२०८३ असोज २९ गते बिहिबार

अलबिदा नाना !

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २२
nana

८ अक्टोबर २०२६, बिहीबारको बिहान नाना पाटेकरका प्रशंसकहरूका लागि एउटा नमिठो खबर बोकेर उदायो। आफ्ना दमदार संवाद र बेजोड अभिनयले लाखौँ दर्शकको मुटुमा राज गरेका ७५ वर्षीय यी दिग्गज अभिनेताले बिहान ५:२० बजे यस संसारबाट सधैंका लागि बिदा लिए।

उनी अन्तिम पटक यसै वर्ष प्रदर्शनमा आएको फिल्म सुभेदारमा देखिएका थिए।

छातीमा गम्भीर दुखाइ महसुस भएपछि मेडिकल टोलीलाई तत्काल उनको गोवास्थित फ्ल्याटमा बोलाइएको थियो। त्यहाँ पुग्दा उनी अचेत अवस्थामा थिए। घटनास्थलमै कार्डियाक मसाज दिएर उनलाई हतारहतार मणिपाल अस्पताल पुर्‍याइए पनि चिकित्सकहरूले बिहान ५:२० बजे मृत घोषित गरे। यो एउटा मेडिको-लिगल (चिकित्सा-कानुनी) मामला भएकाले आजै उनको पोस्टमार्टम गरिँदैछ।

पर्दामा जति सशक्त, वास्तविक जीवनमा त्यति नै सरल नानाको जीवन संघर्ष र प्रेरणाले भरिपूर्ण छ।

विश्वनाथबाट कसरी बने नाना ?
उनको खास नाम विश्वनाथ पाटेकर हो। सानोमा उनकी एउटी सानी बहिनी थिइन्, जसले उनलाई मायाले नाना भनेर बोलाउँथिन्। बहिनीको त्यही तोतेबोलीको नाना सम्बोधन पछि गएर उनको स्थायी पहिचान बन्न पुग्यो। यहाँसम्म कि, उनको पासपोर्ट र आधार कार्ड जस्ता सरकारी कागजातमा समेत नाना पाटेकर नै उल्लेख छ।

७५० रुपैयाँमै छिनेको लगनगाँठो
सन् १९७८ को कुरा हो, उनले थिएटर कलाकार नीलकान्ती पाटेकरसँग जीवनभरको साथ रोजे। सुन्दा अचम्म लाग्न सक्छ, तर उनीहरूको बिहेको सम्पूर्ण खर्च जम्मा ७५० रुपैयाँ मात्र थियो। वैवाहिक जीवनको सुरुवाततिर नीलकान्ती बैंकमा अधिकृत थिइन् र उनको मासिक तलब २५०० रुपैयाँ थियो। तर, नाना भने एउटा शो गरेबापत जम्मा ५० रुपैयाँ मात्रै पारिश्रमिक पाउँथे।

१३ वर्षकै उमेरमा फिल्मी पोस्टर रंगाउने काम
नानाले एउटा अन्तर्वार्तामा आफ्नो विगत सम्झिँदै भनेका थिए- परिवारको आर्थिक अवस्था खस्किएपछि उनले १३ वर्षको कलिलो उमेरदेखि नै काम गर्नुपरेको थियो। स्कुलको पढाइ सकेर उनी ८ किलोमिटर पैदल हिँड्दै चुनाभट्टी पुग्थे र फिल्मी पोस्टर रंगाउँथे। यसको बदलामा उनले महिनाको ३५ रुपैयाँ र दिनको एक छाक खाना पाउँथे। नानाकै शब्दमा भन्नुपर्दा, त्यो बेलाको भोक र भोगेका अपमानले नै उनलाई जिन्दगी र अभिनयको वास्तविक पाठ सिकाएको थियो।

जेठो छोरा गुमाउँदाको त्यो असह्य पीडा
नानाको जीवनमा एउटा यस्तो बज्रपात पर्‍यो, जसले उनलाई भित्रैदेखि तोडेको थियो। उनका जेठा छोराको सानै उमेरमा निधन भयो। सन्तान वियोगको त्यो गहिरो चोटबाट उनी लामो समय बाहिर आउन सकेनन्। पछि कान्छो छोरा मल्हारको जन्म भएपछि मात्रै उनको जीवनमा फेरि खुसी फर्कियो। मल्हार भने बाबुजस्तो अभिनयमा नलागी फिल्म निर्माण र निर्देशनतिर सक्रिय छन्।

कारगिल युद्धमा सैनिकहरूसँगै ६० दिन
सन् १९९९ को कारगिल युद्धका बेला नानाले तत्कालीन रक्षामन्त्री जर्ज फर्नान्डिससँग विशेष अनुमति लिएर फ्रन्टलाइनमा खटिएका सेनाका जवानहरूसँग करिब ६० दिन बिताएका थिए। उनले बताएअनुसार त्यसबेला उनी क्विक रियाक्सन टिम सँगै बसेका थिए। यद्यपि, सुरक्षा संवेदनशीलताका कारण उनले अपरेसनसँग जोडिएका गोप्य कुराहरू भने कहिल्यै खुलाएनन्।

नाना असल जीवनमै पनि भारतीय सेना र जवानहरूप्रति उच्च सम्मान राख्छन्। सन् १९९१ मा रिलिज भएको आफ्नै निर्देशनको फिल्म प्रहार: द फाइनल अट्याकमा आर्मी अफिसरको भूमिकालाई जीवन्त बनाउन उनले भारतीय सेनासँगै बसेर निकै कडा सैन्य तालिम नै लिएका थिए।

बुबाको उपचार खर्च जुटाउन मञ्चमा अभिनय
एउटा भावुक अन्तर्वार्तामा नानाले आफ्नो जीवनको कठिन मोडबारे खुलाएका थिए। उनका बुबा सिकिस्त बिरामी भएर अस्पतालमा भर्ना थिए, तर उनीसँग उपचार गर्ने पैसा थिएन। एकातिर अस्पतालको शय्यामा बुबा मृत्युसँग लडिरहेका थिए भने अर्कोतिर औषधिको पैसा जुटाउन नाना मनभरि पीडा बोकेर मञ्चमा नाटक खेलिरहेका हुन्थे।

खेत जोत्न र खाना पकाउन रमाउने स्टार
फिल्मी दुनियाँको चकाचौंधबाट फुर्सद मिल्नासाथ नाना पुनेनजिकैको आफ्नो फार्महाउसमा पुगिहाल्थे। १० एकड जमिनमा फैलिएको उक्त फार्महाउसमा उनी आफैं ट्याक्टर चलाएर खेत जोत्थे र गोठका भैंसीहरूको स्याहारसुसार गर्थे। उनलाई खाना पकाउन पनि असाध्यै मन पर्थ्यो। उनी बेलाबेला ठट्टा गर्दै भन्थे, ‘मलाई त लाग्छ, म एउटा राम्रो अभिनेताभन्दा पनि उत्कृष्ट भान्से (कुक) हुँ।’

परिन्दाको सुटिङमा साँच्चै जलेका थिए नाना
चर्चित फिल्म परिन्दाको क्लाइमेक्स दृश्यमा देखाइएको आगो सक्कली थियो। सुटिङका क्रममा नाना साँच्चिकै आगोको लप्कामा फसे। त्यतिबेला उनको अनुहारको छाला, दाह्री, जुँगा, आँखीभौँ र परेलासमेत नराम्ररी जलेको थियो। उक्त दुर्घटनापछि उनी करिब ६० दिन अस्पतालमै भर्ना हुनुपरेको थियो भने पूर्ण रूपमा निको हुन करिब ६ महिना आराम गर्नुपरेको थियो। –अमर उजालाबाट 

प्रकाशित: २०८३ असोज २२ गते बिहिबार १०:२४
प्रतिक्रिया

थप समाचार

दसैंमा कलाकारको व्यस्त तालिका : कोही गाउँतिर, कोही हलतिर

काठमाडौं । नेपालीहरूको महान् पर्व बडादसैँ नजिकिएसँगै देशभर उत्साह र उमङ्ग छाउने गर्छ। धार्मिक, सांस्कृतिक तथा सामाजिक महत्व बोकेको दसैँ नेपाली समाजको मौलिक पहिचानसँग जोडिएको प्रमुख चाड हो। आश्विन...

निर्माताको रोजाईमा किन पर्छ दशैं?

काठमाडौं । नेपाली फिल्म निर्माता र निर्देशकको रोजाईमा दशैं पर्नेगर्छ । लामो बिदा भएकाले पनि यो समयमा प्रायः फिल्मकर्मी आफ्ना फिल्म प्रदर्शन गर्ने तयारी गरिरहेका हुन्छ। केही वर्ष अगाडिसम्म...

बक्स अफिसमा कमजोर देखियो ‘चमेलीको पोई’ र ‘चंगुल’

काठमाडौं। असोज १६ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’को व्यापार न्यून देखिएको छ। चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट...

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रिय ‘हिमालयन बुटोह फेस्टिभल’ हुँदै

नेपालमा पहिलोपटक अन्तर्राष्ट्रियस्तरको ‘हिमालयन बुटोह फेस्टिभल’ आयोजना हुने भएको छ। जापानबाट विकसित प्रयोगात्मक शारीरिक रंगमञ्च 'बुटाउ'लाई केन्द्रमा राखेर आयोजना हुन लागेको तीनदिने महोत्सवमा...

कस्तुप र प्रीतिको ‘मनमा पीर भएनि नाचिन्छ’

काठमाडौँ: गायिका प्रीति आलेको स्वरमा नयाँ गीत सार्वजनिक भएको छ। गीतमा कस्तुप पन्तको शब्द तथा संगीत रहेको छ भने रमेश सेन्चुरीले संगीत संयोजन गरेका छन्। प्रेम, जीवन र खुसीलाई केन्द्रमा राखिएको...
gagan thapa
राजनीति

कांग्रेस सभापतिमा गगनकुमार थापा विजयी, पाए ९३.८८ प्रतिशत मत

अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ।
kalyan
ब्लग

डिजिटल युगमा समाजः एआईले मौलिक पहिचान र स्थानीय ज्ञानको सीमान्तीकरण हुने खतरा

मानव सभ्यताको विकासक्रममा प्रविधि र समाज सधैं एक अर्काका परिपूरक रहँदै आएका छन्। औद्योगिक क्रान्तिदेखि सूचना प्रविधिको विकाससम्म आइपुग्दा समाजले अनेकौं फड्को मारेको छ। तर, एक्काइसौं शताब्दीको...
ganesh_karki_1
विचार

प्रधानमन्त्रीले भारत भ्रमणमा उठाउनुपर्ने ऊर्जा क्षेत्रका सात एजेन्डा

प्रधानमन्त्रीको भारत भ्रमणको सफलता सहमतिपत्रमा हस्ताक्षरको संख्याले मात्र मापन हुनुहुँदैन। कुन परियोजना कहिले अघि बढ्ने, लगानी कसरी जुट्ने र विद्युत् व्यापारबाट दुवै देशले कसरी लाभ लिने...
default
पूर्वाधार

बूढीगण्डकी बाढी: ४४५ मेगावाट क्षमताका चार जलविद्युत् आयोजनामा क्षति

क्षति पुगेका आयोजनामध्ये टाइम्स इनर्जी लिमिटेडले बनाउन सुरु गरेको ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको मुख्य क्याम्प क्षेत्र बाढीले बगाएको छ। आयोजनाको निर्माण उपकरणसमेत...
image 2
प्रवास

एनआरएनए स्थापना दिवसः जापानमा एकता, सहकार्य र संस्थागत सुदृढीकरणमा जोड

टोकियो, जापान: गैरआवासीय नेपाली संघ (एनआरएनए) को स्थापना दिवसका अवसरमा जापानमा रहेका नेपाली समुदायबीच एकता, सहकार्य र आपसी सद्भावलाई थप सुदृढ बनाउनुपर्ने आवश्यकता देखिएको बिषयमा अन्तरक्रिया...

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना