२०८३ असोज २९ गते बिहिबार

कस्तुप र प्रीतिको ‘मनमा पीर भएनि नाचिन्छ’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज १५
priti

काठमाडौँ: गायिका प्रीति आलेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत रहेको छ भने रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन्।

प्रेम, जीवन र खुसीलाई केन्द्रमा राखिएको गीतले जीवन छोटो भएकाले अनावश्यक पीर, चिन्ता र मनमुटावमा अल्झिनुभन्दा खुसीसाथ बाँच्नुपर्ने भाव प्रस्तुत गर्छ। गीतका शब्दमा माया–प्रेम, आपसी सद्भाव, मित्रता र सकारात्मक सोचलाई प्राथमिकता दिइएको छ।

गीतमा ‘मनमा पीर भए पनि नाचिन्छ’, ‘छोटो जीवन पीर लिने किन’ जस्ता भावमार्फत जीवनलाई सहज र रमाइलो ढंगले जिउनुपर्ने सन्देश दिइएको छ। प्रेममा इमानदार रहन, कसैको मन नदुखाउन तथा दुःखमा साथ दिनसमेत गीतले आग्रह गरेको छ।

गीतको संगीत संयोजन रमेश सेन्चुरीले गरेका छन् भने कुमार रानाले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। खुमन राना र सुमन राना रेकर्डिस्ट रहेको गीत मारुनी डिजिटलमा रेकर्ड गरिएको हो। गीतको अडियो तथा भिडियो सारथी म्युजिक प्रालिले प्रस्तुत गरेको छ।

गीतको भिडियोमा गायिका प्रीति आलेकै अभिनय छ। भिडियोको निर्देशन तथा कोरियोग्राफी स्मृति तिमिल्सिना ‘गुरुआमा’ले गरेकी छन्। छायांकन करण चाइसिरले गरेका छन् भने सम्पादन नवीन घर्तीमगरले गरेका छन्। भिडियोको पोस्ट प्रोडक्सन गुरुआमा फिल्म्सले गरेको हो।

प्रकाशित: २०८३ असोज १५ गते बिहिबार १२:५५
प्रतिक्रिया

थप समाचार

दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै देशभर उत्साह र उमङ्ग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दसैँ नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको प्रमुख चाड हो। आश्विन...

निर्माताको रोजाईमा किन पर्छ दशैं?

काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ। केही वर्ष अगाडिसम्म...

बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’

काठमाडौं। असोज १६ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’को व्यापार न्यून देखिएको छ। चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट...

अलबिदा नाना !

८ अक्टोबर २०२६, बिहीबारको बिहान नाना पाटेकरका प्रशंसकहरूका लागि एउटा नमिठो खबर बोकेर उदायो। आफ्ना दमदार संवाद र बेजोड अभिनयले लाखौँ दर्शकको मुटुमा राज गरेका ७५ वर्षीय यी दिग्गज अभिनेताले...

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन बुटोह फेस्टिभल’ हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘हिमालयन बुटोह फेस्टिभल’ आयोजना हुने भएको छ। जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्च 'बुटाउ'लाई केन्द्रमा राखेर आयोजना हुन लागेको तीनदिने महोत्सवमा...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना