२०८३ असोज २२ गते बिहिबार

वाणिज्य बैंकको लाभांश क्षमता खुम्चिँदै, वितरणयोग्य नाफा ०.०९ प्रतिशतमा सीमित

 |  सीता बुढाथोकी
Sanket

सीता बुढाथोकी

काठमाडौँ, असोज ११
Banijya_BAnk_nepal

काठमाडौं। बैंकहरुले प्रत्येक वर्ष अर्बौं रुपैयाँ नाफा कमाउदै आएका छन्। गत आर्थिक वर्षमा वाणिज्य बैंकहरूले ६९ अर्ब ७८ करोड रुपैयाँ खुदनाफा कमाएका छन्।

तर, बैंकहरुको नाफा ३२ प्रतिशत बढे पनि सेयरधनीलाई लाभांश दिने क्षमता कमजोर बन्दै गएको छ। बैंकहरूको वितरणयोग्य नाफा, प्रतिफल क्षमता तथा खराब कर्जाका कारण सिर्जना हुने जोखिम व्यवस्थापनको दबाब बढ्दा लाभांश क्षमता खुम्चिएको हो।

बैंक तथा वित्तिय परिसंघ, नेपाल (सीबीफीन)को अध्ययनअनुसार आर्थिक वर्ष २०८२/०८३ मा वाणिज्य बैंकहरूको औसत वितरणयोग्य नाफा चुक्ता पुँजीको ०.०९ प्रतिशतमा सीमित भएको छ। पछिल्ला वर्षका तथ्यांक हेर्दा बैंकहरूको लाभांश वितरण गर्ने क्षमता निरन्तर कमजोर हुँदै गएको देखिन्छ।

अध्ययनअनुसार आर्थिक वर्ष २०७९/०८० मा बैंकहरूको वितरणयोग्य नाफा चुक्ता पुँजीको औसत २.३३ प्रतिशत थियो। त्यसपछि आर्थिक वर्ष २०८०/०८१ मा यो घटेर १.३५ प्रतिशतमा झरेको थियो। आर्थिक वर्ष २०८१/०८२ मा यस्तो नाफा ०.०७ प्रतिशतमा सीमित भएकोमा गत आर्थिक वर्ष २०८२/०८३ मा सामान्य सुधार भएर ०.०९ प्रतिशत पुगेको हो।

यसले बैंकको लेखापरीक्षणपछिको नाफा र सेयरधनीले वास्तविक रूपमा प्राप्त गर्न सक्ने लाभांशबीच ठूलो अन्तर रहेको देखाएको सीबीफीनले जनाएको छ।

बैंकहरूले राम्रो आम्दानी गरे पनि विभिन्न नियामकीय प्रावधान, कर्जा नोक्सानी व्यवस्थापन, असूल हुन बाँकी ब्याज तथा अन्य समायोजनका कारण सबै नाफा लाभांश वितरणका लागि उपलब्ध नहुने उनीहरुको भनाई छ।

एक महिनामा बैंकहरूले कमाए पौने ९ अर्ब, सबैभन्दा ज्यादा नबिलले, अरूले कति?

सीबीफीनका उपाध्यक्ष मनोज गोयलका अनुसार बैंकका निक्षेपकर्ता १०० प्रतिशत सुरक्षित छन्। तर, संस्थापक लगानीकता (प्रमोटर) मारमा छन्।

प्रतिफल क्षमतामा पनि दबाब

बैंकहरूको लाभांश क्षमता कमजोर हुनुको अर्को कारण प्रतिफल दरमा आएको गिरावट हो। अध्ययनअनुसार वाणिज्य बैंकहरूको स्वपुँजीमा प्रतिफल (आरओई) आर्थिक वर्ष २०७१/०७२ मा २२.४४ प्रतिशतसम्म पुगेको थियो। आर्थिक वर्ष २०७२/०७३ मा पनि आरओई २२.७३ प्रतिशतको हाराहारीमा थियो।

तर, पछिल्ला वर्षमा बैंकहरूको आरओई निरन्तर घट्दै गएको छ। आर्थिक वर्ष २०८२/०८३ मा यस्तो प्रतिफल करिब ९.६ प्रतिशतमा सीमित भएको अध्ययनले देखाएको छ।

आरओई घट्नुको अर्थ बैंकले सेयरधनीले लगानी गरेको पुँजीबाट पहिलाको तुलनामा कम प्रतिफल सिर्जना गरिरहेको अवस्था हो। ब्याज आम्दानीमा आएको दबाब, कर्जाको गुणस्तर, निष्क्रिय कर्जाका लागि गर्नुपर्ने व्यवस्था र सञ्चालन लागतले बैंकको प्रतिफल क्षमतामा असर पुर्याएको देखिन्छ।

खराब कर्जाको प्रभाव

बैंकहरूको लाभांश क्षमतामा सबैभन्दा ठूलो दबाबमध्ये कर्जाको गुणस्तरसँग सम्बन्धित छ। कर्जाको गुणस्तर खस्किदै गएको छ। कर्जा असूलीमा समस्या आएपछि बैंकले सम्भावित नोक्सानी व्यवस्थापन (प्रोभिजन)का लागि रकम छुट्याउनुपर्छ। यस्तो रकम तत्काल सेयरधनीलाई लाभांशका रूपमा वितरण गर्न सकिँदैन।

बैंकहरूको नाफा ३२ प्रतिशतसम्म बढ्दा सेयरधनीलाई लाभांश दिने क्षमता किन खुम्चियो?

सीबीफीनको अध्ययनले बैंकहरूको कूल कर्जाको करिब ५.८७ प्रतिशतबराबर रकम कर्जा नोक्सानी व्यवस्थापनतर्फ गएको देखाएको छ। कर्जाको ठूलो हिस्सा जोखिम व्यवस्थापनमै छुट्याउनुपर्ने अवस्थाले वितरणयोग्य नाफामा प्रत्यक्ष असर पार्छ।

विशेषगरी आर्थिक गतिविधिमा सुस्तता आउँदा व्यवसायी तथा ऋणीको आम्दानी प्रभावित हुन्छ। त्यसको असर कर्जा भुक्तानीमा पर्न सक्छ। कर्जा भुक्तानीमा समस्या बढेपछि बैंकको निष्क्रिय कर्जा बढ्ने र त्यसअनुसार थप रकम प्रोभिजन गर्नुपर्ने अवस्था आउँछ। यसले नाफा देखिए पनि लाभांश वितरण गर्ने क्षमता कमजोर बनाउँछ।

ब्याज आम्दानीको संरचनामा परिवर्तन

बैंकहरूको सञ्चालन आम्दानीबाट सेयरधनीलाई जाने हिस्सा पनि पछिल्ला वर्षमा घटेको अध्ययनले देखाएको छ। आर्थिक वर्ष २०७१/०७२ मा बैंकहरूको सञ्चालन आम्दानीमध्ये प्रति १०० रुपैयाँमा करिब ४२ रुपैयाँसम्म सेयरधनीको प्रतिफलतर्फ जाने अवस्था थियो।

तर, आर्थिक वर्ष २०८२/०८३ मा यस्तो हिस्सा घटेर २८.२ रुपैयाँमा सीमित भएको अध्ययनको निष्कर्ष छ। यसले बैंकहरूको आम्दानी बढे पनि त्यसको लाभ सेयरधनीसम्म पुग्ने दर कमजोर भएको देखाउँछ।

बैंकिङ क्षेत्रमा प्रतिस्पर्धा बढ्नु, कर्जाको ब्याजदरमा आएको परिवर्तन, निक्षेपको लागत, खराब कर्जाको जोखिम र नियामकीय प्रावधानले आम्दानीको संरचनामा प्रभाव पारेका छन्। अर्कोतर्फ बैंकहरूले कर्जा विस्तार गर्न नसक्दा ब्याज आम्दानीमा समेत दबाब परेको देखिन्छ।

आगामी वर्ष पनि सहज नहुने संकेत

अध्ययनले आगामी आर्थिक वर्षमा पनि बैंकहरूको आरओई करिब ९ देखि ११ प्रतिशतको दायरामा रहने प्रक्षेपण गरेको छ। यसको अर्थ बैंकहरूको प्रतिफल क्षमता तत्कालै पुरानै उच्च स्तरमा फर्किने सम्भावना कम भएको संकेत हो।

बैंकहरूको लाभांश क्षमता सुधार गर्न निष्क्रिय कर्जा घटाउने, असुली बढाएर कर्जाको गुणस्तर सुधार्नुपर्छ। यस्तै बैंकले सञ्चालन लागत नियन्त्रण गर्नुपर्ने देखिन्छ। त्यस्तै, बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको उपयोग बढाएर उत्पादनमूलक क्षेत्रमा कर्जा विस्तार गर्न सकिएमा आम्दानी क्षमतामा सुधार आउन सक्ने देखिन्छ।

तर, कर्जा बढाएर लाभांश क्षमता सुधार हुने अवस्था छैन। कर्जाको गुणस्तर कायम राख्दै सुरक्षित क्षेत्रमा लगानी विस्तार गर्नुपर्ने चुनौती बैंकहरूसामु छ।

विगतमा उच्च प्रतिफल र आकर्षक लाभांशका कारण बैंकिङ क्षेत्र लगानीकर्ताको रोजाइमा पर्ने गरेको थियो। अहिले भने बैंकहरूको नाफा, वितरणयोग्य नाफा र आरओईमा देखिएको गिरावटले सेयरधनीको प्रतिफलमा दबाब सिर्जना गरेको छ।

त्यसैले आगामी दिनमा बैंकको वित्तीय स्वास्थ्य मूल्यांकन गर्दा खुद नाफा मात्रै नभई वितरणयोग्य नाफा, निष्क्रिय कर्जा, प्रोभिजनिङ र आरओईजस्ता सूचकलाई समेत महत्वपूर्ण रूपमा हेर्नुपर्ने देखिन्छ।

प्रकाशित: २०८३ असोज ११ गते आईतबार ०८:१३
प्रतिक्रिया

थप समाचार

ग्लोबल आईएमई बैंकका उपत्यकाका सबै शाखाबाट डलर सटही सुविधा

काठमाडौं। ग्लोबल आइएमई बैंकले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने...

कुमारी बैंकको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं। कुमारी बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ। नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार संस्थापक सेयरधनीहरुले आफ्नो नाममा कायम रहेको...

बैंकले दिए ६५ अर्ब सहुलियत कर्जा, कृषि क्षेत्रमा धेरै

राष्ट्र बैंकको चालू आर्थिक वर्ष २०८३–८४को साउन मसान्तसम्मको तथ्यांकअनुसार कुल ४३ हजार ५१ जना ऋणीलाई ६५ अर्ब ४० करोड ३३ लाख रुपैयाँभन्दा बढी कर्जा स्वीकृत भएको हो।

भारतमा चार वर्षपछि बढ्यो रेपोदर, यस्तो छ कारण

रेपोदर वृद्धिको निर्णय पछाडि मुख्यतः तीनवटा कारण देखिएका छन्—अपेक्षाभन्दा बलियो आर्थिक वृद्धि, पुनः बढ्न थालेको मुद्रास्फीति जोखिम र विश्वव्यापी ब्याजदरको बदलिँदो अवस्था।

दशैँमा एटीएमबाटै झिक्नुहोस् १०० का सुकिला नयाँ नोट

काठमाडौँ: नेपाल राष्ट्र बैंकले यसपालिको दशैँलाई लगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई ‘एटिएम मेसिन’बाटै रु १०० का नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र...
Cholendra
समाचार

चोलेन्द्रसँग जोडिएका व्यक्तिको घरसम्म पुग्यो सम्पत्ति शुद्धीकरण विभागको अनुसन्धान

काठमाडौँः पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरासँग जोडिएका व्यक्ति तथा आफन्तमाथि सम्पत्ति शुद्धीकरण विभागले अनुसन्धान अघि बढाएको छ । विभागको टोलीले जबरासहित उनीसँग निकट सम्बन्ध रहेका...
482229731_1191734018981818_4961382105116707870_n
राजनीति

गगनले ‘एप्रिसिएट’ गरेका शालिक कांग्रेस केन्द्रीय सदस्यका उम्मेदवार

'आजको दिनमा 'ट्रिपअडभाइजरमा 'शेर्पा' रेष्टुरेन्ट पूरै आम्सटर्डम (नेदरल्यान्डको राजधानी) शहरभरि २ नम्बरमा पर्छ। ‍त्यसका एक सञ्चालक शालिक गौतम नेपाली कांग्रेसका महासमिति सदस्य मात्र होइनन्,...
nea_building
पूर्वाधार

२७ जलविद्युत आयोजनाको थपियो आरसीओडी, ५४० मेगावाट उत्पादन सुनिश्चित

प्राधिकरणले आयोजनाको भौतिक प्रगति, आरसीओडीको अवस्था र पीपीएअनुसार प्रवद्र्धकले पूरा गर्नुपर्ने दायित्वका आधारमा कुल २१८ आयोजनालाई ‘क’, ‘ख’, ‘ग’ र ‘घ’ गरी चार समूहमा वर्गीकरण गरेको थियो।
mukunda_sulav
बीमा

सुलभ-मुकुन्द हिमालयन रि–को सेयर विवादः अदालतको प्रश्न–१०० को सेयर ८०० पुग्ने आधार के हो?

उच्च अदालत पाटनले कामाख्या फिनकोर्पको दर्ता २०७८ वैशाख ३१ मा सेयर मूल्य कित्ताको १०० कायम रहेकोमा २०७८ असार १७ मा बढाएर ८०० रुपैयाँ पुग्ने ठोस आधार कारण के हो? भनी प्रश्न गरेको छ।
mutul_fund_1
शेयर बजार

आईपीओ केन्द्रीत पुँजी बजारबाट अब म्युचुअल फन्डतर्फ जाने बेला आएको हो?

सरकारले हालै ल्याएको धितोपत्र बजार सुधारको २१ बुँदे नीतिले पनि सेयर बजारलाई गति नदिएपछि नयाँ लगानीको क्षेत्र पहिचान गर्नुपर्ने आवश्यकता देखिएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना