसाधन सञ्चालन गर्न थालिए पनि यात्रु र चालकको सास्ती हटेको छैन। साँघुरो, हिलाम्मे र जोखिमपूर्ण...

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
hydro_plant
पूर्वाधार

हुम्लाको मिमीमा ७० मेगावाट अर्धजलाशय आयोजना बनाउँदै स्टिभा हाइड्रो

मिमीबान खोलामा १९ मिटर अग्लो बाँध निर्माणको प्रस्ताव गरिएको छ। आयोजनाको जलाशयमा २ घण्टासम्म पानी जम्मा हुने गरी डिजाइन तयार पारिएको विकासकर्ता कम्पनी स्टिभा हाइड्रोले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना