२०८३ कार्तिक १३ गते बिहिबार

विदेशी भुक्तानीमा राष्ट्र बैंकको सहजीकरण, उपचारदेखि स्याटेलाइट सेवासम्मको सीमा बढ्यो

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असोज २०
usd

काठमाडौँः नेपाल राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थालाई थप खुकुलो बनाउँदै विभिन्न प्रयोजनमा विदेशमा भुक्तानी गर्न पाउने सीमा बढाएको छ। नयाँ व्यवस्थाले विदेशमा उपचार गर्ने नेपालीदेखि स्याटेलाइट सेवा प्रयोग गर्ने नेपाली कम्पनी र हवाईसेवा कम्पनीसम्मलाई थप सहजता दिएको छ।

राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी व्यवस्थामा संशोधन गर्दै आयातको अग्रिम भुक्तानी, स्वास्थ्य उपचार, स्याटेलाइट सेवा, हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा खरिद, पर्यटन सेवा र विदेशी मुद्रासम्बन्धी कार्ड कारोबारमा विद्यमान सीमा बढाएको हो।

संशोधित व्यवस्थाअनुसार विदेशस्थित अस्पतालमा उपचार गराउने नेपाली नागरिकले आवश्यक प्रक्रिया पूरा गरी बैंक तथा वित्तीय संस्थामार्फत वार्षिक ३० हजार अमेरिकी डलरसम्म विदेशी मुद्रा सटही सुविधा पाउनेछन्।

यसअघि यस्तो सुविधा वार्षिक १५ हजार डलरसम्म मात्र थियो। नयाँ व्यवस्थाले विदेशमा उपचार तथा आवश्यक औषधि र उपचारजन्य उपकरण खरिदका लागि उपलब्ध हुने विदेशी मुद्रा सुविधा दोब्बर बनाएको छ।

त्यस्तै, नेपाली दूरसञ्चार सेवा प्रदायक कम्पनीलाई पनि राष्ट्र बैंकको नयाँ व्यवस्थाले राहत दिएको छ। विदेशी सेवा प्रदायकसँग सम्झौता गरी स्याटेलाइट सेवा भाडामा लिने वा प्रयोग गर्ने नेपाली कम्पनीले आवश्यक कागजात पेस गरेपछि वार्षिक ५ लाख अमेरिकी डलरसम्मको भुक्तानी बैंक तथा वित्तीय संस्थाले आफैं गर्न सक्ने भएका छन्।

यसअघि यस्तो भुक्तानीको सीमा वार्षिक १ लाख डलर थियो।

विदेशी सेवा भुक्तानीमा ३० हजार डलरसम्मको सीमा

नियामक निकायबाट सम्झौता वा सहमति स्वीकृत भएको वा सटही सिफारिस प्राप्त भएको अवस्थामा आवश्यक कागजातका आधारमा प्रतिपटक ३० हजार अमेरिकी डलर वा सो बराबरको अन्य परिवत्र्य विदेशी मुद्रासम्मको सटही सुविधा वाणिज्य बैंकबाटै उपलब्ध गराउन सकिने भएको छ।

३० हजार डलरभन्दा माथिको भुक्तानीका लागि भने सम्बन्धित नियामक निकायको सिफारिससहित राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति आवश्यक पर्नेछ।

नियामक निकाय नै नभएको वा सम्झौता तथा सहमति स्वीकृत वा सिफारिस हुन नसकेको अवस्थामा प्रतिपटक ८ हजार डलरभन्दा बढी रकमको भुक्तानीका लागि समेत विभागको स्वीकृति लिनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै, विदेशी मुद्रा अग्रिम भुक्तानी गर्नुपर्ने अवस्थामा पनि राष्ट्र बैंकले सीमा बढाएको छ। अब प्रतिपटक ३० हजार अमेरिकी डलरसम्मको अग्रिम विदेशी मुद्रा भुक्तानी गर्न सकिनेछ।

३० हजार डलरभन्दा बढी रकम अग्रिम भुक्तानी गर्नुपरेमा विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक पर्नेछ। यसअघि यस्तो सीमा १५ हजार डलर थियो।

भारतस्थित संघ, संस्था वा कम्पनीबाट विभिन्न सेवा सुविधा लिने नेपाली तथा विदेशी संघ–संस्था वा कम्पनीले सम्झौता तथा सहमतिअनुसार प्रतिपटक ६० लाख भारतीय रुपैयाँसम्म भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ।

यसअघि यस्तो भुक्तानीको सीमा ४० लाख भारतीय रुपैयाँ थियो।

तर ६० लाख भारुभन्दा बढी रकम भुक्तानी गर्नुपरेमा वा सम्बन्धित नियामक निकायबाट सम्झौता स्वीकृत वा सटही सिफारिस हुन नसकेको अवस्थामा राष्ट्र बैंकको विदेशी विनिमय व्यवस्थापन विभागको स्वीकृति आवश्यक पर्नेछ।

विदेशमा सेवा निर्यात गर्नेको कार्डमा पनि विदेशी मुद्रा जम्मा हुने

राष्ट्र बैंकले विदेशी मुद्रा आर्जन गर्ने कार्ड प्रयोगकर्ताका लागि पनि नयाँ व्यवस्था गरेको छ। विदेशमा अनलाइनमार्फत सेवा निर्यात गरेबापत प्राप्त विदेशी मुद्रा कार्डमा जम्मा हुने व्यवस्था मिलाउनुपर्ने भएको छ।

कार्डमा जम्मा भएको विदेशी मुद्रा कार्ड प्रयोगकर्ताको अनुरोधमा उसको स्वदेशी वा विदेशी मुद्रा खातामा समेत जम्मा गर्न सकिनेछ।

कार्डमा मौज्दात १० हजार अमेरिकी डलरभन्दा बढी भए बढी भएको रकम अनिवार्य रूपमा सम्बन्धित व्यक्तिको स्वदेशी वा विदेशी मुद्रा खातामा जम्मा गर्नुपर्नेछ। यसअघि यस्तो सीमा ५ हजार डलर थियो।

नेपाली वायुसेवा कम्पनीले हवाईजहाजका इन्जिन तथा पार्टपुर्जा आयात गर्दा अब ५ लाख अमेरिकी डलरसम्मको अग्रिम भुक्तानी बैंक तथा वित्तीय संस्थामार्फत गर्न सक्ने भएका छन्।

यसका लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको सिफारिसलगायत आवश्यक कागजात पेस गर्नुपर्नेछ। विशेषगरी यस्तो अग्रिम भुक्तानीका लागि अब विदेशी बैंकको बैंक ग्यारेन्टी आवश्यक नपर्ने व्यवस्था गरिएको छ।

प्रकाशित: २०८३ असोज २० गते मङ्गलबार ११:३६
प्रतिक्रिया

थप समाचार

कामना सेवा विकास बैंकको निष्क्रिय कर्जा घट्यो, वितरणयोग्य नाफा र ईपीएसमा सुधार

बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार असोज मसान्तसम्म बैंकको निष्क्रिय कर्जा अनुपात ४.४१ प्रतिशतबाट घटेर ३.९३ प्रतिशतमा झरेको छ।

सहुलियतपूर्ण कर्जा कसले कति पाउँछ?

काठमाडौं। मुलुकको समग्र आर्थिक विकास, उत्पादनशीलता वृद्धि तथा दिगो स्वरोजगार प्रवद्र्धनका लागि बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विभिन्न कर्जामध्ये सहुलियतपूर्ण कर्जा महत्वपूर्ण...

स्ट्यान्डर्ड चार्टर्ड बैंकले १६ प्रतिशत नगद लाभांश दिने

काठमाडौँः स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले आर्थिक वर्ष २०८२/८३ का लागि १६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। बैंकको कात्तिक १० गते बसेको सञ्चालक समितिको ४९४औँ बैठकले प्रतिसेयर...

बैंकको खराब कर्जा बढ्दा शेयरधनीलाई कस्तो असर पर्छ? यस्तो छ बैंकको अवस्था

बैंकले प्रवाह गरेको ऋणको साँवा तथा ब्याज समयमै असूल हुन नसक्दा खराब कर्जा बढ्छ। यस्तो अवस्था लामो समयसम्म कायम रहेमा बैंकको नाफा, लाभांश क्षमता र सेयरधनीले पाउने प्रतिफलमा असर पर्न सक्छ।

ग्लोबल फाइनान्सको उत्कृष्ट बैंकको सूचीमा लगातार तेस्रो वर्ष ग्लोबल आईएमई बैंक

बैंकले सन् २०२४ र २०२५ मा पनि यही सम्मान प्राप्त गरेको थियो। यससँगै ग्लोबल आईएमई बैंक लगातार तीन वर्ष उक्त अवार्ड पाउने नेपाली बैंक बनेको छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना