काठमाडौं। असोज १६ गतेबाट प्रदर्शनमा आएका दुई फिल्म ‘चमेलीको पोइ’ र ‘चंगुल’को व्यापार न्यून देखिएको छ।
चलचित्र विकास बोर्डले असोज २५ गते आइतबार राति ११ः ५९ सम्मको ‘सिनेपा बक्सअफिस’ रिपोर्ट सार्वजनिक गरेको हो।
रिपोर्टका अनुसार ‘चमेलीको पोई’ ले पहिलो साता ५ लाख ५० हजार २१० रुपैयाँ मात्र कमाउन सफल भएको छ। यो अवधिमा फिल्मको टिकट १ हजार ७४८ बिकेको छ।
सूर्य बोहरा निर्देशित फिल्ममा कलाकार नारायण त्रिपाठीका अलवा सुरक्षा पन्त, मुकुन भुसाल, विल्सनविक्रम राई लगायतको अभिनय छ। फिल्म गत १६ गते शुक्रबार देखि प्रदर्शनमा आएको थियो।
त्यस्तै ‘चमेलीको पोई’ सँगै प्रदर्शनमा आएको फिल्म ‘चंगुल’को व्यवसाय झन् निराशाजनक छ। फिल्मले पहिलो साता १ लाख ३८ हजार ३ सय ८० रुपैयाँ कमाएको छ। फिल्मको ४२५ वटा मात्र टिकट बिक्री भएका छन्। राम गौतमको निर्देशन रहेको फिल्ममा रवि कार्की, लय सङ्ग्रौला, लक्ष्मीनाथ तिमल्सिना लगायत कलाकार छन्।




